मालपोतको सेवा स्थानीय तहबाट

संघीयताको मर्मअनुरूप घरजग्गा किनबेचसम्बन्धी सेवा स्थानीय तहमै उपलब्ध गराउन केही पालिकाले प्रयास गरेका छन् । घरजग्गाका नामसारी, अंशबन्डा, दृष्टिबन्धक, सामान्य रोक्का फुकुवा, धनीपुर्जाको प्रतिलिपिजस्ता कामका लागि जिल्ला सदरमुकामसम्म जानुपर्ने बाध्यता छ । यसका लागि ४/५ दिन लगाएर जिल्ला पुग्नुपर्ने बाध्यता अन्त्य गरी स्थानीय तहमै यस्तो सुविधा दिन पहल गरिएको छ । संघीय सरकारले संविधानअनुसार स्थानीय तहलाई दिएका अधिकारसमेत आफैले प्रयोग गरिरहेको छ । उसले स्थानीय तहलाई संविधानप्रदत्त सबै अधिकार हस्तान्तरण गरेको छैन । अर्थात् नेपालको संघीयता संविधानको मर्मअनुरूप चल्न सकेको छैन । मुलुक संघीयतामा गइसकेको अवस्थामा संघीय सरकारमा रक्षा, विदेशजस्ता केही मन्त्रालयमात्रै रहने र अन्य मन्त्रालयमा पनि नाममात्रका कर्मचारी रहने र जनताले राज्यबाट पाउनुपर्ने सबै सेवासुविधा स्थानीय सरकारबाट पाउनुपर्ने हो । संघीयतामा केन्द्रको सरकार सानो आकारको हुन्छ र प्रदेश तथा स्थानीय सरकारहरू ज्यादै बलिया हुनुपर्ने हो । तर, संघीय सरकारले संविधानअनुसार स्थानीय तहलाई दिएका अधिकारसमेत प्रयोग गरिरहेको छ । उसले स्थानीय तहलाई संविधानप्रदत्त सबै अधिकारहरू हस्तान्तरण गरेको छैन । साथै, केन्द्रमा प्रशस्त विभाग र कर्मचारीहरू पालेर राखेको छ । अर्थात् नेपालको संघीयता संविधानको मर्मअनुरूप चल्न सकेको छैन । नेपालको संविधानको धारा ५७ मा राज्यशक्तिको बाँडफाँटमा प्रदेशको अधिकार अनुसूची ६ मा र स्थानीय तहको अधिकार अनुसूचि ८ अनुरूप भूमि अभिलेख व्यवस्थापनको अधिकार प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गर्ने उल्लेख छ । संघीयता आउनुअघि नै मालपोलवापतको रकम स्थानीय तहमा नै बुझाउने व्यवस्था भइसकेको थियो । तर, थप कामका लागि भने अझै केन्द्र सरकार मातहतमा रहेको मालपोत कार्यालयहरू नै धाउनुपर्ने बाध्यता छ । यो अधिकार स्थानीय तहलाई दिन सरकारले पहल थालेको छैन । यस्तो अवस्थामा पाँचथर जिल्लाका केही पालिकाहरूले पालिकामै यी सेवा प्रदान गरेर उदाहरणीय काम गरेका छन् । पालिकाहरूले मालपोत कार्यालयलाई आग्रह गरेर यस्तो सुविधा दिइएको भए पनि यसलाई कानूनअनुसार नै स्थानीय तहको मातहतमा ल्याउनु आवश्यक छ । हो, मालपोतका काम स्थानीय तहमा ल्याउँदा अधिकृत र सोभन्दा माथिल्ला स्तरका कर्मचारी ल्याउनुपर्ने हुन्छ । अहिले धेरै पालिकाहरूमा यो स्तरका कर्मचारीको अभाव छ । यस्तोमा पालिकाहरूबाट मालपोतसम्बन्धी सेवा दिन केही कठिन हुन सक्छ । तर, स्थानीय तहअन्तर्गत मालपोल कार्यालयलाई ल्याएर यी सेवा आवश्यक ठाउँहरूबाट प्रदान गर्नेगरी व्यवस्था मिलाउनु उपयुक्त हुन्छ । अहिले धेरै जिल्लामा दुईओटा मालपोत कार्यालय छन्, केहीमा बढी पनि छन् । यिनलाई पालिकास्तरमा पुर्‍याउँदा यिनीहरूका लागि ठूलो स्रोतको आवश्यकता पर्न पनि सक्छ । त्यसैले केन्द्रसँग रहेका दरबन्दीहरू स्थानीय तहमा लैजानुपर्छ साथै कर्मचारीहरूलाई पनि स्थानान्तरण गर्नुपर्ने हुन्छ । त्यसका लागि सरकारले गम्भीरसँग गृहकार्य गर्नु आवश्यक देखिन्छ । हो, स्थानीय तहबाट नै मालपोतका सुविधा दिन असम्भव देखिँदैन । संविधानले समेत यही कल्पना गरेको छ । त्यसैले मालपोतसम्बन्धी काम स्थानीय तहलाई नै दिनु उपयुक्त र व्यावहारिक पनि हुन्छ । जग्गाको मालपोतबाट प्राप्त राजस्व स्थानीय तहकै हुन्छ भने रजिस्टेशन पास आदिका राजस्व केन्द्र सरकारको कोषमा जम्मा हुने गरेको छ । तर, यसरी केन्द्र सरकारको कोषमा गए पनि विभिन्न अनुदानमार्फत त्यो रकम स्थानीय तहमै आउने हुन्छ । यसैले स्थानीय तहबाटै यी सुविधा दिने र त्यसबापत आउन राजस्व पनि स्थानीय तहमा नै जम्मा हुने व्यवस्था असली संघीयता हो । स्थानीय तहसँग विज्ञ जनशक्तिको अभाव छ । कार्यालय स्थापनाका लागि भौतिक संरचना पनि नपुग्न सक्छ । साथै मालपोत कार्यालयको सेवा दिने गरी जनशक्तिको व्यवस्थापन गर्न केही समस्या हुन सक्छ । तर, यसबाट प्राप्त हुने आम्दानीले स्थानीय तहले यो सुविधा राम्ररी दिन सक्ने देखिन्छ । साथै स्थानीय तहको स्रोत पनि यसबाट बलियो हुने देखिन्छ । स्थानीयले सरकारी सेवा घरदैलोमै पाउने अवस्था आउँछ । अतः यसलाई संविधानको मर्मअनुरूप पूर्ण कार्यान्वयनमा लैजान सरकार तातोस् ।

