बढ्यो कर्जाको ब्याजदर

एकातिर बैंकले कर्जा कसिलो पारेपछि ऋणीले माग गरेअनुसार ऋण पाइरहेका छैनन् । अर्कातर्फ ऋणीहरूलाई कर्जाको ब्याजदर बढी पर्ने भएको छ । बैंकको आधार दर बढेपछि कर्जाको ब्याजदर महँगो भएको हो ।  पूराना र नयाँ दुवै ऋणीलाई यो ब्याजदर लागू हुन्छ । हरेक त्रैमासिक आधार दरमा रहेर बैंकले पूराना ऋणीको ब्याजदरसमेत घटबढ गर्न पाउने नीतिगत व्यवस्था छ । बैंकहरूले तयार पारेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार औसत आधार दरमा रहेको ब्याजदरमा थप प्रिमियम जोडेर ब्याजदर लागू भएको छ । बैंकहरूले माघ १ गतेदेखि नै नयाँ दरम...

सम्बन्धित सामग्री

कर्जाको औसत ब्याजदर थप बढ्यो

२९ पुस, काठमाडौं । निक्षेपको ब्याजदरसँगै आधार दर (बेस रेट) बढ्दै जाँदा कर्जाको ब्याजदर थप महँगिएको छ । कात्तिकमा नै कर्जाको भारित औसत ब्याजदर करिब १० वर्षपछिको उच्च पुगेकोमा मंसिरमा थप वृद्धि भएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गर्दै मंसिर २०७९ मा कर्जाको भारित औसत ब्याजदर […]

बैंकको बेसरेट ७८ प्रतिशतले बढ्यो, कुन बैंकबाट ऋण लिँदा कति ब्याज पर्छ ?

सङ्कटोन्मुख अर्थतन्त्रका बाबजुद बैंकहरुले थप नाफा खोजेका छन् । कात्तिक महिनाका लागि निक्षेपको ब्याजदर वृद्धि नगर्ने घोषणा गरेपनि बैंकहरुले कर्जाको ब्याजदर बढ्ने गरी आधारदर (बेसरेट) बढाएका हुन् । अघिल्लो वर्षको तुलनामा बैंकहरुले अधिकतम ७८.७६ प्रतिशतसम्मले बेसरेट बढाएका छन् । गत आर्थिक वर्ष २०७८÷७९ को असोज मसान्तमा जम्मा ५.१८ प्रतिशत बेसरेट रहेको स्टान्डर्ड चार्टर्ड बैंकले अधिकतम ४.०३ प्रतिशतले बेसरेट बढाउँदै ९.२६ प्रतिशत पुर्‍याएको छ । यस्तै उच्च बेसरेटको रेकर्डमा सबैलाई उछिन

एक वर्षमा कर्जाको ब्याजदर ३ प्रतिशत विन्दुले बढ्यो

गत आर्थिक वर्षको जेठ महिनासम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा कर्जाको ब्याजदर ३ प्रतिशत विन्दुले  बढेको छ । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको मासिक प्रतिवेदनले कर्जाको ब्याजदर औसत ३.०८ प्रतिशत विन्दुले बढेको देखाएको हो ।

एक वर्षमा कर्जाको ब्याजदर ३ प्रतिशत विन्दुले बढ्यो

गत आर्थिक वर्षको जेठ महिनासम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा कर्जाको ब्याजदर ३ प्रतिशत विन्दुले  बढेको छ । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको मासिक प्रतिवेदनले कर्जाको ब्याजदर औसत ३.०८ प्रतिशत विन्दुले बढेको देखाएको हो ।

फेरि बढ्यो कर्जाको ब्याजदर

कर्जाको ब्याजदर फेरि बढ्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुले फागुनदेखि लागू हुने गरी निक्षेपको ब्याजदर बढाएसँगै कर्जाको ब्याजदर पनि बढ्ने भएको हो । शनिबार बैंक तथा वित्तीय संस्थाले फागुनका लागि निक्षेपको ब्याजदर प्रकाशन गरेका छन् । जसअनुसार वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर एकवर्षे मुद्दती निक्षेपमा अधिकतम ११.०३ प्रतिशत पुगेको छ ।

