निर्वाचन आयोगका पदाधिकारीविरुद्ध अख्तियारमा उजुरी

गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको दाबीसहित निर्वाचन आयोगका पदाधिकारीविरुद्ध बुधबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ।...

सम्बन्धित सामग्री

अख्तियारमा उजुरी बढ्दै

कैलाली । सुदूरपश्चिममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीको संख्या दैनिक बढ्दै गएको छ । आयोगले कैलालीको टीकापुरमा आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा दैनिक उजुरी बढ्दै गएको बताएको छ ।      आयोगका अनुसार आर्थिक वर्ष २७७÷७८ मा कार्यालयमा ९०७ उजुरी दर्ता भएका छन् । आर्थिक वर्ष २०७६÷७७ देखि ८३८ उजुरी सरिआएका थिए भने तीमध्ये ७०७ उजुरी मात्रै फछ्र्योट भएको आयोगको कार्यालयका अनुसन्धान अधिकृत रामचन्द्र बस्नेतले जानकारी दिए । गत आवमा सबैभन्दा बढी स्थानीय तहका उजुरी परेको उल्लेख गर्दै अनुसन्धान अधिकृत बस्नेतले स्थानीय तह अन्तर्गतका ३३३ उजुरी परेकोमा शिक्षाअन्तर्गत १४३ र उद्योग वन पर्यटनअन्तर्गत ९६ उजुरी परेको बताए । आयोगले गत आवमा ११४ उजुरीअन्तर्गत ४४३ जनाका नाममा अदालतमा मुद्दा दायर गरेको भन्दै अनुसन्धान अधिकृत बस्नेतले मुद्दा दायर भएका व्यक्तिबाट आयोगले एक अर्ब ८९ करोड ४७ लाख ३५ हजार बिगो माग दाबी गरिएको बताए । कार्यालयले हाल ८३ उजुरीको विस्तृत र एक हजार ६७ उजुरीको प्रारम्भिक अनुसन्धान गरिरहेको छ । सबैभन्दा बढी कैलालीका २७६ र सबैभन्दा कम बाजुराका ४५ रउजुरी छन् । कार्यक्रममा जानकी गाउँपालिकाका उपाध्यक्ष उमा महतोले अनियमितता नेतृत्वबाटै बढी हुने गरेको स्पष्ट पार्दै स्थानीय तहमा धेरै चुनौती हुँदा काम गर्दै जाँदा समस्या भएको हुन सक्ने बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका प्रमुख रामबहादुर कुरुम्बाङले दक्ष व्यक्तिबाटै भ्रष्टाचारको खतरा बढ्दै गएको बताए । यस्तै नेपालको निर्वाचन प्रणाली बढी खर्चिलो भएकाले पनि भ्रष्टाचार बढेको उनले उल्लेख गरे । अख्तियारसँग कर्मचारीले त्रसित हुनुपर्ने कुनै कारण नभएको भन्दै उनले सबैको सामूहिक प्रयासले मात्रै भ्रष्टाचारलाई कम गर्न सकिने बताए । भजनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले कर्मचारीलाई स्थानीय तहमा काम गर्न निकै चुनौती भएको बताउँदै चुनौतीसँगै सिकाइका अवसर पनि स्थानीय तहमा रहेको बताए । रासस