काठमाडौं : उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दामा सर्वोच्च अदालतले पुस २२ गतेका लागि पेशी तोकेको छ । लामिछानेको सांसदको योग्यताबारे प्रश्न उठाउँदै अधिवक्ता रविराज बसौलासहितले दायर गरेको रिटमाथि संवैधानिक इजलासमा गत पुस ६ गते सुनुवाइ भएको थियो। इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै दुवै पक्षसँग छलफलपछि यसबारे निर्णय दिने आदेश गरेको हो।संवैधानिक इजलासमा पुस ६ गते सुनुवाइ भए पनि मंगलबार मात्र आदेशको प्रमाणित प्रति आएको हो । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण