कर्णाली प्रतिष्ठानमा मंसिरदेखि एमबीबीएस सञ्चालन हुने

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा आउँदो मंसिर १९ गतेदेखि एमबीबीएस लगायतका कक्षा सञ्चालन हुने भएका छन् । कार्यक्रम सञ्चालनको तयारी अन्तिम चरणममा पुगेको र विद्यार्थी भर्ना पनि भइसकेकाले मंसिर १९ गतेबाट एमबीबीएस सञ्चालन हुने भएको हो ।प्रतिष्ठानको निर्धारित शैक्षिक कार्यक्रमअनुसार एमबीबीएस लगायतका अध्ययन अनुसन्धानका कार्यक्रम सञ्चालन हुने प्रतिष्ठानका निमित्त उपकुलपति डा. निरेश थापाले जानकारी दिए […]

सम्बन्धित सामग्री

जुम्लामा डाक्टरी पढ्न थप १० सिट निर्धारण

जुम्ला-चिकित्सा शिक्षा आयोगले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययनका लागि १० वटा सिट थपेको छ आयोगले आगामी शैक्षिक सत्रका लागि स्नातक तहको पठनपाठन सञ्चालन गर्न विश्वविद्यालय, प्रतिष्ठान र मेडिकल कलेजको थप सिट निर्धारण गरेसंँगै कर्णाली प्रतिष्ठानमा डाक्टरी पढाइका लागि १० वटा सिट थप गरिएको हो ।गत वर्ष २६ मंसिर २०७८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले एक […]

जुम्लामा डाक्टरी पढ्न थप १० सिट निर्धारण

जुम्ला-चिकित्सा शिक्षा आयोगले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययनका लागि १० वटा सिट थपेको छ आयोगले आगामी शैक्षिक सत्रका लागि स्नातक तहको पठनपाठन सञ्चालन गर्न विश्वविद्यालय, प्रतिष्ठान र मेडिकल कलेजको थप सिट निर्धारण गरेसंँगै कर्णाली प्रतिष्ठानमा डाक्टरी पढाइका लागि १० वटा सिट थप गरिएको हो ।गत वर्ष २६ मंसिर २०७८ गते राष्ट्पति विद्यादेवी भण्डारीले एक […]

जुम्लालाई डाक्टरी पढ्न थप १० सिट

चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक सत्रमा स्नातक तहको पठनपाठन सञ्चालन गर्न विश्वविद्यालय, प्रतिष्ठान र मेडिकल कलेजलगायतको सिट निर्धारण गरेको छ । गत वर्षदेखि एमबीबीएस पठनपाठन गराउन थालेको जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० सिट थपिएको छ ।

कर्णाली प्रतिष्ठानमा एमबीबीएस पढाइ

कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मंसिर १९ गतेदेखि एमबीबीएसलगायतका कक्षा सञ्चालन हुने भएका छन् ।      निर्धारित शैक्षिक कार्यक्रमअनुसार एमबीबीएस लगायतका कक्षा सञ्चालन हुने प्रतिष्ठानका निमित्त उपकुलपति सह–प्राध्यापक डा. निरेश थापाले जानकारी दिए । प्रतिष्ठानको लक्ष्य तथा उद्देश्यअनुरूप सञ्चालित स्वास्थ्य सेवा प्रवाह तथा प्राज्ञिक कार्यक्रम पूर्वतयारीअनुसार अघि बढ्ने निमित्त उपकुलपति डा. थापाले बताए । ‘प्रतिष्ठानको बहुप्रतीक्षित एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम एमडी, एमएस, बीएनस, बीएमएस, बीपीएच र बीफर्मा सञ्चालन हुनेमा कुनै बाधा पर्ने हो कि भन्ने चिन्ता, चासो र भ्रमसहितका समाचार बाहिर आएको देखियो’, उनले भने, ‘प्रतिष्ठानको पूर्वनिर्धारित कार्यक्रमअनुसार सम्पूर्ण तयारी पूरा भइसकेको छ । भर्ना प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।’     यसका लागि चिकित्सा शिक्षा आयोगको कात्तिक २५ गतेको सूचनाअनुसार आउँदो मंसिर १९ गतेदेखि कक्षा सञ्चालन गर्न प्रतिष्ठान पूर्ण तयार रहेको बताउँदै उनले प्रतिष्ठानमा सञ्चालित स्वास्थ्य सेवा प्रवाह तथा प्राज्ञिक कार्यक्रममा कुनै पनि रोकावट नभएको र नहुने स्पष्ट पारे ।       चार दिनअघि उपकुलपति डा. मंगल रावल र रजिष्ट्रार नृपेन्द्र महतलाई स्वास्थ्य मन्त्रालयले काम काज रोक्ने निर्णय गरेपछि कर्णालीमा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालन तथा पढाइ अन्योलमा पर्ने समाचार विभिन्न सञ्चार माध्यमले प्रकाशित गरेका थिए । सरकारले त्यसको एक दिन अर्थात् बिहीबार प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापालाई निमित्त उपकुलपति र प्रशासकीय अधिकृत द्वन्द्वबहादुर शाहीलाई निमित्त रजिस्ट्रारको जिम्मा दिएको थियो ।      नयाँ जिम्मेवारी पाएका निमित्त उपकुलपति डा. थापा र निमित्त रजिस्ट्रार शाही, नर्सिङ डिन सरस्वती गौतम, जनस्वास्थ्य डिन मुनिराज क्षेत्रीसहितका पदाधिकारीले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतिष्ठानका कुनै पनि काम नरोकिएका र नरोकिने  प्रस्टीकरण दिएका थिए । निमित्त उपकुलपति डा. थापाका अनुसार एमबीबीएस २० सीटमध्ये १५ जना भर्ना भइसकेका र पाँच सिट प्रक्रियामा छन् । एमबीबीएस २० सिटसहित अन्य ९० वटा सिटमा ६० सिट भर्ना भइसकेका छन् । रासस

