कर्जाको औसत ब्याजदर थप बढ्यो

२९ पुस, काठमाडौं । निक्षेपको ब्याजदरसँगै आधार दर (बेस रेट) बढ्दै जाँदा कर्जाको ब्याजदर थप महँगिएको छ । कात्तिकमा नै कर्जाको भारित औसत ब्याजदर करिब १० वर्षपछिको उच्च पुगेकोमा मंसिरमा थप वृद्धि भएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गर्दै मंसिर २०७९ मा कर्जाको भारित औसत ब्याजदर […]

सम्बन्धित सामग्री

मुद्दती निक्षेपको अंश घट्दै

काठमाडौं। बैंक, वित्तीय संस्थाहरूमा निक्षेप वृद्धिसँगै मुद्दतीको अंश घट्न थालेको छ । बैंकहरूले मुद्दती निक्षेपमा ब्याज घटाएपछि साधारण बचत वृद्धि भई मुद्दती निक्षेप घट्न थालेको हो ।  तरलता अभाव भएपछि निक्षेप बढाउन बैंकहरूले गतवर्ष ब्याजदर बढाएका थिए । यसले गर्दा बैंकमा मुद्दती निक्षेपको अंश बढ्यो । तर, चालू आर्थिक वर्ष (आव) मा तरलता सहज भएसँगै ब्याजदर घटाएपछि मुद्दती निक्षेपको अंश कम हुन थालेको नेपाल राष्ट्र बैंकले बताएको छ ।  राष्ट्र बैंकको तथ्यांकअनुसार गत आव २०७९/८० को पुस मसान्तमा बैंक, वित्तीय संस्थासँग रहेको कुल निक्षेपको ६० दशमलव ३ प्रतिशत रकम मुद्दतीमा थियो । तर चालू आव २०८०/८१ को पुस मसान्तमा कुल निक्षेपमा मुद्दतीको अंश घटेर ५९ दशमलव ९ प्रतिशत कायम भएको छ । मुद्दती निक्षेप घट्दा साधारण बचत भने वृद्धि भएको छ । पोहोर पुसमा २५ दशमलव ६ प्रतिशत रहेको साधारण बचतको हिस्सा बढेर चालू आवको पुसमा २६ दशमलव ८ प्रतिशत पुगेको छ ।  बैंकहरूले निक्षेप बढाउन मुद्दतीमा उच्च ब्याजदर दिए । निक्षेप आकर्षित गर्नकै लागि उनीहरूले २१ वर्षमा शुरू निक्षेपको १० गुणासम्म दिने योजना पनि ल्याएका थिए । चालू आवको शुरूदेखि नै बैंकहरूले ब्याजदर घटाउन थालेपछि मुद्दती निक्षेपको अंश पनि घट्न थालेको हो । चालू आवको पुससम्ममा बैंक, वित्तीय संस्थाहरूले कुल ६१ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ५० खर्ब ८३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस अवधिमा निक्षेप ६ दशमलव ६ प्रतिशतले बढ्दा कर्जा ४ प्रतिशतले मात्र विस्तार भएको छ ।  पोहोर पुस मसान्तमा बैंक, वित्तीय संस्थासँग रहेको कुल निक्षेपमा ६० दशमलव ३ प्रतिशत रकम मुद्दतीमा थियो, यसपालि पुस मसान्तमा मुद्दती निक्षेपको अंश ५९ दशमलव ९ प्रतिशत छ । तरलता सहज हुन थालेपछि नेपाल बैंकर्स संघले चालू आवको साउनदेखि ब्याजदर निर्धारणमा भद्र सहमति अन्त्य गर्दै आफूखुशी ब्याजदर तोक्न पाउने निर्णय गरेको थियो । त्यसपछि घट्ने क्रममा देखिएको वाणिज्य बैंकको अधिकतम ब्याजदर माघमा आइपुग्दा ८ प्रतिशतभन्दा तल झरेको छ ।  राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले साधारण बचतमा दिने न्यूनतम ब्याजभन्दा मुद्दती निक्षेपमा थप ५ प्रतिशत विन्दुले अधिकतम ब्याज दिन पाउँछन् । कल निक्षेपबाहेकका ब्याज दिइने सबै प्रकारका स्वदेशी मुद्राका निक्षेप खातामा दिइने अधिकतम र न्यूनतम ब्याजदरबीचको अन्तर ५ प्रतिशत बिन्दुभन्दा बढीले फरक पार्न नपाइने व्यवस्था छ । यसैगरी बैंकहरूले विप्रेषण मुद्दतीमा साधारण मुद्दतीको तुलनामा थप १ प्रतिशत बढी ब्याज दिन पाउने प्रावधान छ । यसले गर्दा बैंकहरूले तरलता कम हुँदा निक्षेप आकर्षित गर्न मुद्दतीमा जोड दिने गरेका छन् । पछिल्लो समय तरलता सहज भएपछि बैंकहरूले यसलाई घटाउँदै लगेका हुन् ।  बैंकहरूले ब्याजदर घटाएपछि आधारदर पनि एकल अंकमा झरेको छ । २०७९ पुसमा वाणिज्य बैंकहरूको औसत आधारदर १० दशमलव ९१ प्रतिशत रहेकोमा २०८० पुसमा ९ दशमलव ३५ प्रतिशतमा झरेको छ ।  यसैगरी निक्षेपको औसत ब्याजदर ८ दशमलव ५१ प्रतिशतबाट ७ दशमलव ३२ प्रतिशतमा र कर्जाको औसत ब्याजदर १२ दशमलव ७९ प्रतिशतबाट ११ दशमलव ३८ प्रतिशतमा ओर्लेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

