नेकपा एकीकृत समाजवादीले वर्तमान गठबन्धनलाई संसदीय चुनावसम्म लैजाने तर आफ्नो इमान्दारीतालाई कमजोरी ठाने एक्लै भए पनि निर्वाचन लड्न तयार रहेको जनाएको छ । मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै सो पार्टीले आकाशमा प्रतिगमनको कालो छाया पुनः आउन सक्ने संभावनाका कारण मात्र गठबन्धनलाई जोड दिइरहेको दावी गरेको छ । ‘नेपाली जनताले सात दशक लामो सङ्घर्षबाट संविधानसभामार्फत घोषणा गरेको समाजवाद उन्मुख प्रावधानसहितको संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षाका लागि नै यो गठबन्धन बनाइएक