सम्बन्धित सामग्री

पूर्ण संस्थागत प्रसूति सेवायुक्त स्थानीय तह घोषणा गर्न सर्वेक्षण

नवलपरासी, २ चैत । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले नगरलाई पूर्ण संस्थागत प्रसूति सेवा युक्त स्थानीय तह घोषणाको तयारी गरेको छ । वडा तहबाट टोलटोलमा स्वास्थ्यकर्मी परिचालन गरी घरधुरी सर्वेक्षणको काम अगाडि बढाएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले जानकारी दिए । नगरका १८ वटै वडा तहमा पूर्ण संस्थागत प्रसूति सेवायुक्त सुनिश्चितताको घोषणा गर्न आन्तरिक तयारी थालिएको […]

स्थानीय तह अन्तर्गत सर्लाहीका पशु सेवा शाखाहरुको वार्षिक समिक्षा गोष्ठी सम्पन्न

बखतियार अलि सर्लाही,असाढ २७ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सर्लाहीको आयोजनामा वार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ । जिल्ला सदरमुकाम मलंगवामा सम्पन्न गोष्ठीमा २० वटै स्थानीय तहका पशु सेवा शाखा प्रमुखहरुको उपस्थिती रहेको थियो । समिक्षा गोष्ठीमा पशु सेवा शाखा प्रमुखहरूले गत आर्थिक वर्षमा सम्बन्धित शाखाबाट संचालन भएका क्रियाकलाप तथा कार्यक्रमहरुको विषयमा […]

स्थानीय तह निर्वाचन : सेवा सुविधा नलिने उम्मेदवारको घोषणा

कञ्चनपुर । मतदातालाई आकर्षित गर्न सेवा सुविधा नलिने घोषणा गरी जिल्लामा स्थानीय तह निर्वाचनमा उम्मेदवार भएका चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । चुनाव प्रचारको मिति सकिनै लाग्दा उम्मेदवार मतदाता आकर्षित गर्न सेवा सुविधासम्म नलिने घोषणा गर्न थालेका हुन । स्थानीय तहका जनप्रतिनिधिले सुदूरपश्चिम प्रदेश सरकारले बनाएको कानुनका आधारमा सेवा सुविधा पाउने गरेका छन् । यस आधारमा […]

जसपाको स्थानीय तह केन्द्रित घोषणापत्र सार्वजनिक

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले भ्रष्टाचार मुक्त बनाऔँ, विकास र समृद्धिको अभियान अघि बढाऔँ भन्ने नारा दिएर स्थानीय तह केन्द्रित घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जसपाले घोषणापत्र सार्वजनिक गरेको हो ।  निर्वाचनले स्थानीय लोकतन्त्र, स्वायत्तता, स्वशासनको प्रत्याभूति तथा प्रभावकारी सेवा सुविधा प्रदान गर्न उल्लेखनीय योगदान गर्ने जसपाको विश्वास छ । […]