तरलता प्रशोचनपछि ट्रेजरी बिल्सको ब्याजदर बढ्यो

काठमाडौं। बैंक, वित्तीय संस्थाको ब्याजदर घटिरहेका बेला टे्रजरी बिल्सको ब्याजदर भने बढेको छ । नेपाल राष्ट्र बैंकले ब्याजदर कोरिडोर कार्यान्वयन गर्न लगातार तरलता प्रशोचन गरेपछि ट्रेजरीको ब्याजदर उकालो लागेको हो ।  सोमवार राष्ट्र बैंकले ८ अर्ब रुपैयाँको २८ दिने र ६ अर्ब ३३ करोड रुपैयाँ बराबरको १८२ दिने ट्रेजरी बिल्स नवीकरणका लागि बोलकबोल गरेको थियो । त्यसमध्ये २८ दिने ट्रेजरी बिल्सको २ दशमलव ४९ र १८२ दिनेको ३ दशमलव ८४ प्रतिशत औसत ब्याजदर कायम भएको छ । यसअघि मङ्सिर १२ गते निष्कासन भएको २८ दिन अवधिको ट्रेजरीको १ दशमलव ७५ प्रतिशत र मङ्सिर २६ गते निष्कासन भएको १८२ दिने ट्रेजरीको ३ दशमलव ७६ प्रतिशत औसत ब्याजदर कायम भएको थियो ।  सोमवार सरकारले ९ अर्ब ५३ करोड रुपैयाँ बराबरको ९१ दिने र २ अर्ब रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरीको भने साँवा फिर्ता गरेको छ ।  राष्ट्र बैंकले चालू आर्थिक वर्ष (आव) को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत नीतिगत दरहरू घटाएसँगै बैंकहरूले पनि पुस महीनाका लागि ब्याजदर घटाएका छन् । तर, राष्ट्र बैंकले बजारबाट लगातार तरलता प्रशोचन गरेपछि सोमवार ट्रेजरी बिल्सको ब्याजदर बढेको हो ।  राष्ट्र बैंकले मङ्सिर पहिलो सातादेखि नै निक्षेप संकलन उपकरणमार्फत तरलता प्रशोचन गरिरहेको छ । आइतवारसम्म राष्ट्र बैंकले १० पटक निक्षेप संकलन उपकरण जारी गर्दै बजारबाट १ खर्ब ३७ अर्ब २५ करोड रुपैयाँ उठाइसकेको छ । त्यसमध्ये ७५ अर्ब रुपैयाँ भने परिपक्व भई पुन: बजारमा फिर्ता भइसकेको छ । केन्द्रीय बैंकले मंगलवार पुन: १० अर्ब रुपैयाँ बराबरको १४ दिन अवधिको निक्षेप संकलन उपकरण जारी गर्दै छ । राष्ट्र बैंकले वित्तीय प्रणालीको तरलता खिच्दै ब्याजदर कोरिडोरको सीमाअनुसार अन्तरबैंक दर कायम गर्ने प्रयास गरे पनि अझै लक्षित सीमाभन्दा तल नै छ ।  मङ्सिर मसान्तमा औसत अन्तरबैंक ब्याजदर २ दशमलव ७२ प्रतिशत रहेको छ । ब्याजदर कोरिडोरको सीमाअनुसार कायम गर्न यसलाई न्यूनतम ३ प्रतिशत पुर्‍याउनुपर्छ । निक्षेप वृद्धिको तुलनामा कर्जा प्रवाह नहुँदा वित्तीय प्रणालीमा अधिक तरलता छ । मङ्सिरसम्ममा बैंकहरूले ६० खर्ब १० अर्ब निक्षेप संकलन गरी ४९ खर्ब ९५ अर्ब कर्जा प्रवाह गरेका छन् । यस अवधिमा बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८० दशमलव ३४ प्रतिशत रहेको छ । बैंकहरूले बैंकहरूले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी कर्जा दिन सक्ने प्रावधानअनुसार करीब ६ खर्ब थप कर्जा प्रवाह गर्ने क्षमता देखिएको छ ।