बढ्दै ऋणको ब्याजदर

काठमाडौं । निक्षेपको ब्याजदर बढेपछि ऋणको ब्याजदर पनि बढ्दै गएको छ । तरलता अभाव भएसँगै बैकहरूले महँगो ब्याजदरमा निक्षेप संकलन गरिरहेका छन् । वाणिज्य बैंकहरूले संकलन गर्ने निक्षेपको ब्याजदर बढेसँगै आधारदर र कर्जाको ब्याजदरमा पनि प्रत्यक्ष प्रभाव देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार १ वर्षको अन्तरालमा वाणिज्य बैंकहरूले प्रवाह गर्ने ऋणको ब्याजदर शून्य दशमलव ३५ विन्दुले वृद्धि भएको छ । आर्थिक वर्ष (आव) २०७७/७८ को पुुस महीनामा ऋणको भारित औसत ब्याजदर ९ दशमलव शून्य ९ प्रतिशत थियो । चालू आवको सोही अवधिमा वाणिज्य बैंकहरूले प्रवाह गर्ने ऋणको भारित औसत ब्याजदर ९ दशमलव ४४ प्रतिशत पुगेको छ । गतवर्ष कोरोना काल भएका कारण कर्जाको माग कम थियो । चालू आवमा व्यापार व्यवसाय खुलेसँगै कर्जाको माग बढ्न थाल्यो । यसरी कर्जाको माग बढ्दै गएपछि बैंकहरूको ब्याजदरमा पनि वृद्धि भएको छ । ब्याजदर बढ्दा वित्तीय स्थायित्वमा महŒवपूर्ण सहयोग पुग्ने नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले जानकारी दिए । ब्याजदर बढ्दा उद्योग तथा व्यापार व्यवसायमा प्रत्यक्ष प्रभाव परे पनि व्यापारघाटा न्यूनीकरणमा सहयोग पुग्ने उनको भनाइ छ । ‘निक्षेपको ब्याजदर बढ्दा कस्ट अफ फन्ड बढेसँगै उद्योग व्यवसायमा जाने कर्जा पनि महँगो हुन जान्छ । तर, चाहिने जति ब्याजदर बढेन भने व्यापारघाटा न्यूनीकरण हुँदैन,’ उनले भने । ब्याजदर बढ्यो भने पूँजी पलायन रोकिने थापाको भनाइ छ । उनका अनुसार नेपालमा थोरै ब्याजदर हुँदा पूँजी पलायन हुने गरेको छ । पूँजी पलायन रोक्नका लागि पनि बैंकको ब्याजदर बढ्न आवश्यक हुने थापाले बताए । वाणिज्य बैंकहरूले निक्षेपमा दिने ब्याजदर पनि १ वर्षको अन्तरालमा भारित औसत ब्याजदर १ दशमलव ३७ विन्दुले वृद्धि भएको छ । गत आवको पुस महीनामा निक्षेपको ब्याजदर ५ प्रतिशत थियो । चालू आवको पुसमा वृद्धि भएर निक्षेपको ब्याजदर ६ दशमलव ३७ प्रतिशत कायम भएको छ । निक्षेप ब्याजदर बढेसँगै बैंकहरूको आधारदर पनि बढेको छ । गत आवको पुसको तुलनमामा चालू आवको पुसमा वाणिज्य बैंकहरूको आधारदर १ दशमलव २५ विन्दुले वृद्धि भएको छ । एक वर्षको तथ्यांक हेर्दा गत आवको असारमा बैंकहरूको ब्याजदर सबैभन्दा न्यून थियो । असारमा निक्षेपको ब्याजदर ४ दशमलव ६५ प्रतिशत थियो भने कर्जाको ब्याजदर ८ दशमलव ४३ प्रतिशत थियो । त्यस्तै वाणिज्य बैंकहरूको औसत ब्याजदरको आधारदर ६ दशमलव ८६ प्रतिशत थियो ।

