प्रशासन निषेधाज्ञा खुकुलो पार्ने पक्षमा, स्वास्थ्य भन्छ-जोखिम घटेको छैन

२८ जेठ, काठमाडौं । कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’ गर्न भन्दै प्रशासनले उपत्यकामा निषेधाज्ञा लगाएको डेढ महीना पुगिसक्यो । यो अवधिमा संक्रमण दर घट्दै गएको भन्दै निषेधाज्ञा खुकुलो पार्न सरकारलाई दबाबव बढेको छ । स्थानीय जनप्रतिनिधिहरुले पनि उपत्यका प्रवेश नाकामा कडाई गर्नुपर्ने, तर भित्र जनजीवन सामान्य बनाउँदै लैजानुपर्ने सुझाव दिएका छन् । स्थानीय प्रशासन पनि […]

सम्बन्धित सामग्री

पाँचथरमा निषेधाज्ञा खुकुलो

पाँचथर । कोभिड–१९ संक्रमण नियन्त्रणका लागि पाँचथरमा जारी निषेधाज्ञा १३औं पटक थप भएको छ । साउन ३२ गते मध्यरातदेखि लागू हुने निषेधाज्ञा खुकुलो पारिएको छ । प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालबाट आइतवार जारी सूचना अनुसार अब बजार–पसल बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्नेछन् । होटल तथा रेस्टुराँ स्वास्थ्य सुरक्षाका मापदण्डको अवलम्बन गरी सञ्चालन गर्न सकिने आदेशमा उल्लेख छ । यद्यपि मेला, महोत्सव, पार्टी, भोजलगायत भीडभाड हुने गतिविधिमा भने रोक लगाइएको छ । संक्रमणको खतरा हुने तथा भीड लाग्ने सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, पार्क, सैलुन, ब्यूटीपार्लर, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, संग्रहालय खोल्न भने रोक लगाइएको छ ।      सवारीका साधन सञ्चालनमा लगाइएको जोरबिजोरको प्रणाली पनि हटाइएको छ । अब स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै सवारी सञ्चालन गर्न सकिनेछ । विवाहमा १० जनाभन्दा कम जन्ती लिई जान सकिने, स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरी जारी परीक्षा सञ्चालन गर्ने आदेशमा उल्लेख छ । निषेधाज्ञाको यो आदेश आउँदो भदौ १० गते मध्यरातसम्म लागू हुनेछ । यस अघिसम्म बजार–पसल बिहान ९ बजेसम्म मात्रै सञ्चालन गर्न दिइएको थियो भने सवारीका साधन सञ्चालनमा जोरविजोर प्रणाली लागू गरिएको थियो । पाँचथरमा पछिल्लो केही दिनमा कोभिड–१९ संक्रमण घटेको तथ्यांकमा देखिए पनि संक्रमणको खतरा भने उत्तिकै छ । रासस

धनकुटामा कोरोना संक्रमित बढ्दै

धनकुटा, साउन १२ । निषेधाज्ञा खुकुलो भएसँगै धनकुटामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । निशेधाज्ञाको समयमा घटेको संक्रमण एक सातादेखि क्रमश बढ्न थालेको स्वाथ्य कार्यलय धनकुटाले जनाएको छ । कोरोना संक्रमणको जोखिम जिल्लामा कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यलय धनकुटाले साउन २० गतेसम्म जिल्ला भर लागु हुने गरि निशेधाज्ञाको समय थप गरेपनि सबै खाले […]

धमाधम सिल हुँदै झापाका स्थानीय तह, कोरोनाबाट एक सातामा ३० जनाको मृत्यु

झापा : झापामा कोरोना संक्रमण र मृत्युदर अझै घटेको छैन। जिल्लामा कोरोना महामारी नियन्त्रण तथा रोकथाम नभई जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी)ले अन्य जिल्लालाई दाँजेर निषेधाज्ञा खुकुलो बनाइदिएको छ। साउन ७ गते प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकले जिल्लाका सबै बजार तथा पसल बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाउने र जोर बिजोर प्रणाली हटाउँदै यातायातका सबै सवारीसाधन देशभरि चलाउने पाउने निर्णय गरेपछि जिल्लाका बजारमा नागरिकको च

बढ्यो निर्माण सामग्रीको मूल्य, केको कति पुग्यो?

