ल्होछार मनाउनेहरुको घरपरिवारमा कसरी मनाइन्छ यो पर्व ?

  आज माघ शुक्ल प्रतिपदा (माघ १९) नेपालका प्रमुख आदिवासीहरु मध्ये एक तामाङ समुदायले मान्ने सोनाम ल्होछार (ल्होसार) को दिन हो ।   तामाङ साथै ह्योल्मो र केही अन्य समुदायले पनि यो पर्व मनाउने गर्दछन् ।  अन्तर्राष्ट्रिय तहमा यो पर्व चिनियाँ नयाँ वर्षको रुपमा पनि मानिन्छ । तर पात्रो परम्परा अलगअलग भएको हुदाँ कहिले काँहि फरक दिनमा पनि पर्न जान्छ । अलगअलग परम्परा कै कारण नेपालका अरु समदाय जस्तै शेर्पा, तिब्बती, गुरुङहरुले पनि केही फरक समयमा ल्होछार (ल्होसार) मनाउछन् । गुरुङहरु पौष १५ मा तमु ल्होछार र शेर्पा तिब्बतीहरु र केही तामाङले समेत फाल्गुन शुक्ल प्रतिपदाको दिन ग्याल्पो ल्होसार मान्दछन् ।  हिमाली तथा पहाडी क्षेत्रका उल्लेखित समुदायहरुले विभिन्न तिथिमितिमा मान्ने ल्होछार वा ल्होसार शब्दले तिब्बती वा तामाङ भाषामा नयाँ वर्षको अर्थ दिन्छ ।   यो प्राचीन समयमा करिव ४७ सय वर्ष अघि चीनियाँ सभ्यतामा विकास भएको चिनियाँ ज्योतिष परम्परामा आधारित वर्ष गणना पद्धतीमा आधरित रहेको चन्द्रगति अनुसारको (लुनार क्यालेण्डर) पात्रोमा आधारित नयाँ वर्ष हो ।   अन्य पात्रोमा जस्तै ल्होछार परम्परामा पनि बार, महिना, शुभ—अशुभ आदि आफ्नै मौलिक तरिकाले तय गरिने चलन हुन्छ ।  ल्होछार परम्पराकै पात्रोको नयाँ वर्षमा केही फरक देखिएता पनि मुल अन्तरवस्तु ल्हो (वर्ष) गणना भने नेपालका तामाङ वा अरु समुदायदेखि चीनसम्मै एकै रहेको हुन्छ ।  जस अनुसार १२ वर्षको एक चक्र (ल्होखोर्लो) मानिन्छ र तिनलाई १२ प्रतिनिधी जनावरहरुको नामले पुकारिन्छ ।   यही प्रचलन अनुसार अब शुरु भएको वर्ष बाघ वर्ष हो ।  यस वर्ष बाघ वर्ष भए जस्तै अन्य वर्षहरुमा क्रमश बिरालो (वा खरायो), गरुड (ड्रागन), नाग, घोडा,  भेडा, बाँदर, चरा, कुकुर, सुँगुर, मुसा र गोरु गरी क्रमश गणना गरिन्छ र १२ वर्षे चक्र पछि फेरी उही प्रक्रिया दोहोरिन्छ ।  यही आधारमा १२ वर्ष चक्र भन्दा लामो समय गणनाको लागि ६० वर्षको अर्को ठूलो चक्र (सेक्साजेनरी) परिकल्पना गरी सोही आधारमा लामो कालखण्डको गणना गर्ने परम्परागत पद्धती रहेको हुन्छ ।  देशमा बहुदलीयता, बहुलता र लोकतन्त्रलाई आत्मसात गर्दै २०४६ तथा त्यसपछि भएका राजनीतिक परिवर्तन र जागरण अघि ल्होछार वा ल्होसार सम्बन्धित समुदायले घरपरिवारमा सीमित तरिकाले मात्र मान्ने चलन थियो । तर अहिले यस पर्वको अवसरमा टुँडिखेल, पार्क तथा सार्वजनिक स्थलहरुमा साथिभाई भेला भई ठूलो सांस्कृतिक जमघटका साथ मनाउने चलनले गर्दा यो उत्सव ल्होछार मान्ने समुदायको मात्र नभै आम नेपालीको लागि पनि चासो र उल्लासको रुपमा विकास  हुँदै गएको छ ।  ल्होछार मान्नेहरुले पर्व आउनु केही समय पहिले नै पर्वको समयमा लगाउनको लागि परम्परागत पहिरनको व्यवस्था गर्ने गर्दछन् भने उत्सुक्ताका साथ आगामी वर्ष आफू र आफ्ना परिवारजनहरुको लागि शुभ—अशुभ के छ भनी चाख देखाउँदै सोधखोज गर्ने गर्दछन ।  अशुभ छ भने सम्पन्न गर्नु पर्ने कामहरु छिटोछिटो टुङ्याउने प्रयास गर्दछन् ।  घरको सरसफाई तथा खानपिनको जोहो गर्ने कार्य पनि हुन्छ ।   सोनाम ल्होछार मान्ने परम्परा अनुसार ल्होछारको अघिल्लो साँझ विभिन्न ९ थरी गेडागुडी मिश्रित गुथुग भनिने सुप पकाएर खाने चलन थियो तर यो अहिले तेति प्रचलित छैन ।  यस्तो सुप पिउनाले सर्दी जाने र दशाग्रह पुरानो वर्षसँगै समाप्त हुने विश्वास गरिन्छ ।  ल्होछार नयाँ वर्षको दिन घरको पुजास्थानमा पर्वको लागि तयार पारिएको पकवान सजाएर राखिन्छ । यस्ता पकवानमा विशेष किसिमको रोटी खाप्से, फलफुल र मिठाइहरु समाविष्ट हुन्छन् ।  गाउँघरमा घरको मुलव्यक्तिले नजिकैको धारा, कुवा आदिबाट पानी ल्याई पूजास्थानमा चढाउने गरिन्छ । नयँ वर्षको घामको झुल्को अगावै शुद्ध जल घरमा ल्याउनले धनधान्य प्राप्ती हुने, न्होरग्युन्मा (धनकी देवी, लक्ष्मी) ले आसिर्वाद दिने विश्वास पनि छ ।   पूजा पश्चात घरको ज्येष्ठ सदस्यलाई अन्यले क्रमशः ढोग्ने र आसिर्वाद लिने चलन हुन्छ । आसिर्वाद दिंदा कतैकतै टोटलाको फूल (कोको म्हेन्दो), र घिउको टिका लगाइने चलन पनि रहेको छ ।  त्यसपछि घरपरिवार खानपिन गर्ने र थप रमाइलोको लागि आफन्तकहाँ वा सार्वजनिक स्थलमा गरिने कार्यक्रमहरुमा सहभागि हुन जाने चलन रहेको छ ।  यसरी आफन्त साथिभाई भेटघाटमा जाँदा तामाङहरु ल्होछारला ज्याबाडान्बा र शेर्पा, तिब्बतीहरु ल्होसार टशिदेले भन्दै एकापसमा शुभकामाना आदानप्रदान गर्ने गर्दछन् । ल्होछारको लागि तयार पारिएको खाप्से र फलफुल धेरै दिनसम्म पनि आगन्तुक, आफन्त, पाहुनालाई प्रसाद र सत्कार स्वरुप खुवाउने चलन हुन्छ ।   ल्होछारको अवसरमा आयोजित कार्यक्रमहरुमा आफ्नो समुदायमात्र नभै अरु समुदायका साथिभाई, छिमेकीहरुलाई पनि निमण्त्रणा दिने र सबै मिलि पर्व मनाउने चलन बढ्दो छ ।  यसैलाई ध्यानमा दिई संघीय सरकार तथा स्थानीय निकायले सार्वजनिक विदा दिने समेत चलन छ ।   यस वर्ष विश्वव्यापी कोभिड महामारीको कारण ल्होछारमा बृहत सार्वजनिक कार्यक्रमहरु हुने छैनन् ।  तर सम्बन्धित समुदायले घरघरमा सुरक्षित तरिकाले ल्होछार मनाउने नै छन् ।  ल्होछार (नयाँ वर्ष) एवं बाघ वर्ष आगमनको शुभकामना । -लेखक अम्बर तामाङ 