ट्रेजरीको ब्याजदर बढ्यो

काठमाडौं । वित्तीय प्रणालीमा तरलता अभावसँगै बजारमा ट्रेजरी बिल्सको ब्याजदर पनि बढ्न थालेको छ । सोमवार नेपाल राष्ट्र बैंकले २८ दिन अवधिको ५ अर्ब, ९१ दिनको २ अर्ब २३ करोड ३२ लाख र १८२ दिनको ६ अर्ब गरी कुल १३ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल्सका लागि बोलकबोल गरेको थियो । त्यसमध्ये २८ दिनको नयाँ ट्रेजरी बिल्सको ब्याजदर २ प्रतिशत विन्दुभन्दा धेरैले बढेको छ । पछिल्लोपटक माघ १७ गते निष्कासन भएको २८ दिने ट्रेजरीको औसत ब्याजदर (डिस्काउन्ट रेट) ५ दशमलव ९ प्रतिशत रहेकोमा सोमवार ७ दशमलव २५ प्रतिशत पुगेको छ । यसअघि माघ २४ र फागुन २ गते बोलकबोलमा राखिएको २८ दिने ट्रेजरीमा बैंक, वित्तीय संस्थाले उच्च दर मागेपछि सरकारले विक्री गरेको थिएन । यसैगरी सोमवार नै जारी ९१ दिने ट्रेजरीको भने ब्याजदर घटेको छ । सोमवार ९१ दिने ट्रेजरीको औसत ब्याजदर ९ दशमलव ५७ प्रतिशत कायम भएको छ । गत साता यो दर १० दशमलव २२ प्रतिशत थियो । सोमवार बोलकबोलमा राखेको १८२ दिने ट्रेजरीमा बैंक, वित्तीय संस्थाले उच्च ब्याजदर मागेपछि खरीद गर्न पाएनन् । ब्याजदर उच्च भएपछि नवीकरणमा राखेको ट्रेजरी बिल्स सरकारले भुक्तानी गरेको हो । माघ २९ गते ५० अर्बको रिपो परिपक्व भएसँगै राष्ट्र बैंकले फागुन ३ गते १४ दिने रिपोमार्फत ३० अर्ब रुपैयाँ बजारमा पठाएको थियो । तर, यसले बजारमा ब्याजदर घट्न सकेको छैन । आइतवार बैंकहरूको औसत अन्तरबैंक ब्याजदर ८ दशमलव ५० प्रतिशत छ । माघमा ५० अर्बको रिपोपछि भने केही समय ट्रेजरी र अन्तरबैंक ब्याजदरसमेत घटेको थियो । त्यसपछि माघ १२ गते रिभर्स रिपोमार्फत ५ अर्ब रुपैयाँ बजारबाट खिचेको थियो । बुधवार नेपाल राष्ट्र बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको नागरिक बचतपत्र समेत जारी गर्दैछ । ५ वर्ष अवधिको उक्त बचतपत्रको ब्याजदर ११ दशमलव ५० प्रतिशत तोकिएको छ ।

५ वर्षमा कतिले बढ्यो ब्याजदर ?