माग घटेपछि निर्माण सामग्रीको मूल्य पनि केही घटेको थियो। तर निषेधाज्ञा खुकुलो हुनासाथ केही निर्माण सामग्रीको मूल्य ह्वात्तै बढेको छ।

निषेधाज्ञा खुकुलो भएसँगै हेटौँडामा संक्रमित ह्वात्तै बढे, एकैदिन ३ जनाको मृत्यु

हेटौँडा । निषेधाज्ञा खुकुलो भएसँगै हेटौँडामा कोरोना संक्रमित बढ्दै गएका छन् । गएको २ हप्ता अघिसम्म निकै घटेको सङ्क्रमण दर अहिले ह्वातै बढेको छ ।

प्रदेश १ मा उकालो लाग्दै संक्रमण दर, अस्पतालहरुमा संक्रमितको संख्या बढ्दै

विराटनगर । स्थानीय सरकारले निषेधाज्ञा खुकुलो बनाएसँगै प्रदेश १ मा कोरोना संक्रमण दर बिस्तारै बढ्न थालेको छ । पछिल्लो १० दिन यता संक्रमणको दर फेरि बढ्न थालेको हो ।संक्रमण दर बढेसँगै फेरि कोभिड अस्पतालहरुमा बिरामीहरुको चाप बढ्न थालेको छ । पहिला शहरी सघन बस्ती भएका मोरङ, सुनसरी र झापा जिल्लामा संक्रमणको दर उच्च रहँदै आएकोमा पछिल्ला दिनमा तराईसँगै पूर्वी पहाडी जिल्लाहरूबाट उपचारका लागि बिरामीहरु अस्पताल आउने क्रम बढेको अस्पतालहरुले जनाएका छन् ।सरकारले कोरोना संक्रमणको दर घटेको भन्दै निजी अस्पतालले च

निषेधाज्ञा खुकुलो भएपछि कोभिड फैलिने डरबारे के भन्छन् चिकित्सक - BBC News नेपाली

अस्पतालमा बिरामीको चाप घटेको बेला काठमाण्डू उपत्यकाका जिल्लाले सर्वसाधारण नागरिकलाई हिँडडुल र किनमेल गर्न सजिलो होस् भनेर निषेधाज्ञा खुकुलो बनाइदिएका छन्।

