मतदाता सूची प्रकाशित गर्दै निर्वाचन आयोग

निर्वाचन आयोगले मध्यावधि निर्वाचनका लागि भइरहेका तयारी र कार्यक्रमबारे दलहरूलाई जानकारी दिँदै माघ १५ गते मतदाता नामावली प्रकाशन गर्ने प्रस्ताव गरेको छ । सरकारले वैशाख १७ र २७ गते २ चरणमा प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेकाले आयोगले त्यसबारे भइरहेको आन्तरिक तयारीबारे आइतवार दलहरूलाई जानकारी गराएको हो । यद्यपि प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ । आयोगले ११ दलका नेताहरूसँगको छलफलमा माघ १५ गते मतदाता नामावली प्रकाशन गर्ने प्रस्ताव गरेको हो । प्रमुख निर्वाचन आयुक्त दिन...