हायर पर्चेज कर्जाको ब्याजदर बढ्यो, धितोको ८०५ सम्म कर्जा

अब हायर पर्चेज कर्जा दिने कम्पनीबाट कर्जा लिँदा थप १ प्रतिशत ब्याजदर बढ्ने भएको छ । कम्पनीहरूले ऋण तथा सापटी लिएर गरेको लगानीमा बेस रेटबाट ४ प्रतिशत ब्याज थप गर्न पाउने...

निक्षेप र कर्जा दुवैको ब्याजदर बढ्यो

काठमाडौं । पछिल्लो समय केही बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपकर्ता र ऋणी दुवैलाई राम्रो ब्याजदर दिएका छन् । लगानी योग्यपूँजी (तरलता) भएका बैंकहरूले भन्दा पनि यस्तो पूँजी कम भएका बैंकहरूले यतिबेला निक्षेपको ब्याजदर बढाएका हुन् । मेगा बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, बैंक अफ काठमाण्डू र प्राइम बैंकको लगानीयोग्य पूँजी कम छ । यस्ता बैंकले निक्षेपको ब्याजदर थोरै बढाएका छन् । यी बैंकले अघिल्लो महीनाको तुलनामा थप १ प्रतिशत विन्दुदेखि साढे १ प्रतिशत विन्दुसम्म ब्याज बढाएका छन् । बैंकहरूले अवधिअनुसारका मुद्दती निक्षेपमा अधिकतम ७ दशमलव २५ प्रतिशतदेखि साढे ८ प्रतिशतसम्म ब्याजदर दिएका छन् । सानिमा बैंकले चैतको तुलनामा वैशाखमा १ प्रतिशत विन्दुले ब्याजदर बढाएर मुद्दती निक्षेपको ब्याजदर अधिकतम ८ प्रतिशतसम्म पुर्‍याएको छ । अहिले तरलता पर्याप्त भएका बैंकहरू बैंकको भोलम बढाउन निक्षेपको ब्याजदर बढाउनतिर लागेको नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताउँछन् । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका दाहालले भने, ‘अहिले हाम्रो सीसीडी ८४ प्रतिशतभन्दा कम छ । अब निक्षेप संकलन बढाउन पनि ब्याजदर बढाएका हौं ।’ नेपाल राष्ट्र बैंकले चालू आवमा कर्जा पूँजी निक्षेप अनुपात ८५ प्रतिशत तोकेपछि बैंकहरूलाई लगानी गर्न सहज बनेको छ । यसअघि यस्तो सीमा ८० प्रतिशतसम्म थियो । अहिले ८० प्रतिशत र ८५ प्रतिशतको बीचमा करीब नौओटा बैंक रहेका छन् । उत्साहजनक कर्जा प्रवाह गरेका सानिमा, प्राइम, एनआईसी, मेगा, सिभिल, कुमारी, माछापुच्छ्रेलगायत बैंकको सीसीडी कसिलो देखिएको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार भने पछिल्लो समय बैंकहरूको औसत सीसीडीको अनुपात ७९ दशमलव ४१ प्रतिशत रहेको छ । सीसीडी कसिलो भएका अधिकांश बैंकको निक्षेप ब्याजदर बढाएका छन् । तर, अपवादमा मेगा बैंकले भने घटाएको देखिन्छ । चैतको तुलनामा वैशाखबाट लागू गरेको निक्षेपको ब्याजदर घटाएर मुद्दती निक्षेपमा करीब ६ दशमलव ७५ प्रतिशत कायम गरेको छ । उक्त बैंकको साधारण बचतको ब्याजदर भने न्यूनतम १ दशमलव ७५ प्रतिशतदेखि ३ दशमलव ५० प्रतिशतसम्म कायम गरेको छ ।  