स्थायी कमिटी बैठक छाडेर प्रधानमन्त्री ओली किन पुगे शीतल निवास

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली स्थायी कमिटीको बैठक बिचमै छाडेर शीतल निवास गएका छन्। प्रधानमन्त्री ओली शीतल निवास पुगेपनि पार्टीको स्थायी कमिटी बैठक जारी रहेको कार्यालय सचिव शेरबहादुर तामाङले बताए। उनले भने, "अहिले स्थायी कमिटी बैठक बसिरहेको छ। बाँकी निर्णय बैठकपछि भन्नेछु।" लुम्बिनी प्रदेशको विकसित घट्नाक्रम र कोभिड-१९ को संकटलगायतका विषयमा छलफल गर्न शीतल निवास पुगेको बताइएको छ।

सम्बन्धित सामग्री

एमाले स्थायी कमिटी बैठक सुरु

नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलमा बैठक सुरु भएको हो ।

एमाले स्थायी कमिटी बैठक स्थगित, भोलि बिहान बस्ने

नेकपा एमालेकाे स्थायी कमिटी बैठक स्थगित भएको छ। शुक्रबार अपराह्न ४ बजेका लागि तय भएको स्थायी कमिटी बैठक अब भोलि बस्ने भएको छ।...

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू भएको छ। पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार दिउँसो स्थायी कमिटी बैठक बसेको हो। केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न आज स्थायी कमिटी बैठक बसेको हो। यसअघिको स्थायी कमिटी बैठकले साउन ३० गतेभित्र वडा कमिटी गठन गरी त्यसको जानकारी केन्द्रीय कमिटी बैठकमा आउँदा लिएर आउन केन्द्रीय सदस्यहरूलाई […]

एमाले स्थायी कमिटी बैठक स्थगित

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे बालुवाटारमा बस्ने भनिएको बैठक स्थगित भएको हो । दिउँसो २ बजे देशवासीका नाममा सम्बोधन गर्ने तय भएपछि स्थायी कमिटी बैठक स्थगित भएको पार्टी कार्यालयले जनाएको छ ।