निर्वाचन आयोगले ९ कात्तिकमा समानुपातिकको अन्तिम बन्दसूची प्रकाशन गर्ने

काठमाडौं । निर्वाचन आयोगले आगामी ९ कात्तिकमा समानुपातिक उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गर्ने भएको छ । प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका र प्रदेशसभा समानुपातिक निर्वाचन निर्देशिकाअनुसार दाबीविरोध गर्ने समय समाप्त भएपछि कुनै उम्मेदवारको सम्बन्धमा दाबीविरोध परेमा त्यसको आवश्यक जाँचबुझ र निर्णयसमेत गरी ९ कात्तिका अन्तिम बन्दसूची प्रकाशन गर्ने आयोगले जनाएको छ । उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन […] The post निर्वाचन आयोगले ९ कात्तिकमा समानुपातिकको अन्तिम बन्दसूची प्रकाशन गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

मत सर्वेक्षण गरे कारबाही : निर्वाचन आयोग

काठमाडौं : निर्वाचन आयोगले आगामी निर्वाचनमा मत सर्वेक्षण गर्न नपाइने जनाएको छ।आयोगका उपसचिव तथा सहायक प्रवक्ता कमल भट्टराईले प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन आचारसंहिता लागू भइसकेकाले सामाजिक सञ्जालमार्फत मत सर्वेक्षण गर्न नपाइने जनाएका हुन्।निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ (त) मा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामका सम्बन्धमा कुनै मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नपाइने स्पष्ट

आफैं सञ्चार माध्यमको नियमन थाल्दै निर्वाचन आयोग

प्रेस काउन्सिलमार्फत सञ्चारमाध्यमका विषयवस्तु र क्रियाकलाप नियमन गर्नुपर्ने निर्वाचन आयोगले पछिल्ला दिनहरुमा आफैं सक्रिय भएर स्पष्टीकरण सोध्ने र समाचार हटाउने निर्देशन दिन थालेको छ ।

निर्वाचन पर्यवेक्षण समितिका अध्यक्ष पोखरेललाई लिखित स्पष्टीकरण पेस गर्न निर्देशन

काठमाण्डाै - निर्वाचन आयोगले निर्वाचन पर्यवेक्षण समितिका अध्यक्ष प्रदीप पोखरेललाई स्पष्टीकरण सोधेको छ । वैशाख १९ गते टेलिभिजनमार्फत प्रकाशन/प्रसारण भएको अन्तर्वार्तालाई लिएर आयोगले अध्यक्ष पोखरेललाई लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो । निर्वाचन आचारसंहिता–२०७८ को विपरीत हुने गरी राजनीतिक दल हैन स्वतन्त्र उम्मेदवारलाई हेर्नुपर्छ भनी मतदातालाई प्रभाव पार्ने, दलहरूले नियुक्त गरेको निर्वाचन आयोग र निर्वाचन आयुक्तहरू भनी संवैधानिक आयोगको गरिमामाथि नकारात्मक टिप्पणीसहितका अभिव्यक्ति दिएको देखिएको भन्दै आयोग...

देशभरका उम्मेदवारको नामावली वेवसाइटमा प्रकाशन गर्दै निर्वाचन आयोग

काठमाडौं, २० वैशाख । निर्वाचन आयोगले देशभरका उम्मेदवारको अन्तिम नामावली वेवसाइटमा प्रकाशनको तयारी गरिरहेको छ । आयोगले आजै अन्तिम नामावली वेवसाइटमा प्रकाशन गर्ने तयारी गरेको हो । देशका सबैजसो प्रदेशका नामावली अपलोड भइसकेपनि कर्णाली प्रदेशमा कठिनाई भएकाले ढिलाई भएको आयोगले जानकारी दिएको छ ।

