अख्तियारमा उजुरी बढ्दै

कैलाली । सुदूरपश्चिममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीको संख्या दैनिक बढ्दै गएको छ । आयोगले कैलालीको टीकापुरमा आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा दैनिक उजुरी बढ्दै गएको बताएको छ ।      आयोगका अनुसार आर्थिक वर्ष २७७÷७८ मा कार्यालयमा ९०७ उजुरी दर्ता भएका छन् । आर्थिक वर्ष २०७६÷७७ देखि ८३८ उजुरी सरिआएका थिए भने तीमध्ये ७०७ उजुरी मात्रै फछ्र्योट भएको आयोगको कार्यालयका अनुसन्धान अधिकृत रामचन्द्र बस्नेतले जानकारी दिए । गत आवमा सबैभन्दा बढी स्थानीय तहका उजुरी परेको उल्लेख गर्दै अनुसन्धान अधिकृत बस्नेतले स्थानीय तह अन्तर्गतका ३३३ उजुरी परेकोमा शिक्षाअन्तर्गत १४३ र उद्योग वन पर्यटनअन्तर्गत ९६ उजुरी परेको बताए । आयोगले गत आवमा ११४ उजुरीअन्तर्गत ४४३ जनाका नाममा अदालतमा मुद्दा दायर गरेको भन्दै अनुसन्धान अधिकृत बस्नेतले मुद्दा दायर भएका व्यक्तिबाट आयोगले एक अर्ब ८९ करोड ४७ लाख ३५ हजार बिगो माग दाबी गरिएको बताए । कार्यालयले हाल ८३ उजुरीको विस्तृत र एक हजार ६७ उजुरीको प्रारम्भिक अनुसन्धान गरिरहेको छ । सबैभन्दा बढी कैलालीका २७६ र सबैभन्दा कम बाजुराका ४५ रउजुरी छन् । कार्यक्रममा जानकी गाउँपालिकाका उपाध्यक्ष उमा महतोले अनियमितता नेतृत्वबाटै बढी हुने गरेको स्पष्ट पार्दै स्थानीय तहमा धेरै चुनौती हुँदा काम गर्दै जाँदा समस्या भएको हुन सक्ने बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका प्रमुख रामबहादुर कुरुम्बाङले दक्ष व्यक्तिबाटै भ्रष्टाचारको खतरा बढ्दै गएको बताए । यस्तै नेपालको निर्वाचन प्रणाली बढी खर्चिलो भएकाले पनि भ्रष्टाचार बढेको उनले उल्लेख गरे । अख्तियारसँग कर्मचारीले त्रसित हुनुपर्ने कुनै कारण नभएको भन्दै उनले सबैको सामूहिक प्रयासले मात्रै भ्रष्टाचारलाई कम गर्न सकिने बताए । भजनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले कर्मचारीलाई स्थानीय तहमा काम गर्न निकै चुनौती भएको बताउँदै चुनौतीसँगै सिकाइका अवसर पनि स्थानीय तहमा रहेको बताए । रासस

सम्बन्धित सामग्री

अख्तियारमा उजुरी गर्ने क्रम बढ्यो

काठमाडौं ।  अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा उजुरी पर्ने क्रम बढ्दै गएको जनाएको छ । आयोगमा चालु आर्थिक वर्षको साउन २० गतेसम्म १ हजार ४ सय ३२ उजुरी परेको जानकारी दिइएको छ । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले लिखित उजुरी ५ सय ५७, हुलाकमार्फत् २ सय ७२, इमेलमार्फत् २ सय ५३, वेभसाइटमार्फत् १ सय ९३, […]

१ उपसचिव र २ अधिकृत घुससहित पक्राउ

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा उजुरी पर्ने क्रम बढ्दै गएको छ । आयोगमा चालु आर्थिक वर्षको साउन २० गतेसम्ममा एक हजार चार सय ३२ उजुरी परेका छन् । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार लिखित उजुरी पाँच सय ५७, हुलाकमार्फत दुई सय ७२, इमेलमार्फत दुई सय ५३, वेबसाइटमार्फत एक सय ९३, टेलिफोनमार्फत ८४, समाचारमार्फत ३६, फेसबुकमार्फत १०, भाइबरमार्फत दुई र अन्य गरी २५ वटा उजुरी परेका छन् । यसैगरी आयोगको कञ्चनपुरमा रहेकाे कार्यालयमा ९५, पोखरामा ७०, बुटवलमा ६७, नेपालगञ्जमा ४१, ब...

