एजेन्सी। ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार लाख नाघेको छ। अमेरिकापछि सबैभन्दा बढी मृत्यु भएको ब्राजिलमा चार लाख १ हजार ४१७ जनाको मृत्यु भइसकेको छ।पछिल्लो २४ घन्टामा मात्रै ब्राजिलमा ३ हजारबढीको मृत्यु भएको हो। ब्राजिलमा दुई सातायता संक्रमित हुनेको संख्यामा केही कमी भएपनि मृत्युदर अझै उच्च रहेको छ।