महानगरको मतपत्रमा कुनै पनि कोठा खालि राखेर छापिँदैन : निर्वाचन आयोग

काठमाडौं, ११ वैशाख : निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मतपत्र छपाइ सम्बन्धमा सञ्चारमाध्यमा प्रकाशित समाचार र केही राजनीतिक दलको माग एवं भनाइप्रति आयोगको ध्यानाकर्षण भएको जनाएको छ । आइतबार एक विज्ञप्ति जारी गरि आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५ को उपदफा (५) मा निर्वाचन कार्यक्रम प्रकाशन गर्दा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि […]

स्थानीय चुनावअघि मतदाता नामावली हेरफेर हुँदैन : निर्वाचन आयोग

काठमाडौं : निर्वाचन आयोगले प्रकाशित अन्तिम मतदाता नामावलीमा हेरफेर वा थपघट नहुने स्पष्ट पारेको छ। आयोगले शुक्रबार बेलुकी विज्ञप्ति निकालेर ०७८ चैत १३ गते प्रकाशित गरेको अन्तिम मतदाता नामावलीमा कुनै संशोधन वा परिमार्जन गर्न र सच्याउन नसकिने जनाएको छ।अन्तिम मतदाता नामावली प्रकाशन भएपछि पनि मतदाता नामावली सार्न तथा सच्याउनका लागि आयोगमा निवेदन आइरहेको भन्दै मतदाता नामावली ऐन, २०७३ अनुसार अन्तिम प्रकाशनपछि थपघट गर्न वा सच्याउन नपाउने कानुनी व्यवस्था रहेको उल्लेख गरेको छ। साथै, मतदाता

मतदाता नामावली हेरफेर हुँदैन : निर्वाचन आयोग

निर्वाचन आयोगले मतदाता नामावली थपघट तथा हेरफेर नहुने बताएको छ । अन्तिम नामावली प्रकाशन भएपछि पनि मतदाता नामावली सार्न तथा सच्याउन पाउँ भनेर निवेदन आइरहेको भन्दै आयोगले शुक्रबार विज्ञप्ति जारी...

आज मतदाताको अन्तिम नामावली प्रकाशन गर्दै निर्वाचन आयोग

काठमाडौं, चैत १३ । निर्वाचन आयोगले आज स्थानीय तहको निर्वाचनको अन्तिम मतदाता नामावली प्रकाशन गर्दैछ । वैशाख ३० गते हुने निर्वाचनका लागि मतदाताको अन्तिम नामावली आज प्रकाशन गर्ने आयोगले जनाएको हो । नाम दोहोरिएका, मृत्यु भएकाहरूको समेत नाम हुन सक्ने भन्दै आयोगले दावी विरोधका लागि एक साताको समय दिएको थियो । दावी विरोधपछि करिब एक […]

प्रधानमन्त्री ओलीसँग निर्वाचन आयोग रुष्ट

काठमाडौं, जेठ ६ । प्रधानमन्त्री केपी शर्मा ओली तथा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ स्वयंले राष्ट्रिय सभा सदस्यको रिक्त पदको उपनिर्वाचनको मौन अवधिमा आचारसंहिता उल्लंघन गरेकोमा निर्वाचन आयोगले ध्यानाकर्षण गराएको छ । उपनिर्वाचन हुने अघिल्लो दिन बुधबार आयोगले सो ध्यानाकर्षण गराएको हो । मौन अवधि शुरु भइसकेपछि पनि आचार संहिताविपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा […]

मतदाता सूची प्रकाशित गर्दै निर्वाचन आयोग

निर्वाचन आयोगले मध्यावधि निर्वाचनका लागि भइरहेका तयारी र कार्यक्रमबारे दलहरूलाई जानकारी दिँदै माघ १५ गते मतदाता नामावली प्रकाशन गर्ने प्रस्ताव गरेको छ । सरकारले वैशाख १७ र २७ गते २ चरणमा प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेकाले आयोगले त्यसबारे भइरहेको आन्तरिक तयारीबारे आइतवार दलहरूलाई जानकारी गराएको हो । यद्यपि प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ । आयोगले ११ दलका नेताहरूसँगको छलफलमा माघ १५ गते मतदाता नामावली प्रकाशन गर्ने प्रस्ताव गरेको हो । प्रमुख निर्वाचन आयुक्त दिन...