नेकपा एमालेका १० औं महाधिवेशनमा नेतृत्व चयनका क्रममा विद्युतीय मतदान हुने भएको छ । एमालेको बिहीबार र शुक्रबार बसेको स्थायी कमिटी बैठकले चितवनम हुने महाधिवेशनबाट नेतृत्व चयन गर्दा विद्युतीय मतदान हुने व्यवस्था मिलाउने निर्णय भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
‘राष्ट्रिय महाधिवेशनबाट नेतृत्व चयनका लागि विद्युतीय मतदान मेसिन प्रयोग गरिनेछ । यस मेसिनको प्रयोगका लागि महाधिवेशन प्रतिनिधिहरुलाई विशेष प्रशिक्षणको व्यवस्था गरिनेछ । यस सम्बन्धमा आवश्यक प्रक्रिया अगाडि बढाउन केन्द्रीय निर्वाचन आयोगलाई अनुरोध गरिएको छ&...