नेपालमा महिला फुटबल सुरुवात भएको सन् २०३८ सालदेखि हो । फिफाले सबै सदस्य राष्ट्रहरूलाई महिला फुटबल अनिवार्य गर्न निर्देशन दिएपछि नेपालमा पनि महिला फुटबलको जग बसेको हो । उक्त समय दक्षिण एसियाली क्षेत्रमा भारतबाहेकका देशले महिला फुटबल सुरु पनि गरेका थिएनन् । एसियाली क्षेत्रमा भने जापान, चीन जस्ता देशहरू अब्बल भइसकेका थिए । महिला फुटबल सुरु नगरेका राष्ट्रहरूलाई फिफा र एएफसीले दिने अनुदानमा कटौती गर्ने भएपछि एन्फा पनि महिला फुटबल सुरु गर्न कस्सियो । नेपालमा कमल थापाको अध्यक्षतामा भएको फुटबल