नेपाली कांग्रेस लुम्बिनी प्रदेश: संसदीय दलकाे नेता छान्न निर्वाचन तालिक सार्वजनिक

दाङ- नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलकाे नेता चयन गर्न निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ। जसअन्तर्गत साेमबार बिहान ८ बजेदेखि ९ बजेकाे समय मनाेनयन दर्ताकाे लागि समय दिइएको छ। सहमतिमा दलकाे नेता चयन गर्ने प्रयास भइरहेकाे प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिका प्रवक्ता प्रचण्ड विक्रम न्याैपानेले जानकारी दिए। संसदीय दलकाे नेतामा कांग्रेस नेता […]

सम्बन्धित सामग्री

लुम्बिनी कांग्रेसले प्रदेश र स्थानीय सरकारको अनुगमन गर्ने

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सम्मेलनले लुम्बिनी प्रदेश सरकार र प्रदेशका १०९ स्थानीय सरकारलाई अनुगमन गर्न प्रदेश कार्यसमितिअन्तर्गत अनुगमन समिति बनाउने प्रस्ताव पारित गरेको छ। यस्तै, पार्टीको तहगत आधारमा सरकारी निकायको निर्धारण,...

कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेतामा चौधरी सर्वसम्मत

काठमाण्डौ, पुस १८ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी सर्वसम्मत चयन भएका छन् । चौधरी आज संसदीय दलको नेतामा सर्वसम्मत चयन भएको कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले जानकारी दिए । कांग्रेस संसदीय दलको नेताका लागि चौधरी, राजु खनाल, अब्दुल रज्जाक र वीरबहादुर राना आकाङ्क्षी रहेका थिए।

कांग्रेस लुम्बिनी संसदीय दलको नेतामा चौधरी सर्वसम्मत

नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्ली चौधरी सर्वसम्मत चयन भएका छन् ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश: संसदीय दलकाे नेतामा डिल्लीबहादुर चाैधरी चयन

दाङ- नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन भएका छन्। चौधरी संसदीय दल नेतामा सर्वसम्मत चयन भएकाे कांग्रेस लुम्बिनी प्रदेश समितिका प्रवक्ता प्रचण्ड विक्रम न्याैपानेले जानकारी दिए। ‘लुम्बिनी प्रदेश संसदीय दल नेतामा डिल्लीबहादुर चौधरी सर्वसम्मत चयन हुनुभयो। हामीले सहमतिमै दल नेता चयन गर्याैँ’, न्याैपानेले भने, ‘सहमतिका साथ निर्णय भयाे।’ कांग्रेसले संसदीय दलकाे […]

कांग्रेस लुम्बिनी प्रदेश सभापति पुन रोल्पाबाट सिफारिस

रोल्पाबाट नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर पुन सङ्घ र प्रदेश दुवैमा सिफारिस  भएका छन् ।  एक प्रतिनिधि सभा र दुई प्रदेश सभा रहेको जिल्लाबाट अमरसिंह पुन दुवैतिरबाट सिफारिस भएको क्षेत्रीय सभापति गोपाल घर्ती मगरले बताए । 'ख' बाट पुनको एकल नाम सिफारिस गरिएको छ । प्रतिनिधि सभाको प्रत्यक्षमा टेकबहादुर बस्नेत र सङ्ख बहादुर छन्त्याल पनि सिफारिस भएका छन् । बस्नेत र छन्त्याल दुवै लुम्बिनी प्रदेश सदस्य हुन् । यस्तै समानुपातिक तर्फबाट सुरेन्द्र हमाल र भीमकुमारी बुढाको ना

कांग्रेस लुम्बिनी प्रदेश कोषाध्यक्षमा प्रकाश राना मनोनीत

बुटवल– नेपाली कांग्रेस लुम्बिनी प्रदेशको कोषाध्यक्षमा प्रकाश राना मनोनीत भएका छन्। बुधबार बसेको नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिको बैठकले रानालाई कोषाध्यक्षमा मनोनीत गर्ने निर्णय गरेको हो। बैठकमा प्रदेश सभापति अमरसिंह पुनले रानालाई कोषाध्यक्षमा मनोनीत गर्ने प्रस्ताव गरेका थिए। उनको प्रस्तावलाई बैठकले पारित गरेको उपसभापति राजु खनालले जानकारी दिए। कांग्रेसको विधानमा कार्यसमिति सदस्य पदमा निर्वाचित एक […]

राष्ट्रिय सभा निर्वाचनमा बाँकेबाट कांग्रेसका चार सिफारिस

राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले बाँकेबाट चार जनाको नाम सिफारिस गरेको छ। उक्त निर्वाचनका लागि नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले बाँकेसँग नाम मागेको थियो।...

कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन विजयी

बुटवल- नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका अमरसिंह पुन विजयी भएका छन्। सोमबार बिहान सकिएको मतगणनाअनुसार पुनले ८५२ मत ल्याएर सभापति निर्वाचित भएका हुन्। पुनका निकटतम प्रतिस्पर्धी सभापति शेरबहादुर देउवा पक्षका भरतकुमार शाहले ७६७ मत ल्याएका छन्। शाहलाई ८५ मतान्तरले पराजित गर्दै पुन लुम्बिनीको पहिलो सभापति बन्न सफल भएका हुन्। प्रदेश […]

कांग्रेस लुम्बिनी प्रदेश सभापतिका लागि पुन र शाहको उम्मेदवारी

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिका लागि दुई जनाको उम्मेदवारी परेको छ । नेतृत्वको लागि रोल्पाका अम्मरसिंह पुन र रूपन्देहीका भरतकुमार शाहको उम्मेदवारी परेको निर्वाचन अधिकृत बुद्धबहादुर थापाले लोकान्तरलाई जानकारी दिए ।  पुन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका उम्मेदवार हुन् भने शाह पार्टी सभापति शेरबहादुर देउवा समूह निकट मानिन्छन् । संघीयता कार्यान्वयनमा आएको चार वर्षपछि कांग्रेसले पहिलो पटक प्रदेश सभापति चुन्न लागेको हो ।   अधिवेशन बिहीवारदेखि रूपन्देहीको भैरहवामा शुरू भएको छ । त्यसै गरी उपसभा...