खुकुलो निषेधाज्ञा, आशसँगै त्रास पनि

वीरगञ्ज । कोरोना महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा डेढ महीनापछि खुकुलो भएसँगै बारा–पर्सा कोरिडोरका उद्योग प्रतिष्ठान र व्यापारिक कारोबारले गति लिने अपेक्षा निजीक्षेत्रले गरेको छ । गत वैशाख १६ गतेदेखि लगाइएको निषेधाज्ञा सोमवारदेखि केही खुकुलो पारिएको छ । सरकारको निर्देशनअनुसार स्थानीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रहरूले निषेधाज्ञा खुकुलो पारेका हुन् । पछिल्ला दिनहरूमा कोरोनाको परीक्षण नै कम हुन थालेकाले निषेधाज्ञा खुकुलो हुँदै जाँदा संक्रमण पुनः बढ्न हो कि भन्ने त्रास पनि छ । वीरगञ्जमा यसअघि बिहान १० बजेसम्म अत्यावश्यकीय वस्तुका पसल खोल्न दिइएकोमा यो समयलाई बढाएर १२ बजेसम्म पुर्‍याइएको छ । बारामा यो समय बिहान ११ बजेसम्मका लागि तोकिएको छ । अत्यावश्यकीय दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री र कृषि उत्पादन र उपकरणका पसल खोल्न दिइने भएपछि त्यस्ता उत्पादन र सेवाको आपूर्ति सहज हुने भएको छ । उत्पादन र आपूर्तिका मुख्य क्षेत्रमा निषेधाज्ञा सहज हुँदै गएपछि व्यापारिक गतिविधिले गति समात्ने वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताको विश्वास छ । कोरोना संक्रमण घटेपछि निषेधाज्ञालाई खुकुलो बनाइएको हो । कोरोना संक्रमण नियन्त्रण भए पनि उद्योग व्यापारका गतिविधि पहिलेकै लयमा फर्किन भने कम्तीमा २ महीना लाग्ने अध्यक्ष गुप्ता बताउँछन् । अहिले खाद्यान्न र औषधिबाहेकका अन्य उद्योग करीब बन्द अवस्थामा रहेको गुप्ताले बताए । ‘कच्चा पदार्थको ढुवानी र उत्पादनमा समस्या छैन । तर, उत्पादन भएको मालसामान बजारमा बेच्न सकिएको छैन,’ उनले आर्थिक अभियानसित भने, ‘उत्पादन गोदाममा थन्क्याउनुभन्दा कतिपय उद्योगले उत्पादन नै बन्द गरेका छन् ।’ नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष गणेशप्रसाद लाठले निषेधाज्ञाका कारण बारा–पर्सा कोरिडोरका ६० प्रतिशत उद्योगको उत्पादन बन्द भएको दाबी गरे । ‘अत्यावश्यकीय उत्पादनबाहेक अन्यको उत्पादन नै बन्द छ । अत्यावश्यकीय वस्तुका उत्पादक पनि पूरा क्षमतामा चल्न पाएका छैनन्,’ अध्यक्ष लाठले भने ‘उत्पादन बजारमा पुर्‍याउन सकिने अवस्था नभए बन्द गर्नुको विकल्प छैन ।’ बजार र यातायात नखुलेसम्म उद्योग व्यापारले गति लिन नसक्ने तर्क लाठको छ । एक सातायता कामदारहरू काममा फर्किन थालेको उनले बताए । ‘कामदारको आपूर्ति भने केही सहज भएको छ । कोरोना नियन्त्रणमै रह्यो र निषेधाज्ञा खुकुलो भए बिथोलिएको व्यापारिक गतिविधि लिकमा आउँछ,’ उनले भने, ‘यसका लागि समय भने लाग्छ ।’ अधिकांश औद्योगिक र व्यापारिक प्रतिष्ठान सञ्चालन पूँजीको समस्यामा फसेको संघका अध्यक्ष गुप्ताले बताए । सवारी र बजार सुचारु नभएकाले बजारबाट उधारो असुली नभएको र यसले उद्यमलाई सञ्चालन गरिराख्न समस्या भएको उनले बताए । औद्योगिक र व्यापारिक गतिविधिमा आएको कमीको असर भन्सारबाट भित्रिने मालसामानको परिमाणमा पनि देखिएको वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए । अधिकांश व्यापारिक वस्तुको आयात घटेको जानकारी प्रमुख भन्सार अधिकृत पौडेलले दिए । पौडेलका अनुसार निषेधाज्ञायता लगाउने र खाने वस्तु, जुत्ता, चप्पल, मोटर्स पार्टस्, उकरण, पेन्ट उद्योगका सामग्री, सवारीसाधन, इन्धनलगायतको आयातमा कमी आएको छ । पछिल्ला दिनमा संक्रमण घटेको देखिए पनि निषेधाज्ञा खुकुलो बन्दै जाँदा संक्रमण बढ्ने त्रास पनि छ । परीक्षण नै कम भएकाले संक्रमण कम देखिएको हो कि भन्ने आशंका अध्यक्ष गुप्ताको छ । पुनः संक्रमण बढेमा यसले आर्थिक र सामाजिक दैनिकीलाई थप समस्यामा पार्ने डर नहटिसकेको उनले बताए । ‘निषेधाज्ञा सहजीकरण गर्दा परीक्षणको दायरालाई पनि फराकिलो पार्नुपर्छ । यसमा आवश्यकताजति ध्यान पुग्न सकेको छैन,’ उनले भने ।

जेठ २० गतेपछि उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउँछौं : सीडीओ पराजुली (भिडियोसहित)

कोरोना भाइरस संक्रमण दर उच्च भएपछि राजधानी काठमाडौंमा कडाइ भएको निषेधाज्ञा जेठ २० गतेपछि खुकुलो हुने भएको छ ।  सोमवार उपत्यका छिर्ने मुख्य नाकाको अनुगमन गर्न निस्केका जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीले कोरोनाको संक्रमण दर घटेकाले २० गतेपछि खुकुलो बनाइने बताए । ‘संक्रमण उच्च भएपछि निषेधाज्ञालाई कडाइ गरेका थियौं । अहिले त्यो दर घटेको छ, अब केही खुकुलो बनाउने तयारीमा छौं,’ सीडीओ पराजुलीले लोकान्तरसँग भने, ‘२० गतेपछि फेरि उपत्यकाका ३ जना ...

'विस्तारै निषेधाज्ञा खुकुलाे पार्दै जान सकिन्छ'

काठमाडौं : इपिडिमियोलोजिष्ट डा.विराज कर्मचार्यले निषेधाज्ञा खुकुलो पार्दै जान सकिने बताएका छन्।आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको कोभिड प्रेस ब्रिफ्रिङमा उनले पछिल्लो समय कोरोना संक्रमणदर घट्दै गएको भन्दै विस्तारै निषेधाज्ञा खुकुलो पार्न सकिने बताए। पहिलाको तुलनामा अहिले पाँच प्रतिशतले कोभिड संक्रमित संख्या घटेको उनले बताए। भने, ‘संक्रमणदर घट्नु राम्रो हो,तर,ढुक्कसँगले तुरुन्तै पहिलाको अवस्थामा जान विश्वस्त दिनु भएन, संक्रमणदर घट्दै जाँदा केही कुराहरुमा विश