सबै स्थानीय तह, विद्यालय र स्वास्थ्य चौकीमा ब्रोडब्यान्ड इन्टरनेट

नेपाल दूरसञ्चार प्राधिकरणले सुरु गरेको मुलुकका सबै स्थानीय तह, माध्यमिक विद्यालय र स्वास्थ्य चौकीमा ब्रोडब्यान्ड सेवा पु-याउने परियोजना अन्तर्गत शतप्रतिशत उपलब्धि प्राप्त भएको छ ।प्राधिकरणका अनुसार गत फागुन मसान्तसम्ममा यो उपलब्धि हासिल भएको छ । प्राधिकरण मातहत रहेको ग्रामीण दूरसञ्चार कोषको रकम उपयोग गर्दै यो सेवा विस्तार गरेको हो । प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलका अनुसार […]

स्थानीय तह चुनावका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकिए !

काठमाण्डाै - वैशाख ३० गते हुने स्थानीय तह चुनावको लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ ।जिल्ला न्यायाधीश र राजपत्राङ्कित द्धितीय श्रेणीका अधिकृत कर्मचारीलाई आउँदो २९ गतेदेखि लागू हुने गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्त गरिने आयोगले जनाएको छ ।आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा छनोट भएकालाई चुनावबारे अभिमुखीकरण तालिम दिने तयारी गरेको छ । स्थानीय तह चुनावका लागि न्याय परिषद्को परामर्शमा जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्श...

स्थानीय तह निर्वाचनको आचारसंहिताविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौँ । स्थानीय तह निर्वाचनको आचारसंहिताविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आचारसंहिताको ‘फेरि उम्मेदवार बन्न स्थानीय तहका बहालवाला जनप्रतिनिधिले अगावै राजीनामा दिनुपर्ने’ प्रावधान सच्याउन माग गर्दै आइतबार रिट निवेदन दर्ता गराएका हुन्। जनप्रतिनिधिले चुनाव अगावै राजीनामा दिँदा स्थानीय तह रिक्त हुने, जनताले पाउने सेवा ठप्प हुने […]

कोरोना कहर : स्थानीय तह धमाधम सेवा स्थगन गर्दै

धनगढी । सुदूरपश्चिमका स्थानीय तहको सेवा धमाधम स्थगन हुन थालेको छ । कर्मचारी र जनप्रतिनिधिमा कोरोना संक्रमण देखिएपछि स्थानीय तहले सेवा स्थगन गर्न थालेका हुन । कर्मचारी र जनप्रतिनिधिमा कोरोना संक्रमण देखिएपछि कैलालीको धनगढी उपमहानगरपालिका र गौरीगंगा नगरपालिकाले अत्यावश्यक र आन्तरिकबाहेक सबै कामकाज स्थगित गर्ने निर्णय गरेका छन् । नियमित कार्य सम्पादनको क्रममा कर्मचारी, जनप्रतिनिधिमा […] The post कोरोना कहर : स्थानीय तह धमाधम सेवा स्थगन गर्दै appeared first on राजधानी राष्ट्रिय दैनिक.

सूचना प्रविधिमा दुर्गमका स्थानीय तह उत्कृष्ट

काठमाडौं । सूचना प्रविधिको पहुँच र प्रयोगमा सुगमभन्दा दुर्गमका स्थानीय तह उत्कृष्ट रहेको पाइएको छ । सात सय ५३ मध्ये चार सय ३४ स्थानीय तहबाट प्राप्त विवरण विश्लेषण गर्दा रुकुम पश्चिमको चौरजहारी नगरपालिका पहिलो बनेको हो । स्थानीय तहमा सूचना प्रविधि पूर्वाधारको अवस्था, दक्ष एवं तालिमप्राप्त जनशक्तिको उपलब्धता एवं सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग अवस्थालगायत सात विषय […]

स्थानीय तह स्वमूल्याङ्कन अभ्यासमा, अरु पालिकासँग प्रतिस्पर्धा गर्नुपर्ने

स्थानीय तहले अबदेखि आफूले गरेको कामलाई आफैँले स्वमूल्याङ्कन गरी अन्तरपालिकासँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । यो स्थानीय तहको नौलो अभ्यास पनि हो ।स्थानीय तहले गरेको सबल र दुर्बल पक्षको समीक्षा गर्दै स्थानीय तहबीच तुलनायोग्य सूचक तयार गरी स्वमूल्याङ्कन गर्नुपर्ने गरी स्थानीय तहको संस्थागत स्वमूल्याङ्कन स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ निर्माण गरिएको छ ।शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट, योजना, सार्वजनिक सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, स