पाकिस्तानमा बाढीका कारण १० वटा पुल भत्किए, सयौं मानिस नदी पारी फसे

एजेन्सी । पाकिस्तानमा खैबर पख्तुन्ख्वा प्रान्तको मानुर उपत्यकामा आएको बाढीका कारण १० वटा पुल भत्काएकाे छ । साेही पुल भत्किएसँगै सयौं मानिस नदी पारी फसेका हुन् । गत शुक्रबार आएको बाढीमापरि सोही क्षेत्रमा १५ जनाको मृत्यु भएको छ । मानुर उपत्यकाको नदीमा फसेका सर्वसाधारणले आफूहरूको उद्धार गर्न बारम्बार अपील गरिरहेका छन् । यद्दपी पुल भत्केका […]

सम्बन्धित सामग्री

बाढीका कारण क्षतिग्रस्त कागबेनीकाे एक विद्यालयमा पठनपाठन बन्द

काठमाडौं । बाढीका कारण क्षतिग्रस्त भएको मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका– ४ कागबेनीमा स्थित जनशान्ति माध्यमिक विद्यालयको पठनपाठन बन्द भएको छ । गत साउन २८ गते कागखोलामा आएको बाढीले जनशान्ति मावि, वडा कार्यालय, प्रहरी चौकी, गुम्बा, मन्दिर, सडक तथा पुल बगाएको थियो । बाढीले यस क्षेत्रको २९ घर पूर्ण रुपमा र १३ घरमा आंशिक रुपमा […]

पुल भत्किएकाे सात महिना बित्याे, अझै मर्मत भएन !

नवलपरासी – बाढीका कारण पुलमा क्षति पुगेको सात महिना बित्दासमेत अझै  मर्मतको काम हुन सकेको छैन । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोती नगरपालिका ४ र ५ जोड्ने केरुङे खोलामा निर्माण भएको पुल बाढीले क्षति पुर्‍याएकाे सात महिना बितेको छ । तर पुल मर्मतमा निर्माण कम्पनी, सडक डिभिजन कार्यालय कसैले चासो देखाएका छैनन् । पुलको उत्तरतर्फको भागमा गएको असार महिनामा आएको बाढीले क्षति पुर्‍याएकाे छ । पुल भत्किँदा गाडी आउजाउमा समस्या भएको छ । पुल भत्किँदा दुईतर्फी गाडी चल्न समस्या भएको हो । भत्किएको...

देवदहको घोडाहा खोला पुल भासियो, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

११ भदौ,बुटवल । अविरल वर्षापछि आएको बाढीका कारण रुपन्देहीको देवदहस्थित घोडाहा खोला पुल भासिएको छ । पुल भासिएपछि पूर्व-पश्चिम राजमार्गमा यातायात सेवा अवरुद्ध भएको छ । पुल भार्सिसँगै उक्त सडकखण्ड हुँदै आवत-जावत गर्ने सवारी साधनहरु दुवैतर्फ रोकिएका छन् । ट्राफिक प्रहरीका अनुसार नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका- १० लण्डनब्रिजस्थित पूर्वपश्चिम राजमार्गको सडकखण्ड बासा, भुताहा र सुनवल […]

मेलम्ची बाढी: बाहुनेपाटीको पुल पनि जोखिममा

काठमाडौँ – इन्द्रावति नदीमा आएको बाढीका कारण मेलम्ची नगरपालिका ११ बाहुनेपाटीमा रहेको पक्की पुल पनि जोखिममा परेको छ। शनिबार रातिदेखि आएको बाढीका कारण अहिलेसम्म सुरक्षित मानिएको बाहुनेपाटी पुल पनि जोखिममा परेको स्थानीयले बताएका छन्। दिउँसो १२ बजेसम्म पुल बचाउनका लागि जलपादेवी माध्यामिक विद्यालयतर्फ गरिएकाे तटबन्ध बगाएको छ। उक्त तटबन्ध बगाएसँगै बाहुनेपाटी बजारतर्फ रहेको पुलको भागमा […]

बेगखोलामा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

म्याग्दी : बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा पक्की पुल नहुँदा सर्वसाधारणले सास्ती भोग्दै आएका छन्। वर्षा याममा खोलामा आउने बाढीका कारण दैनिकरुपमा सडक अवरुद्ध हुनुका साथै खोला तर्न नसकेर यातायातका साधन र पैदल यात्रुहरु बीच बाटोमा नै अलपत्र पर्ने गरेका छन्। २०७३ सालमा आएको बाढीले बेगखोलामा बस्तीसँगै मोटरेबल पुल र झोलुङ्गे पुल बगाएपछि बेनी जोमसोम सडकको यात्रा निरन्तर प्रभावित हुँदै आएको छ। चार वर्ष बितिसक्दा पनि कोरला नाकासँग जोडिएको कालीगण्डकी

बाढीका कारण रुकुम पश्चिममा निर्माणाधीन पुल भत्कियो

रुकुम - बाढीका कारण रुकुम पश्चिमको बैरागीठाँटी र सोलाबाङलाई जोड्ने निर्माणाधीन पुल भत्किएको छ । मुसिकोट नगरपालिका वडा नं ५ बैरागीठाँटीमा बन्दै गरेको पक्की पुल बैरागी खोलामा आएको बाढीका कारण गएराति भत्किएको हो । पुलमा ढलानको काम सकिएको थियो । ३५ मिटर लम्बाइ रहेको पुल गएको वर्ष  नै सम्पन्न हुनुपर्ने भए पनि काम नसकिएपछि निर्माण कम्पनीले एक वर्ष समय थप गरेको थियो ।

बाढीका कारण सिन्धुपाल्चोकमा सीताघाट पुल पनि जोखिममा

अबिरल वर्षापछिको बाढीका कारण सिन्धुपाल्चोकको इन्द्रावती गउँपालिकास्थित सीताघाट पुल जोखिममा परेको छ । खोलामा पानीको बहाव अप्रत्यासित रूपमा बढेका कारण सीता घाटको पुल जोखिममा परेको गाउँपालिका अध्यक्ष वंशलाल तामाङले जानकारी दिए । हेलम्बु गाउँपालिकामा पछिल्लो दुई तीन दिनदेखि लगातार भएको वर्षाका कारण मेलम्ची खानेपानी आयोजनाको मुख्य खोलामा बाढी आएको उनले बताए । ‘हिजो दिउँसो तीन बजे मेलम्ची खोला पहिरोले पुरेपछि खोला थुनिएर बाढीले ठूलो आकार लिएको थियो,’ अध्यक्ष तामाङले भने, ‘त्यस पछि इन्द्रावती ...