यी हुन् एमाले माओवादी एकताका प्रारम्भिक आधार (भिडियो)

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी एकता गर्न सहमत भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई पार्टीका शीर्ष नेताको बैठकले एकीकृत पार्टी निर्माणको लागि सात बुँदे सहमति गरे। एमाले र माओवादी नेताहरुले पार्टी एकताको प्रारम्भिक आधार भन्दै सात बुँदे सहमति समेत गरेका छन्। पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने, पार्टीको मार्ग निर्देशक सिद्धान्त मार्क्सवाद-लेनिनवाद रहेने सहमति भएको छ। सहमति पछि माओवादी नेता नारायणकाजी श्रेष्ठेले पत्रकारहरुसँग कुराकानी गर्दै सहमति सुनाए।

सम्बन्धित सामग्री

एकताका लागि एमाले नेताहरुको अन्तिम पहल, मंगलबार बोलाइयो स्थायी कमिटी बैठक

नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) आधिकारिक रुपमा दर्ता हुने मिति नजिकिँदै जाँदा एमाले नेताहरुले एकताका लागि अन्तिम पहल गरेका छन्। निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको सनाखत भदौ ९ गते गर्दैछ। त्यसअघि भीम रावललगायतका नेताहरुले एकताका लागि पहल गरेका हुन्। उनीहरुले अन्तिम समयमा आएर नेता नेपालको साथ छाडेका थिए। भीम […]

एमाले एकताका लागि ओली र नेपाललाई दबाब दिने दोस्रो तहका नेताको निष्कर्ष

नेकपा एमाले एकताका लागि प्रयास गर्दै आएका दोस्रो तहका नेताहरूले एकताका लागि अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाललाई दबाब दिने निष्कर्ष निकालेका छन् । शुक्रवार काठमाडौंमा बसेको एमाले पार्टीका नेता र सांसदको भेलाले दुवै पक्षलाई दबाब दिने निष्कर्ष निकालेको हो । कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन अध्यक्ष ओलीलाई १० बुँदे कार्यान्वयन गर्न र नेपाललाई पार्टी विभाजनको निर्णय फिर्ता गर्न दबाब दिने निष्कर्ष निकालिएको सचिव गोकर्ण विष्टले जानकारी दिए । आमकार्यकर्ता र जनताको चाहनाअनुसार पार्टीलाई एकताबद्ध गर्ने अभियानमा आफूहरू...

एमाले एकताका लागि ओली-नेपालबीच निर्णायक भेटवार्ता हुने

काठमाडौं, १८ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि लचिलो हुने निर्णय गरेको छ । आज आफूपक्षीय स्थायी कमिटी सदस्यहरुको बैठकले संयमित भएर बढ्ने निर्णय गरेको नेता रघुजी पन्तले पत्रकारहरुलाई बताए । पन्तले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छिट्टै भेटवार्ता हुने खुलासा गरे । […]

पार्टी एकताका लागि नेपालले खोजे संसद्को पूर्णकार्यकालको सुनिश्चितता

एमाले वरिष्ठ नेता माधव नेपालले पार्टी एकताका लागि संसद्को कार्यकाल पूरा हुने सुनिश्चितता अध्यक्ष केपी ओलीबाट खोजेका छन् । पार्टी निर्णय र पत्राचारमा दुई अध्यक्षको हस्ताक्षरको माग गर्दै आएका नेपालले पुनस्र्थापित...

पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास गर्छुः ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने बताएका छन् । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा जारी केन्द्रिय समितिको बुधबारको बैठकमा बोल्दै उनले पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने बताएका हुन् । “पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने प्रतिवद्धता अध्यक्ष ओलीले बैठकमा राख्नु भएको छ” बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता प्रदिप ज्ञवालीले भने, “तर पार्टी आन्दोलन

एमाले एकताका लागि १० बुँदे सहमति

नेकपा एमालेको एकताका लागि १० बुँदे सहमति भएको छ। एमाले विवाद समाधान कार्यदलकाे आइतबारको १३ घण्टा लामो बैठकमा १० बुँदे सहमति गर्न नेताहरु सहमत भएका हुन्। कार्यदलकाे सिफारिस कार्यान्वयनका लागि तत्काल पार्टी स्थायी कमिटीकाे बैठक आयोजना गर्न अध्यक्ष एवं महासचिवलाई अनुराेध गर्ने सहमति पनि भएकाे छ। सहमतिकाे बुँदामा फागुन २३ को सर्वोच्च अदालतकाे फैसलापछि एमालेमा […]

एमाले स्थायी कमिटी बैठक स्थगित, एकताका लागि थप पहल हुने

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटीको आजको बैठक स्थगित भएको छ। आन्तरिक एकतासम्बन्धी छलफल चलिरहेकाले एकताका लागि थप पहलकदमी लिन बैठक स्थगित गरिएको हो। बैठक सोमबार साँझ बस्ने गरी स्थगित भएको नेकपा एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए। कार्यदलस्तरमा सहमतिमा हस्ताक्षर भएपछि सो सहमति पेस गर्न ४ बजे बोलाइएको बैठक ७ बज्दा समेत सहमतिमा हस्ताक्षर नहुँदा बैठक स्थगित भएको हो।

कोमाबाट ब्युँतियो एमाले एकताका लागि गठन गरिएको कार्यदल

एमाले एकताका लागि गठन गरिएको कार्यदल डेढ महिनासम्म कोमामा रहेर ब्युँतिएको छ । यससँगै सोमबार नै कार्यदलको बैठक बसेको छ । छलफल सकारात्मक भएको वार्तामा सहभागी नेताले बताएका छन् । बैठकमा विगतमा भएका कामकारबाहीको समीक्षा गरिएको थियो । बैठकपछि माधवकुमार नेपाल पक्षका कार्यदल संयोजक भीम रावलले मंगलबार पार्टी मिलाउन घनीभूत ढंगले लागिपर्ने बताए । संस्थापन पक्षका कार्यदल संयोजक सुवास नेम्बाङले लामो समयपछि बसेको कार्यदलको औपचारिक बैठकले सकारात्मक दिशातर्फ उन्मुख भएको सन्देश दिने बताए । यो समा

अदालतको आदेश एमाले एकताका लागि उत्प्रेरणा : योगेश भट्टराई

८ असार, काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले अदालतका पछिल्ला आदेशले एमाले एकताको अपरिहार्यतालाई जोड दिएको बताएका छन् । मंगलबार सामाजिक सञ्जाल ट्विटरमा उनले सर्वोच्चको आदेश एमाले एकताका लागि उत्प्रेरणा नै भएको दावी गरेका छन् । ‘बुझ्नु पर्नेहरुलाई यो एउटा पाठ हो । भन्छन् नि बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड’ उनले लेखेका छन् । […]

बामदेवले भने, ‘एकताका लागि जेठ २ को नेकपा(एमाले) कायम हुनुपर्छ’

काठमाडौं। एमाले नेता वामदेव गौतमले पार्टी अध्यक्ष केपी शर्मा आलीलाई जेठ २ अघिको कमिटी बैठक बोलाउन आग्रह गरेका छन्। उनले विज्ञप्ति जारी गर्दै पार्टी एकताका लागि २०७५ जेठ२ गते कायम रहेका पदाधिकारीसहितको स्थायी कमिटी बैठक बोलाउन माग गरेका हुन्। ५ बुद्धे विज्ञप्तिमा गौतमले प्रधानमन्त्रीले आह्वान गरेको पत्रमा कुटिल चातुर्यता र जालझेलको अनुमान गर्न सकिने भाषाशैलीको प्रयोग भएको समेत बताएका छन्।