भ्रष्टाचारबिरुद्ध सचेत हुँदै जनता- अख्तियारमा उजुरी गर्ने क्रम बढ्यो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा उजुरी पर्ने क्रम बढ्दै गएको छ । आयोगमा चालु आर्थिक वर्षको साउन २० गतेसम्ममा एक हजार ४३२ उजुरी परेका छन् । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार लिखित उजुरी ५५७, हुलाकमार्फत २७२, इमेतमार्फत २५३, वेभसाइटमार्फत १९३, टेलिफोनमार्फत ८४, समाचारमार्फत ३६, फेसबुकमार्फत १०, भाइबरमार्फत २ र अन्य गरी २५ उजुरी परेका …

अख्तियारमा उजुरी गर्ने क्रम बढ्यो

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा उजुरी पर्ने क्रम बढ्दै गएको छ । आयोगमा चालु आर्थिक वर्षको साउन २० गतेसम्ममा एक हजार ४३२ उजुरी परेका छन् । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार लिखित उजुरी ५५७, हुलाकमार्फत २७२, इमेलमार्फत २५३, वेभ साइटमार्फत १९३, टेलिफोनमार्फत ८४, समाचारमार्फत ३६, फेसबुकमार्फत १०, भाइवरमार्फत २ र अन्य गरी […]

किन बढ्दैछ अख्तियारमा उजुरी गर्ने क्रम ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा उजुरी पर्ने क्रम बढ्दै गएको छ । आयोगमा चालु आर्थिक वर्षको साउन २० गतेसम्ममा एक हजार ४३२ उजुरी परेका छन् ।

अख्तियारमा उजुरी गर्ने क्रम बढ्यो, एक वर्षमा १,४३२ उजुरी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा उजुरी पर्ने क्रम बढ्दै गएको छ । आयोगमा चालु आर्थिक वर्षको साउन २० गतेसम्ममा एक हजार ४३२ उजुरी परेका छन् । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार लिखित उजुरी ५५७, हुलाकमार्फत २७२, इमेतमार्फत २५३, वेभसाइटमार्फत १९३, टेलिफोनमार्फत ८४, समाचारमार्फत ३६, फेसबुकमार्फत १०, भाइबरमार्फत २ र अन्य गरी २५ उजुरी परेका छन् । यसैगरी आयोगको कञ्चनपुरस्थित कार्यालयमा ९५, पोखरामा ७०, बुटवलमा ६७, नेपालगञ्जमा  ४१, बर्दिबासमा ९२, सुर्खेतमा ९४

अख्तियारमा उजुरी गर्ने क्रम बढ्यो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा उजुरी पर्ने क्रम बढ्दै गएको छ । आयोगमा चालु आर्थिक वर्षको साउन २० गतेसम्ममा एक हजार ४३२ उजुरी परेका छन् । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार लिखित उजुरी ५५७, हुलाकमार्फत २७२, इमेलमार्फत २५३, वेबसाइटमार्फत १९३, टेलिफोनमार्फत ८४, समाचारमार्फत ३६, फेसबुकमार्फत १०, भाइबरमार्फत २ र अन्य गरी २५ उजुरी परेका छन् । यसैगरी आयोगको कञ्चनपुरस्थित कार्यालयमा ९५, पोखरामा ७०, बुटवलमा ६७, नेपालगञ्जमा  ४१, बर्दिबासमा ९२, सुर्खेतमा ९४

अख्तियारमा उजुरी गर्ने क्रम बढ्यो

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा उजुरी पर्ने क्रम बढ्दै गएको छ । आयोगमा चालु आर्थिक वर्षको साउन २० गतेसम्ममा एक हजार ४३२ उजुरी परेका छन् ।

अख्तियारमा उजुरीका चाङ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्थानीय तहका उजुरी बढ्न थालेको छ । स्थानीय तहमा नागरिकको पहुँच बढ्दै गएको र नागरिक आफँै सचेत बन्दै गएकाले उजुरी बढेको अनुमान छ । पालिका आफैँले सेवा प्रवाह र सुशासन सम्बन्धमा नागरिकलाई सुसूचित गर्न थालेका छन् । यसबाट पालिकाका राम्रा र नराम्रा दुवै प्रकृतिका कुरा आमनागरिकलाई जानकारी हुन थालेपछि पालिकाका विषयमा अख्तियारमा उजुरी बढ्दै गएको हो । राष्ट्रिय सूचना आयोगका पूर्वप्रमुख आयुक्त एवं पूर्वसचिव कृष्णहरि बाँस्कोटाले सङ्ख्यात्मक रूपमा स्थानीय तहको बढी उजुरी परे पनि बजेट दुरुपयोगसम्बन्धी मात्रा हेर्ने हो भने सङ्घ र प्रदेशको भन्दा कम हुने बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहको सङ्ख्या धेरै भएकालेउजुरीको सङ्ख्या पनि धेरै हुनु स्वाभाविक हो । उजुरी धेरै प¥यो भन्दैमा भ्रष्टाचार र अनियमितता धेरै भयो भन्न सकिँदैन । ” उहाँका अनुसार कति