राति थोरै सुत्ने गर्नुहुन्छ भने सचेत भइहाल्नुहोस् । हालै गरिएको एक अध्ययनबाट पत्ता लागेको छ कि कम सुत्ने मानिसले डिप्रेसनको सामना गर्नुपर्ने हुनसक्छ ।
अध्ययनअनुसार राति ८ घण्टाभन्दा कम समय सुत्ने मानिसलाई डिप्रेसन हुने सम्भावना धेरै हुन्छ ।
अमेरिकाको बिङ्घमटन विश्वविद्यालयका शोधकर्ताहरुले राति कम सुत्ने मानिसहरुमाथि अध्ययन गरेर यस्तो तथ्य पत्ता लगाएका हुन् ।
सोधकर्ताहरुले मानिसहरुको सुत्ने अवधि तथा निद्राका दौरान आउने नकरात्मक बिचारबारे पनि अध्ययन गरेका थिए । साथै अध्ययनबाट यो पनि पत्ता लाग्यो कि निद्राक...