कर्णाली प्रतिष्ठानमा एमबीबीएस पढाइ

कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मंसिर १९ गतेदेखि एमबीबीएसलगायतका कक्षा सञ्चालन हुने भएका छन् । निर्धारित शैक्षिक कार्यक्रमअनुसार एमबीबीएसलगायतका कक्षा सञ्चालन हुने प्रतिष्ठानका निमित्त उपकुलपति सह–प्राध्यापक डा. निरेश थापाले जानकारी दिए । प्रतिष्ठानको लक्ष्य तथा उद्देश्यअनुरूप सञ्चालित स्वास्थ्य सेवा प्रवाह तथा प्राज्ञिक कार्यक्रम पूर्वतयारीअनुसार अघि बढ्ने निमित्त उपकुलपति डा. थापाले बताए । ‘प्रतिष्ठानको बहुप्रतीक्षित एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम एमडी, एमएस, बीएनस, बीएमएस, बीपीएच र बीफर्मा सञ्चालन हुनेमा कुनै बाधा पर्ने हो कि भन्ने चिन्ता, चासो र भ्रमसहितका समाचार बाहिर आएको देखियो’, भर्ना प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।’ रासस

अब जुम्लामा एमबीबीएस

काठमाडौं। अब जुम्लामा डाक्टर पढ्न पाइने बाटो खुला भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन गर्न चिकित्सा शिक्षा आयोगबाट स्वीकृति मिलेसँगै कर्णालीमा डाक्टर उत्पादन हुने भएको हो। जेठ २९ गतेको आयोगको बैठकले प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरुआत गर्न स्वीकृति दिने निर्णय गरेको हो। चालु आर्थिक वर्षको शैक्षिक शत्रभित्रै कार्यक्रम सञ्चालन हुने आयोगले बताएको छ।

डा. केसीको समर्थनमा राजधानीमा प्रदर्शन

३ असोज, काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सञ्चालन हुनुपर्ने लगायतका माग राखेर जुम्लामा सत्याग्रह बसेका डा. गोविन्द्र केसीको माग पुरा गर्नुपर्ने माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । 'डा. केसीका माग पुरा गर, …

डा. केसीको १९ औँ सत्याग्रह जुम्लामा सुरु

जुम्ला – डाक्टर गोविन्द केसीको १९ औँ सत्याग्रह जुम्लामा सुरु भएको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. गोविन्द केसीले १९ औँ सत्याग्रह जुम्लामा सुरु गर्नुभएको हो ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल पदान गर्नुपर्ने मागसहित केसी...

एमबीबीएस अध्ययनका लागि आवश्यक पूर्वाधार तयार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमबीबीएस अध्ययनका लागि तयारी अन्तिम चरणमा पुगेको छ । एमबीबीएस तहको पठनपाठनको तयारीका लागि आवश्यक पूर्वाधार निर्माणकार्य अन्तिम चरणमा पुगेको प्रतिष्ठानले जनाएको छ । मेडिकल काउन्सिलको अनुमति र प्रतिष्ठानको सातौ सिनेट बैठकको निर्णयअनुसार एमबीबीएस सञ्चालन तथा पूर्वाधार व्यवस्थापनका लागि ६ अर्ब विनियोजन गर्ने भनिएको थियो । सोहीअनुसार प्रतिष्ठानमा चिकित्साशास्त्र अध्ययन तयारीको आवश्यक जनशक्ति, प्रयोगात्मक प्रविधि र विशेषज्ञसहितको तयारी पूरा भएको प्रतिष्ठानले जनाएको छ ।