काठमाडौँ– भारतको उत्तरी पहाडी राज्य हिमाचल प्रदेशमा शनिबार अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी कम्तीमा १५ जनाको मृत्यु हुनाका साथै अन्य आठ जना बेपत्ता भएको टाइम्स अफ इन्डियाले जनाएको छ । बेपत्ताहरुको खोजी कार्य जारी रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने आशङ्का गरिएको छ । अविरल वर्षाले राज्यको मण्डी र चम्बा जिल्ला सबैभन्दा बढी प्रभावित […]