विदेशी लगानी नीति

नेपालमा वैदेशिक लगानी आकर्षित गर्न पटकपटक लगानी सम्मेलन भएका छन् र अर्बौंको लगानी गर्ने प्रतिबद्धता आए पनि वास्तविक लगानी नभित्रिएकाले विदेशी लगानीसम्बन्धी नीतिगत सुधार ल्याउन सरकारले गृहकार्य थालेको छ । नेपालको नीति तथा प्रक्रिया चित्त नबुझेर कतिपय लगानीकर्ता फर्किएका छन् भने कतिपयचाहिँ प्रक्रियामा नै रुमल्लिइरहेका छन् । त्यसैले नीतिगत सुधारको आवश्यकता त छँदै छ, साथै प्रशासनिक सुधार र लगानीमैत्री वातावरण समेत बढाउनुपर्ने देखिन्छ । ठूलाठूला लगानीकर्ताले बेलाबेला नेपालको झन्झटिलो प्रक्रियाका कारण काम गर्न गाह्रो भएको गुनासो गर्दै आएका छन् । लगानीकर्तालाई नेपालको लगानी सुरक्षित छ र मुनाफा तथा लगानी फिर्ता लैजाने व्यवस्था एकदमै सहज छ भन्ने विश्वास दिलाउने गरी नीतिगत सुधार गरिनु आवश्यक छ । कुनै पनि वैदेशिक लगानीकर्ताले कुनै पनि मुलुकमा लगानी गर्नुपूर्व त्यहाँको परिस्थिति, सुरक्षा र लगानीको प्रतिफलबारे अध्ययन गर्छन् । सम्बद्ध मुलुकमा भएका आफ्ना राजदूतावास तथा त्यहाँ सञ्चालन भइरहेका विदेशी लगानीका कम्पनीबाट उनीहरूले जानकारी लिन्छन् । त्यस्तै सम्बन्धित मुलुकका लगानीकर्ताले गरेको लगानीको समेत विश्लेषण गर्ने गर्छन् । सबै कुरा चित्त बुझेमात्र उनीहरू लगानी गर्न आउँछन् । त्यसैले यहाँ सञ्चालनमा रहेका विदेशी लगानी तथा बहुराष्ट्रिय कम्पनीलाई सहजीकरण गरिनुपर्छ जसले गर्दा उनीहरूबाट सकारात्मक प्रचारप्रसारको वातावरण बन्छ । तर, यहाँनेर नेपाल चुकिरहेको छ । नेपालले वैदेशिक लगानी आकर्षित गर्न पर्याप्त कानूनी सुधार गरिसकेको छ । त्यस्तै एकद्वार प्रणाली र लगानी बोर्डजस्ता संस्थामार्फत उद्योग दर्ता तथा अनुमतिलगायतका काममा सहजीकरण गर्ने प्रयास गरेको छ । त्यस्तै विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनलगायत लगानीकर्ताले चासो दिएका नियमकानून बनाएको पनि छ । तर, ती पर्याप्त छैनन् । त्यसैले सरकारले लगानीका लागि हाल कायम रहेको सीमा र समयावधि समेत घटाउने तयारी छ । त्यस्तै विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा समेत सुधार गर्न लागिएको छ । यसका लागि सरकारले एक अध्ययन समितिसमेत बनाएको छ । समितिले सूक्ष्म अध्ययन गरेर आवश्यक सुझाव दिनेछ । तर, यी सुझाव कार्यान्वयन भए पनि लगानी आइहाल्ला भन्ने अवस्था देखिँदैन । वैदेशिक लगानीका लागि कानूनी व्यवस्था नै अपर्याप्त रहेको छ । लगानीकर्ताको एउटा प्रमुख चासो रहेको बौद्धिक सम्पत्ति संरक्षणको कानून आउन सकेको छैन । अहिले भएका कानूनी प्रावधानको कार्यान्वयन पक्ष पनि फितलो छ । त्यस्तै यहाँ आर्जन गरेको नाफा लैजान ठूलो समस्या छ । कर प्रणालीमा रहेका समस्याका कारण पनि उनीहरूले हैरानी बेहोर्नु परिरहेको छ । २ दशकभन्दा बढी समय काम गरेर हरेक वर्ष मुनाफा लगिरहेका कम्पनीहरूलाई समेत बेलाबखत विभिन्न कारण देखाएर नाफा लैजान अवरोध गरेको पाइन्छ । एनसेलले भोग्नु परेको समस्या यसको एउटा उदाहरण हो । त्यस्तै नीतिगत अस्थिरता, प्रशासनिक झन्झट र भएका नीति नियमको प्रभावकारी कार्यान्वयनको अभावजस्ता समस्या लगानीकर्ताका चासोका विषय हुन् । एकल द्वार प्रणाली लागू भए पनि सार्वजनिक प्रशासनमा दुःख पाउने गरेको धेरै लगानीकर्ताको गुनासो रहेको छ । एउटै कामका लागि दर्जनौं निकाय धाउनुपर्ने झन्झट अझै हटेको छैन । त्यस्तै भन्सार दरमा पनि समस्या छ । कतिपय कच्चा पदार्थको भन्सार दर तयारी वस्तुको भन्दा बढी छ । त्यस्तै भन्सार र करका दरहरू पनि धेरै छन् र तिनको निर्धारणमा कर्मचारीलाई तजबिजी अधिकार दिइएको छ । यही कारण नेपालमा गरेको लगानीबाट राम्रै मुनाफा पाए पनि विदेशी लगानीकर्ताले लगानी थप्न खासै चासो राखेको पाइँदैन । त्यसो त नेपालमा बजारको सुनिश्चितता नहुँदा पनि कतिपय कम्पनी लगानीका लागि तयार नभएका देखिन्छन् । यहाँको उत्पादनले भारतबाट चोरी निकासी भई आउने वस्तुसँग प्रतिस्पर्धा गर्न नसक्ने तथा यहाँको उत्पादन भारत निर्यात गर्न भारतले बेलाबेलामा नीति परिवर्तन गरी अवरोध गर्ने गरेकाले लगानी ल्याउन उनीहरू तयार नभएका हुन सक्छन् । अतः यी समस्या सम्बोधन गरेर लगानीकर्तालाई नेपालको लगानी सुरक्षित छ र मुनाफा तथा लगानी फिर्ता लैजाने व्यवस्था एकदमै सहज छ भन्ने विश्वास दिलाउने गरी नीतिगत सुधार गरिनु आवश्यक छ ।