सम्बन्धित सामग्री

चीनदेखि अमेरिकासम्म : कुन देशमा कसरी मनाइन्छ होली ?

चीनमा १५ दिनसम्म ‘च्वेज’ नामले यो पर्व मनाइन्छ । यस पर्वमा नयाँ लुगा र गहना लगाउने गरिन्छ ।

किन मनाइन्छ चासोक तङ्नाम अर्थात् उधौली पर्व ?

काठमाण्डाै - लिम्बू समुदायले महान चाडको रुपमा मनाउँदै आएको चाड हो चासोक तङ्नाम । चासोक तङ्नाम (न्वागी पूजा) अर्थात् उधौली पूजा पनि भन्ने गरिन्छ । उधौली याममा बालीनाली भित्र्याउने बेलामा यो पर्व सम्पन्न गरिन्छ । चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ । चासोक भन्नाले उब्जाइएको नयाँ अन्नबाली चढाउने पूजा हो भने तङ्नाम भनेको पर्व हो । लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ । लिम्बूहरूलाई उनीहरूकै भाषामा याक्थुङ्वा भनेर चिनाउने गरेका छन् । किराँत समुदायअनुसार मान...

छठ पर्व किन मनाइन्छ ?

नेपालीको दोस्रो महान् पर्व तिहार सकिएको छ । यमपञ्चकको पाँचौं दिन भाइटीका लगाएसँगै यो पर्व सकिएको हो । तराई क्षेत्रमा तिहारलाई दीपावली भनी मनाउने चलन छ । नेपाल र भारतका उत्तरीय क्षेत्रमा हिन्दूहरूले मनाउने एक महŒवपूर्ण पर्व हो छठ । यो पर्वमा षष्ठी भगवतीको पूजा–अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ । […]

नेवार समुदायमा गठेमंगल पर्व किन मनाइन्छ ?

