देश समृद्ध बनाउने भए हलोमा मतदान गर्नुहोस्ः लिङ्देन

हेटौंडा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई माया गर्ने हो भने राप्रपाको चुनाव चिह्न हलोमा मतदान गर्न आग्रह गरेका छन्। राप्रपा मकवानपुरले हेटौंडामा आइतबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले नेकपा एमाले, माओवादी, नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई देश समृद्ध बनाउने चाहना भएमा हलोमा मतदान गर्न आग्रह गरेका हुन्। देश सुधार्नको लागि सबै […]

सम्बन्धित सामग्री

कहाँ छ देश बनाउने शक्ति ?

देश बनाउने गफ गर्नुभन्दा पहिले देश बनाउने शक्ति बनाउन योगदान गरौं । अहिलेसम्म देश बनाउन सक्ने गरी शक्तिको प्रोसेसिङ, उत्पादन, व्यूहीकरण र विन्यास नै भएको छैन । शक्ति जताततै छ तर खेर भइरहेको छ ।

देश बनाउने जिम्मेवारी युवाको हो : नेता पौडेल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं काठमाडौँ–५ का प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले देश बनाउने जिम्मेवारी युवाको भएको बताउनुभएको छ । रोटर्‍याक्ट क्लब अफ दमौलीको आयोजनामा शनिबारतनहुँको दमौलीमा आयोजित दोस्रो पिएस मिट तथा पेट्स सेट्स कार्यक्रमको उद्घाटन गर्दै पौडेलले देश विकासका लागि युवा अगाडि सर्नुपर्ने बताउनुभयो । “देश आजको अवस्थामा आइपुग्नुमा युवाको ठूलो भूमिका छ, देशको थप …

लोकतन्त्रमा देश बनाउने शक्ति नै पार्टी हो : घनश्याम भुसाल

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का नेता घनश्याम भुसालले लोकतन्त्रमा देश बनाउने शक्ति नै पार्टी रहेको बताउनुभएको छ । शुक्रवार विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै नेता भुसालले देश बनाउनका लागि पात्र चाहिने र त्यो पात्र भनेको लोकतन्त्रमा पार्टीमात्रै रहेको बताउनुभयो । उहाँले देशको अर्थतन्त्र बनाउने र देश बनाउनका लागि विचार र विमर्शसहितको पार्टी आवश्यक भएको बताउनुभयो ।   उहाँले भन्नुभयो, ‘देश बनाउनका लागि बनाउने पात्र चाहिन्छ, लोकतन्त्रमा त्यस्तो देश बनाउने पात्र पार्टी हुन्छ ...

‘फुटेका हाडीका टुक्रा जोडेर बनाउने कटपुतली होइन देश’ – ओली

‘फुटेका हाडीका टुक्रा जोडेर बनाउने कटपुतली होइन हामीले देश बनाउने राष्ट्रिय शक्ती निर्माण गर्नु छ’उनले भने,‘देशको सार्भमौतसत्ताको, स्वाधिनताको रक्षा गर्न सक्ने, देशको भुमीको रक्षा गर्न सक्ने , देशको हित र जनताको हित संरक्षण गर्ने शक्ती बनाउनु छ’।...

ओली भन्छन्- यो सरकारसँग देश बनाउने कुनै भिजन छैन

नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सरकारसँग देश बनाउने कुनै पनि मिसन र भिजन नभएको बताएका छन्। स्वार्थहरुको गठजोठबाट बनेको वर्तमान सरकारसँग देश बनाउने कुनै मिसन, भिजन र गन्तव्य नभएको भन्दै उनले...

सरकारसँग देश बनाउने कुनै मिसन र भिजन छैन: ओली

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारसँग देश बनाउने कुनै पनि किसिमको मिसन र भिजन नभएको दाबी गरेका छन्।...

एमालेसँग मात्र देश बनाउने भिजन छ: ओली

एमाले अध्यक्ष केपी ओलीले देश बनाउने भिजन आफ्नो पार्टीसँग मात्र रहेको बताएका छन्। चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा लाइभ डिबेटमा उनले अघिल्लो निर्वाचनमा एमालेलाई बहुमत नदिएकाले सरकार स्थिर नभएको दाबी गरे।...

देश बनाउने दायित्व साझा : मन्त्री चौधरी

सहरी विकास मन्त्री मेटमणि चौधरीले एउटा व्यक्ति वा एउटा संस्थाले मात्र देश विकास  सम्भव नहुने भएकाले देश बनाउने दायित्व सबैको साझा भएको बताएका छन् । सहरी विकास मन्त्रालयद्वारा पुल्चोक इन्जिनियरिङ कलेजमा आयोजित विद्यार्थीहरूसँग मन्त्री  कार्यक्रमको दोश्रो श्रृङ्खलामा बोल्दै मन्त्री चौधरीले इन्जिनियरिङ पढेका विद्यार्थीहरुले आधुनिक र व्यवस्थित सहर निर्माणमा झनै ठुलो योगदान गर्न सक्ने बताउँदै उनीहरुसँग ठोस सुझाव समेत मागेका थिए । सहरी विकास मन्त्रीमा नियुक्त भएलगत्तै मन्त्री चौधरीले सब

देश बनाउने अभियानमा सहभागी हुन एमालेमा आउनुस् : अध्यक्ष ओली

पर्सा – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने अभियानमा सहभागी हुनका लागि सबैलाई आफ्नो पार्टीमा आउन आह्वान गर्नुभएको छ । अन्य पार्टी ठिक नभएकाले पनि एमालेमा आएर देश बनाउने अभियानमा सहभागी हुनुपर्ने उहाँकाे तर्क छ ।  आज मङ्गलवार वीरगञ्जमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले कतिपय भ्रममा परेर अन्य पार्टीमा रहेको भन्दै उनीहरूलाई पनि एमालेमा प्रवेश गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘कतिपय साथीहरू विभिन्न प्रकारणको भ्रममा परेर अथवा अप्ठ्यारोमा फसेर विभिन्न पार्टीमा अल्झिएर ...