राजधानीमा मात्र झन्डै एक लाख घरेलु उद्योग

मुलुकको अर्थतन्त्रको मेरुदण्ड मानिएको लघु, घरेलु तथा साना उद्योगमध्ये ठूलो संख्यामा राजधानी काठमाडौंमै सञ्चालन भइरहेको पाइएको छ । मुलुकभर दर्ता तथा सञ्चालनमा रहेका लघु, घरेलु तथा साना उद्योगमध्ये करिब २० प्रतिशत राजधानीका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा रहेको तथ्यांकले देखाएको छ । उद्योग विभागले सार्वजनिक गरेको ‘लघु, घरेलु तथा साना उद्योग तथ्यांक’ अनुसार साना […]

सम्बन्धित सामग्री

घरेलु उद्योग खोल्न लिएको साढे ५ लाख अनुदान गाउँपालिकालाई नै फिर्ता

मकवानपुरका ६ जना युवाहरूले गाउँमै घरेलु उद्योग सञ्चालनका लागि लिएको साढे ५ लाख बढी अनुदान गाउँपालिका कार्यालयमै फिर्ता गरेका छन् ।

सरकारको प्रवद्र्धनात्मक नीति पर्खंदै लघु घरेलु उद्योग

मुलुकभर झन्डै ५ लाख लघु घरेलु उद्योग दर्ता भएको तथ्यांक छ । नेपाल घरेलु तथा साना उद्योग महासंघका अनुसार यसमध्ये २ लाख ५० हजार नियमित रूपमा नवीकरण भई सञ्चालमा छन् । तर, पछिल्लो समय कोभिड संकट सुरु भएसँगै घरेलु उद्योग ठूलो समस्यामा पर्दै आएका छन् । अर्थतन्त्रको मेरुदण्ड तथा दिगो विकासको आधार भनिए पनि घरेलु […]

हुम्लामा अखाद्य वस्तुको बिगबिगी, एक लाख बराबरको खाद्य सामग्री नष्ट

विकट पहाडी जिल्ला हुम्लामा अखाद्य वस्तुहरूको बिक्री वितरण हुने गरेको पाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईका नेतृत्वमा सदरमुकाम सिमकोट बजारमा गरिएको अनुगमनमा म्याद नाघेका रु एक लाख बराबरका खाद्य सामग्री नष्ट गरिएको छ । जिल्ला प्रशासन कार्यालय र घरेलु उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको संयुक्त आयोजनामा सिमकोट बजारका १८ पसलमा अनुगमन गरिएको घरेलु उद्योग कार्यालयका निमित्त प्रमुख ध्रुवकुमार बाँठा मगरले जानकारी दिए ।

एक लाखको खाद्य सामग्री नष्ट

काठमाडौं। हुम्लामा एक लाख रुपैयाँ बराबरको खाद्य सामाग्री नष्ट गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईको नेतृत्वमा सदरमुकाम सिमकोटबाट म्याद नाघेका उक्त मूल्यको खाद्यान्न नष्ट गरिएको हो। जिल्ला प्रशासन कार्यालय र घरेलु उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको संयुक्त आयोजनामा सिमकोट बजारका १८ पसलमा अनुगमन गरिएको थियो।

निषेधाज्ञाले साना तथा घरेलु उद्योग समस्यामा

रोल्पा । दोस्रो लहरको कोरोना संक्रमण फैलिएसँगै स्थानीय प्रशासनले गरेको निषेधाज्ञाका कारण रोल्पाका साना तथा घरेलु उद्योग समस्यामा परेका छन् । विशेषगरी दैनिक उपभोग्य सामग्रीको रूपमा खपत हुने चाउमिन, पाउरोटी, केक, बेकरी तथा डेरी उद्योगहरू संकटमा पर्ने अवस्था आएको हो । बजार तथा विद्यालय खुला भएको समयमा धेरै उत्पादन खपत हुने यी उद्योग अहिले बजार तथा विद्यालय बन्द हुँदा उत्पादित सामग्रीहरू खेर जाने गरेको उद्योगीहरूको गुनासो छ । कोरोना संक्रमणको डरले होम डेलिभरी सेवा समेत बन्द भएकाले उद्योगको कच्चापदार्थ बिग्रने चिन्ता लागेको भगवती देवी पाउरोटी उद्योग त्रिवेणी गाउँपालिका–५ जुँगारका सञ्चालक डिल्लीराज घर्तीले बताए । ‘बजार र विद्यालय खुलेको समयमा दैनिक ८ देखि १० हजारसम्मको उत्पादन खपत हुन्थ्यो,’ घर्तीले भने, ‘अहिले त उद्योग नै बन्द गर्नुपरेको छ ।’ घर्तीले करीब १० लाख लगानी गरेर केही महीनाअघि मात्र त्रिवेणी गाउँपालिकाको केन्द्र जुँगारमा उद्योग स्थापना गरेका हुन् । उद्योग खोलेको केही महीनामै कोरोनाको दोस्रो लहर शुरू भएपछि लगानी कसरी उठाउने भन्ने चिन्ताले सताएको उनको गुनासो छ । घर्ती जस्तै जिल्लाका झण्डै २ दर्जन यस्ता उद्योगका सञ्चालकहरू मर्कामा परेका छन् ।