वाणिज्य बैंकहरूमा गत भदौमा कर्जाको भारित औसत ब्याजदर १२.०६ प्रतिशत थियो । तुलनात्मक रूपमा हेर्दा यो आर्थिक वर्ष ०७५/७६ भदौकै जस्तो अवस्था हो । त्यतिबेला कर्जाको भारित औसत ब्याजदर १२.३१ प्रतिशत थियो । साथै, उक्त आवका सबै महिनाको ऋणको औसत ब्याजदरभन्दा कमसमेत हो ।

बढ्दै ऋणको ब्याजदर

काठमाडौं । निक्षेपको ब्याजदर बढेपछि ऋणको ब्याजदर पनि बढ्दै गएको छ । तरलता अभाव भएसँगै बैकहरूले महँगो ब्याजदरमा निक्षेप संकलन गरिरहेका छन् । वाणिज्य बैंकहरूले संकलन गर्ने निक्षेपको ब्याजदर बढेसँगै आधारदर र कर्जाको ब्याजदरमा पनि प्रत्यक्ष प्रभाव देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार १ वर्षको अन्तरालमा वाणिज्य बैंकहरूले प्रवाह गर्ने ऋणको ब्याजदर शून्य दशमलव ३५ विन्दुले वृद्धि भएको छ । आर्थिक वर्ष (आव) २०७७/७८ को पुुस महीनामा ऋणको भारित औसत ब्याजदर ९ दशमलव शून्य ९ प्रतिशत थियो । चालू आवको सोही अवधिमा वाणिज्य बैंकहरूले प्रवाह गर्ने ऋणको भारित औसत ब्याजदर ९ दशमलव ४४ प्रतिशत पुगेको छ । गतवर्ष कोरोना काल भएका कारण कर्जाको माग कम थियो । चालू आवमा व्यापार व्यवसाय खुलेसँगै कर्जाको माग बढ्न थाल्यो । यसरी कर्जाको माग बढ्दै गएपछि बैंकहरूको ब्याजदरमा पनि वृद्धि भएको छ । ब्याजदर बढ्दा वित्तीय स्थायित्वमा महŒवपूर्ण सहयोग पुग्ने नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले जानकारी दिए । ब्याजदर बढ्दा उद्योग तथा व्यापार व्यवसायमा प्रत्यक्ष प्रभाव परे पनि व्यापारघाटा न्यूनीकरणमा सहयोग पुग्ने उनको भनाइ छ । ‘निक्षेपको ब्याजदर बढ्दा कस्ट अफ फन्ड बढेसँगै उद्योग व्यवसायमा जाने कर्जा पनि महँगो हुन जान्छ । तर, चाहिने जति ब्याजदर बढेन भने व्यापारघाटा न्यूनीकरण हुँदैन,’ उनले भने । ब्याजदर बढ्यो भने पूँजी पलायन रोकिने थापाको भनाइ छ । उनका अनुसार नेपालमा थोरै ब्याजदर हुँदा पूँजी पलायन हुने गरेको छ । पूँजी पलायन रोक्नका लागि पनि बैंकको ब्याजदर बढ्न आवश्यक हुने थापाले बताए । वाणिज्य बैंकहरूले निक्षेपमा दिने ब्याजदर पनि १ वर्षको अन्तरालमा भारित औसत ब्याजदर १ दशमलव ३७ विन्दुले वृद्धि भएको छ । गत आवको पुस महीनामा निक्षेपको ब्याजदर ५ प्रतिशत थियो । चालू आवको पुसमा वृद्धि भएर निक्षेपको ब्याजदर ६ दशमलव ३७ प्रतिशत कायम भएको छ । निक्षेप ब्याजदर बढेसँगै बैंकहरूको आधारदर पनि बढेको छ । गत आवको पुसको तुलनमामा चालू आवको पुसमा वाणिज्य बैंकहरूको आधारदर १ दशमलव २५ विन्दुले वृद्धि भएको छ । एक वर्षको तथ्यांक हेर्दा गत आवको असारमा बैंकहरूको ब्याजदर सबैभन्दा न्यून थियो । असारमा निक्षेपको ब्याजदर ४ दशमलव ६५ प्रतिशत थियो भने कर्जाको ब्याजदर ८ दशमलव ४३ प्रतिशत थियो । त्यस्तै वाणिज्य बैंकहरूको औसत ब्याजदरको आधारदर ६ दशमलव ८६ प्रतिशत थियो ।

आधारदर घटे पनि कर्जाको ब्याजदर बढ्यो

बैंक तथा वित्तीय संस्थाले आधार ब्याजदर घटाएको भए पनि कर्जाको ब्याजदद भने बढाएका छन् । बैंकहरूले स्रोत अभावमा कर्जा प्रवाह नियन्त्रण गरेकाले ब्याजदर बढेको हो । नेपाल राष्ट्र बैंकले २०७४ फागुनमा ९१ दिने ट्रेजरी विल्सको भारित औसत ब्याजदर ४.७० प्रतिशत रहेकोमा २०७५ फागुनमा ३.५५ प्रतिशत कायम भएको जनाएको छ ।