बैंकबीच सापटी लिने अन्तरबैंक कर्जाको ब्याजदर भने चर्को देखिएको छ । यस्तो ब्याजदर ४ प्रतिशत माथि अर्थात् साढे ४ प्रतिशतसम्म पनि पुगेको नेपाल राष्ट्र बैंकले बताएको छ । यस अवस्थामा सीसीडी कसिलो भएका बैंकहरूले निक्षेपको ब्याजदर बढाएका छन् । कर्जा र निक्षेपको ब्याजदर अन्तर (स्प्रेड दर) ४ प्रतिशतसम्म हुनुपर्ने नीतिगत व्यवस्था छ । तर, केही बैंकको यस्तो दर सीमाभन्दा पनि नाघेको देखिएको थियो । अहिले भने यस्तो स्प्रेड दर घटेर साढे ३ मा झरेको नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल बताउँछन् । बैंकले निक्षेपमा बढी ब्याज र कर्जामा कम ब्याज दिएर ग्राहकमैत्री बनेको बताउँदै उनले यस्तो गर्दा बैंकको नाफा कम हुने तर्क गर्छन् । राष्ट्र बैंकले बैंकले दीर्घकालीन स्रोतका लागि दीर्घकालीन व्यक्तिगत निक्षेप जुटाउन बैंकहरूलाई भन्दै आएको छ । तर, ब्याजदर निर्धारण गर्दा १ महीनाअघि नै जानकारी दिने गरी घोषणा गर्नुपर्ने व्यवस्था छ । बैंक तथा वित्तीय संस्थाहरूले प्रत्येक त्रैमासिक प्रतिवेदनअनुसार तय भएको आधार दरमा रहेर कर्जाको ब्याजदर निर्धारण गर्ने गर्छन् । बैंकले आधार दरमा कर्जाको प्रकृतिअनुसार केही प्रिमियम थपेर कर्जाको ब्याजदर निर्धारण गर्ने गर्छन् । यसआधारमा केही वाणिज्य बैंकले कर्जाको ब्याजदर घटाएका छन् । केहीले भने यसअघिको त्रैमासको आधारदरकै आधारमा कर्जाको ब्याजदरलाई निरन्तरता दिएका छन् । पछिल्लो समय बैंकहरूले सार्वजनिक गरेअनुसार कर्जाको प्रकृति र अवधिअनुसार न्यूनतम साढे ५ प्रतिशतदेखि साढे १४ प्रतिशतसम्म निर्धारण गरेका छन् । नबिल बैंकले भने कर्जाको ब्याजदर शून्य दशमलव २७ प्रतिशत विन्दुले घटाएको छ । सो बैंकको कर्जाको प्रकृतिअनुसार कर्जाको ब्याजदर करीब साढे ५ प्रतिशतदेखि १० दशमलव ७६ प्रतिशतसम्म रहेको छ । यसअनुसार कर्जाको ब्याजदर घटाउने बैंकहरूले पनि करीब १ प्रतिशत विन्दुभन्दा कम मात्रै घटाएर ब्याजदर निर्धारण गरेका छन् ।

आधारदर घटे पनि कर्जाको ब्याजदर बढ्यो

बैंक तथा वित्तीय संस्थाले आधार ब्याजदर घटाएको भए पनि कर्जाको ब्याजदद भने बढाएका छन् । बैंकहरूले स्रोत अभावमा कर्जा प्रवाह नियन्त्रण गरेकाले ब्याजदर बढेको हो । नेपाल राष्ट्र बैंकले २०७४ फागुनमा ९१ दिने ट्रेजरी विल्सको भारित औसत ब्याजदर ४.७० प्रतिशत रहेकोमा २०७५ फागुनमा ३.५५ प्रतिशत कायम भएको जनाएको छ ।