नेवार समुदायमा गठेमंगल पर्व श्रावण कृष्ण चतुर्दशीका दिन मनाइन्छ । यो पर्वलाई ‘घण्टाकर्ण चतुर्दशी’ पनि भनिन्छ । यस दिन दुष्ट आत्मा र भूतप्रेत पन्छाउन घर सफासुग्घर गरी राक्षसी स्वरूपको घण्टाकर्ण दहन गर्ने चलन छ । यस चतुर्दशीलाई धातु दिनको रूपमा पनि लिइन्छ । वर्षभरिका चतुर्दशीहरूमध्ये यस चतुर्दशीको महत्व निकै फरक र व्यावहारिक छ । दिनभर […]

प्रेम प्रकट गर्ने पर्व फागु

काठमाडौं : वसन्त उत्सवका रुपमा समेत मानाइने रङहरूको पर्वको रूपमा मनाइने फागु पूर्णिमा नेपालमा दुई दिन मनाइन्छ। पहाडी र हिमाली भेगमा फाल्गुण शुक्ल पूर्णिमा र तराई/मधेशमा त्यसको पछिल्लो दिन धूमधामका साथ मनाइन्छ। हिमाल र पहाडमा फागु पर्व भनिने यो चाडलाई तराई/मधेशमा होली भनिन्छ।एकापसमा रङ र अविर दल्ने तथा पानी छ्यापाछ्याप गरेर यस पर्व हर्षोउल्लासका साथ मनाइन्छ। होली या फागु पर्व झट्ट हेर्दा केवल रङहरूको पर्वजस्तो मात्रै देखिए पनि यहाँ युवायुवतीको प्रेम अर्थात् यौनसँग जोडिन्छ।धर्म संस्कृतिका जानकार म

होली खेल्ने आ-आफ्नै तरिका, कुन देशमा कसरी मनाइन्छ?

काठमाडौं :  अन्य चाडपर्व जस्तै होलीको पनि आफ्नै विशेषता छ। हरेक मुलुकमा आ-आफ्नै तरिकाले होली पर्व मनाइन्छ। नेपालमा फाल्गुण शुक्ल अष्‍टमीका दिन विभिन्न रङ्गीन कपडाहरू मिलाएर बनाएको चिर गाडे पछि होली पर्व सुरू भएको मानिन्छ। यसरी सुरू भएको होली पर्व पूर्णिमाका दिन चीरलाई ढालेर जलाएपछि होली सम्पन्न हुन्छ। तराईमा भने भोलिपल्ट होली खेलिन्छ।इटालीमा बोलियाकोनोन्सको नामले होली मनाइन्छ भने चीनमा च्वेजका नामले। यसैगरी अमेरिका, जापान, इजिप्ट, इन्डोनेसिया, थाइल्याण्ड आदि देशमा पनि आ-आफ्नै प्रकारले य

सुदूरपश्चिमका पहाडी जिल्लामा बाबियोको पिङ खेलेर मनाइन्छ कृष्ण जन्माष्टमी

भगवान श्रीकृष्णको पूजा-आरधना गरी आज देशभर कृष्ण जन्माष्टमी पर्व मनाइँदै छ । यो पर्व सुदुरपश्चिम प्रदेशका खासगरी पहाडी जिल्लामा बाबियोको डोरीबाट बनेको पिङ खेलेर मनाइन्छ ।

गौरा पर्व किन र कसरी मनाइन्छ ?

काठमाडौं, भदौ १२। प्रदेश नं ७ मा आजदेखि गौरा पर्व सूरु भएकोे छ । शुक्रबार पञ्चमीका दिन घर घरमा राखेका बिरुडा (क्वाँटी) आज नौला (जलाशय) मा गएर धुने गरिन्छ । घरको एक कोठामा गाईको गोबरले लिपेर तामा पितलका भाँडाको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दुबो लगाइ टीका र अक्षताले सिङ्गारेर धुप बत्ती बालेर पञ्चअन्न […]

यस कारण मनाइन्छ गाईजात्रा

गाईजात्रा नेपालमा मात्रा मनाइने एक सांस्कृतिक पर्व हो । विशेष गरी यो पर्व काठमाडाैं उपत्यकामा र देश विदेशमा रहनु हुने नेवार बसोबास भएका समुदायमा विशेष महत्वका साथ मनाइन्छ । यो पर्व नेवार संस्कृतिबाट प्रारम्भ भएको हो ।

यस कारण मनाइन्छ जनै पूर्णिमा

सामान्यताय हिन्दुहरुको धार्मिक तथा साँस्कृृतिक पर्व श्रावणी पूर्णिमाको दिन अध्यायोपाकर्म वेदोपाकर्म वा वेदारम्भ कर्म गरी मनाइन्छ ।