सम्बन्धित सामग्री

६ महिनामा सवा २२ अर्ब विदेशी लगानी प्रतिबद्धता

सरकारले विदेशी लगानी भित्राउन विभिन्न प्रयत्न गर्दै आए पनि अपेक्षित विदेशी लगानी भने आउन सकेको छैन।...

कृषिमा विदेशी लगानी ल्याउन सर्वोच्चले खोलिदियो बाटो

२६ माघ, काठमाडौं । तोकिएको शर्त पुरा गरेर कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याउने बाटो खुलेको छ । कृषिमा विदेशी लगानी भित्र्याउन सरकारले गरेको कानुनी व्यवस्थाविरुद्ध सर्वोच्च अदालतमा परेको रिटगत २० जेठमै खारेज भएको थियो । सर्वोच्चका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र कुमार चुँडालको संयुक्त इजलासले अधिवक्ता पुण्यप्रसाद खतिवडालायतले दायर गरेको रिट खारेज गर्दै भएको फैसलाको पूर्णपाठ […]

प्रत्यक्ष विदेशी लगानी शून्यतातर्फ !

अघिल्लो वर्षको तीन महिनाको तुलनामा यो वर्ष खुद प्रत्यक्ष विदेशी लगानी ९८.४२ प्रतिशतले गिरावट आएको छ । गत वर्ष तीन महिनामा ५ अर्ब ७ करोड रुपैयाँ आएको विदेशी लगानी यो वर्ष ८ करोडमा झरेको छ । मुलुकमा विदेशी लगानी भित्र्याउन पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा दुई–दुई पटक अन्तर्राष्ट्रिय लगानी सम्मेलन आयोजना गरे । त्यसपछि […]

प्रत्यक्ष विदेशी लगानी शून्यतातर्फ !