निषेधाज्ञाका कारण साना तथा घरेलु उद्योग मर्कामा

वैशाख २५, रोल्पा । कोभिड-१९ को नयाँ भेरिएन्टको संक्रमण फैलिएसँगै स्थानीय प्रशासनले गरेको निषेधाज्ञाका कारण रोल्पाका साना तथा घरेलु उद्योगहरु मर्कामा परेका छन् । विशेष गरी दैनिक उपभोग्य सामग्रीको रुपमा खपत हुने चाउमिन, पाउरोटी, केक, बेकरी तथा डेरी उद्योगहरु मर्कामा परेका हुन् । बजार तथा विद्यालय खुला भएको समयमा धेरै उत्पादन हुने यी सामग्रीहरु अहिले बजार तथा विद्यालयहरु बन्द हुँदा उत्पादित सामग्रीहरु खेर जाने गरेको उद्योगीहरुको गुनासो छ ।  कोरोना संक्रमणको डरले होम डेलिभरी सेवा समेत बन्द भएकाले उद्योगको कच्चा पदार्थ पनि कुहिएर खेर जाने हो कि भन्ने चिन्ताले सताएको भगवति देवी पाउरोटी उद्योग त्रिवेणी गाउँपालिका–५ जुँगारका सञ्चालक डिल्लीराज घर्तीले बताए । ‘बजार र विद्यालय खुलेको समयमा दैनिक ८ देखि १० हजारसम्मको उत्पादन खपत हुन्थ्यो’ घर्तीले भने ‘अहिले त उद्योग नै बन्द गर्नु परेको छ ।’ घर्तीले करीब १० लाख लगानी गरेर केहि महीना अघि मात्र त्रिवेणी गाउँपालिकाको केन्द्र जुँगारमा उद्योग स्थापना गरेका हुन् । उद्योग खोलेको केहि महीनामै कोरोनाको दोस्रो लहरको कोरोना संक्रमण शुरु भएपछि लगानी कसरी उठाउने भन्ने चिन्ताले सताएको उनको गुनासो छ । घर्ती जस्तै रोल्पाका झण्डै दुई दर्जन यस्ता उद्योग सञ्चालकहरु मर्कामा परेका छन् ।

घरेलु उद्योग महोत्सव : तीन दिनमा १० करोड बढीको कारोबार

काठमाडौं : १५औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०७५ मा तेस्रो दिन शनिबारसम्म सवा १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ। शनिबारसम्म मेलामा एक लाख ८७ हजार अवलोकनकर्ताले अवलोकन गरेको आयोजकले जनाएको छ।  नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा बिहीबारदेखि राजधानीको प्रदर्श...

साना तथा घरेलु उद्योग यसरी हुन्छ आत्मनिर्भर - Naya Patrika

आव ०७२/७३ को औद्योगिक तथ्यांकअनुसार नेपालमा लघु घरेलु तथा साना उद्योगको संख्या ३ लाख ४८ हजार ८ सय ७० रहेको छ । तर, त्यसमध्ये पनि २ लाख ३३ हजार ५...पूरा पढ्नुहोस् »

रामग्राम नगरपालिकाको बजेट ५९ करोड

नवलपरासीको रामग्राम नगरपालिकाको प्रथम नगरसभाले आज ५९ करोड रुपैयाँ बजेट सार्वजनिक गरेको छ । बजेटमध्ये चालुतर्फ २४ करोड ६७ लाख २७ हजार र पुँजीगततर्फ ३४ करोड, ४७ लाख, ६९ हजार रुपैयाँ बिनियोजन गरिएको हो । नगरपालिकाले सभामा चालु आर्थिक वर्षका लागि कृषि, पूर्वाधार, महिला तथा बालबालिका, पर्यटन, वन÷वातावरण तथा सरसफाइ, घरेलु उद्योग, शिक्षा र संस्कृति,…