आयुर्वेद चिकित्सक संघको दशौं महाधिवेशन स्थगित

कोरोना महामारीका कारण नेपाल आयुर्वेद चिकित्सक संघले दशौं महाधिवेशन स्थगित गरेको छ । यही माघ २१ र २२ गतेको लागि पूर्व निर्धारित दशौं राष्ट्रिय महाधिवेशन हाललाई स्थगित गरिएको हो । मंगलबार एक सूचना जारी गर्दै संघले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगिसकेको भएपनि स्थगित गरिएको जानकारी दिएको हो । साथै सदस्यता नवीकरण, नयाँ सदस्यता विवरणको कार्य नरोकिएकोले सम्पूर्णलाई सदस्यता नवीकरण, नयाँ सदस्यता विवरणको कार्य नरोकिएकाले समेत संघले जनाएको छ । 

सम्बन्धित सामग्री

चिकित्सक संघको माघ २१ र २२ गते हुने भनिएको महाधिवेशन स्थगित

काठमाडौ, ११ माघ । नेपाल आयुर्वेद चिकित्सक संघको आगामी माघ २१ र २२ गते हुने भनिएको दशौं महाधिवेशन स्थगित भएको छ। संघको महाधिवेशन विश्वव्यापी कोरोना महामारीको कारण स्थगित भएको हो । संघले आज एक विज्ञप्ती जारी गर्दै विश्वव्यापी कोरोना महामारीको कारण सरकारी निर्देशन बमोजिम महाधिवेशन स्थगित गर्नु पर्ने वाध्यताको कारणले अर्को सूचना नआएसम्मका लागि महाधिवेशन […]

एनआरएनको चुनाव सार्नु आपत्तिजनक : कुल आचार्य

गैर आवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार तथा दशौं महाधिवेशनमा अध्यक्षका उम्मेदवार कुल आचार्यले एनआरएनको चुनाव सार्नु आपत्तिजनक रहेको बताएका छन् । टिम कुलद्वारा आयोजित खुला डबली भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले  परराष्ट्र मन्त्रालयको पत्र देखाएर  दशौं महाधिवेशन स्थगित गर्नु र  चुनाव सारिएको घोषणा गर्नु गलत अभ्यास भएको बताए  । आचार्यले भने- “अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय (आइइएस) …

अवैधरुपमा कार्यकाल लम्ब्याउने खेल सुरु : आचार्य

काठमाडौँ - गैरआवासीय नेपाली संघ (एनआरएनए) को कात्तिक ६-८ का लागि तोकिएको दशौं महाधिवेशन स्थगित गरिएकोप्रति संघका सल्लाहकार एवं अध्यक्षका उम्मेदवार कुल आचार्यले असहमति जनाएका छन् । संघको सचिवालयले अन्तिम समयमा आएर अवैध रुपमा आफ्नो कार्यकाल लम्ब्याउने प्रपञ्‍च रचेको आचार्यको निष्‍कर्ष छ। संघको सचिवालयले…