काठमाडौं, मंसिर १८ । मुलुकमा विदेशी लगानी भित्र्याउन पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा दुई-दुई पटक अन्तर्राष्ट्रिय लगानी सम्मेलन आयोजना गरे । त्यसपछि बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि विदेशी लगानी ल्याउन अनेकौं प्रयास गरेको छ । मुलुकमा लगानीको वातावरण बनाउन विभिन्न कानुन पनि बनाइएका छन् । तर, यी सबैको प्रभाव उल्टो छ । मुलुकमा […]

नेपालमा विदेशी लगानी कति ?

लगानी बोर्डले स्थापना भएको १० वर्षमा आठ अर्ब ७४ करोड डलर विदेशी लगानी स्वीकृति गरेको छ । बोर्डले यो अवधिमा ३३ परियोजनामा सो रकमबराबरको विदेशी लगानी स्वीकृति गरेको हो । अधिकांश लगानी...

नेपालमा विदेशी लगानी ल्याउन बेलायतले सहयोग गर्ने

काठमाडौं । नेपालमा प्रत्यक्ष विदेशी लगानी अभिवृद्धिका लागि बेलायती दूतावासले सहयोग गर्ने भएको छ । नेपाल लगानीका लागि उपयुक्त वातावरण भएको भन्दै नेपालस्थित बेलायती दूतावासले विदेशी लगानी बढाउन सहयोग गर्ने बताएको हो ।नेपाल उद्योग परिसंघका पदाधिकारीसँगको छलफलमा नेपालस्थित बेलायती राजदूत निकोला पिलोटले नेपालमा व्यावसायिक वातावरण सुधार गरी विदेशी लगानी आकर्षित गर्न सकिने बताइन् । उनले त्यसका लागि नेपाल भित्र्याउन आफूले पहल गर्ने समेत बताइन्  ।भेटका क्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवा

नेपालमा सबैभन्दा धेरै विदेशी लगानी भारतबाट

नेपालमा लगानी गर्ने विदेशी मुलुकमा भारत पहिलो नम्बरमा रहेको छ । नेपालमा विदेशी लगानी आउन थालेदेखि अहिलेसम्म भारतबाटै सबैभन्दा धेरै विदेशी लगानी भित्रिएको नेपाल राष्ट्र बैंकले बताएको छ । भारतबाट नेपालमा ६५ अर्ब ४५ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको हो ।यो रकम नेपालमा लगानी गरेका अन्य मुलुकको भन्दा धेरै बढी हो । नेपालमा लगानी गर्ने दोस्रो स्थानमा रहेको उत्तरी छिमेकी मुलुक चीनको भन्दा पनि दुई गुणाभन्दा बढी रहेको केन्द्रीय बैंकले जानकारी दिएको छ । चीनबाट हालसम्म नेपालमा ३० अर्ब ९७ करोड रुपैयाँ विदे

विदेशी लगानी तथा ऋण व्यवस्थापन विनियमावली सकारात्मक : परिसंघ

नेपाल राष्ट्र बैंकले २०७८ जेष्ठ २६ गते जारी गरेको ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ को नेपाल उद्योग परिसंघले स्वागत गरेको छ ।नेपालमा विदेशी लगानी एवं विदेशी ऋण भित्र्याउने र त्यसको व्यवस्थापन गर्न सहज नीतिगत व्यवस्था गरेकोमा परिसंघले स्वागत गरेको जनाएको छ । “परिसंघले स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्दै […]

अब विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकको स्वीकृति नचाहिने

नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली,२०७८ जारी गरेको छ । विदेशी लगानी (एफडिआई) भित्र्याउने सम्बन्धि स्वीकृति तथा लेखाङ्कन गर्ने, विदेशी लगानी तथा सोबाट आर्जित रकम फिर्ता लैजाने, विदेशी ऋणको स्वीकृति, विदेशी ऋण बापत विदेशी मुद्रा भित्र्याउने तथा सोको लेखाङ्कन गर्ने र विदेशी ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि विदेशी मुद्राको सटही प्रदान गर्ने लगायतका विषयहरूलाई व्यवस्थित तथा सहजीकरण गर्न बैंकले सो विनियमावली ल्याएको हो । योसँगै अब विदेशी लगानी बापत आउने विदे

सरकारले कृषिमा विदेशी लगानी खोल्यो

नेपालमा कृषिमा विदेशी लगानी ल्याउने वा नल्याउने भन्ने विषयमा विवाद हुँदै आएको छ।