जिप भीरमा खस्दा तनहुँमा ४ को मृत्यु, ८ जना घाइते

तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा शुक्रबार साँझ जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । धरमपानीस्थित हटिया भन्ने ठाउँमा जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सम्बन्धित सामग्री

तनहुँ जीप दुर्घटना : दुई जना घाइते उपचारपछि घर फर्किए

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीस्थित भित्री सडकखण्डमा शुक्रबार भएको जीप दुर्घटनाका घाइतेमध्ये दुई जना उपचारपछि घर फिर्ता भएका छन् । साराङघाटबाट धरमपानीतर्फ आउँदै गरेको जीप दुर्घटनामा घाइते भएका आठ जनामध्ये दुई जना भरतपुर अस्पतालमा उपचारपश्चात् घर फर्किएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरी नायब उपरीक्षक युवराज खड्काका अनुसार २१ वर्षीया जमुना थापा […]

तनहुँ, धनकुटा, सिराहा र दाङमा दुर्घटना : आठको मृत्यु, १७ घाइते

तनहुँ, धनकुटा, सिराहा र दाङमा शुक्रबार भएका दुर्घटनामा आठजनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् । तनहुँको बन्दीपुरमा शुक्रबार साँझ जिप पल्टिँदा चारजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका...

स्कुटर दुर्घटनामा घाइते युवतीको उपचारका क्रममा मृत्यु

स्कुटर दुर्घटनामा घाइते भएकी एक युवतीको मणिपाल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । गत मंसिर २२ गते तनहुँ शुक्लागण्डकी–७ सेराटारमा स्कुटर दुर्घटना हुँदा गम्भीर घाइते भएकी दुलेगौडा बस्ने २७ वर्षीया निशा थापाको उपचारका क्रममा मृत्यु भएको हो । पृथ्वीराजमार्ग अन्तर्गत अकलादेवी मन्दिरबाट खैरेनीटारतर्फ जादैँ गरेको ग १० प ८८५४ नम्वरको स्कुटर दुर्घटनामा घाइते भएकी थापाको मणिपाल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी

घाइते पैदलयात्रीको परिचय नखुल्दा उपचारमा समस्या

तनहुँ, २० कात्तिक (रासस) : कात्तिक १७ गते बुधबार बिहान साढे ७ बजे बसको ठक्करबाट घाइते भएका पैदलयात्रीको परिचय खुल्न नसक्दा उपचारका लागि समस्या भएको प्रहरीले जनाएको छ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँ व्यास नगरपालिका वडा नं १ तालघरेमा अचेत अवस्थामा भेटिएका ती पुरुषको अहिले पोखरास्थित मणिपाल अस्पतालको आइसियु कक्षमा उपचार भइरहेको छ । डुम्रेबाट दमौलीतर्फ […]

तनहुँमा बस दुर्घटना, ७ जना घाइते, १ जनाको अवस्था गम्भीर

सोमबार बिहान तनहुँमा बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । तनहुँको व्यास नगरपालिका ५ कन्टारस्थित पृथ्वी राजमार्ग सडकखण्डमा ग १ ख ४२१५ नम्बरको बस दुर्घटना हुँदा ७ जना घाइते भएका हुन् । दुर्घटनामा तनहुँ व्यास नगरपालिका १० की २९ वर्षीय अप्सरा पौडेलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।दुर्घटनामा पोखराका ५० वर्षीय नवीनकुमार केसी, तनहुँ म्याग्देका ३५ वर्षीय दिपक विक, उनका ११ वर्षीय छोरा विश्वास विक, म्याग्देकै ८० वर्षीय आइतमाया नेपाली, तनहुँकै २८ वर्षीय सबिन ठकुरी र तनहुँ भानु नगरपालिका ४ बस्न

पहिरोले घर पुरिँदा दुई जनाको ज्यान गयो, पाँच जना घाइते

तनहुँ – पहिरोका कारण तनहुँ बन्दीपुरका दुई घरमा पहिरो जाँदा दुई जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् । पहिरोमा परि बन्दीपुर–३ तामुङका सरस्वती थापा र हरिमाया नेपालीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । घटनास्थलमा गाउँलेले उद्धार गरेर घाइतेलाई उपचारका लागि अस्पताल ल्याउने प्रयास भइरहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिनुभयो । ‘सडक भत्किएकाले घटनास्थलमा पुग्न अहिले कठिनाइ भइरहेको छ,&r...

पहिरोमा परी दुईको मृत्यु, तीन जना घाइते

तनहुँ।बन्दीपुर गाउँपालिका–३ तामुङमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।पहिरोबाट ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया बसेलको मृत्यु भएको हो।सरस्वतीका ससुरा दिलबहादुर मगर, सासू दाउरीमाया मगर र देवर सुवास थापा घाइते भएका छन्।पहिरोका कारण चार घर जोखिममा परेका छन्।घाइते भएकामध्ये एक जनाको अवस्था चिन्ताजनक छ।घटनास्थल जाने बाटो समेत पहिरोले अवरुद्ध बनेको छ।

तनहुँमा चितुवाको आक्रमणबाट बालिका घाइते

तनहुँ - तनहुँमा चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छिन् । व्यास नगरपालिका-१२ देउराली पालिङकी मधु परियारकी साढे दुई वर्षीया छाेरी अनुष्का परियार चितुवाको आक्रमणबाट घाइते भएकी हुन।  आइतवार साँझ घरभित्र खाना खान लागेका बेला छोरीलाई चितुवाले तानेकाे उहाँले बताउनु भयाे । ‘चितुवाले छोरीलाई तानेपछि मैले पनि छोरीलाई तानेँ । तीन कान्लासम्म लतारेपछि चितुवाले छाड्यो, अनि मैले छोरीलाई लिएर घर फर्किएँ’ उहाँले भन्नुभयो । बालिकाको  चिउँड...

दमौली कारागारमा कैदीबन्दीबीच झडप हुँदा पाँच घाइते

तनहुँ । दमौली कारागारमा रहेका कैदीबन्दीबीच आज साँझ झडप हुँदा पाँच घाइते भएका छन् । झडपमा परी तीन नाइके र दुई कैदीबन्दी घाइते भएको दमौली कारागार प्रशासनले जनाएको छ । घाइते हुनेमा नाइकेतर्फ धनबहादुर शाही, अनुप थापा र ज्ञानबहादुर विक रहेका छन् । त्यसैगरी कैदीबन्दीतर्फ माधव कँडेल र कुलबहादुर तामाङ घाइते भएको प्रहरीले जनाएको छ । घाइते भएकामध्ये चारको दमौली अस्पतालमा र एकको दमौलीस्थित समाधान अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । कारागारमा हाल रहेका चौकीदार र नाइके हटाएर आफूले चाहेको व्यक्तिलाई राखिनुपर्ने मागमा उत्रिएका कैदीबन्दीबीच विवाद हुँदा झडप स्थिति भएको बताइएको छ । घटना पश्चात प्रमुख जिल्ला अधिकारी सागर आचार्य, प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अरुण पौडेल, जेलर र कैदीबन्दीबीच कारागारमा छलफल भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तनहुँ कारागारमा दुई कैदी समूहबीच झडप, ६ घाइते

तनहुँ – कारागारका नाइके विवादको विषयलाई लिएर आइतबार तनहुँ जिल्ला कारागारमा दुई कैदी समूहबीच झडप हुँदा ६ कैदी घाइते भएका छन । झडपका क्रममा कुलबहादुर तामाङ, अनुप थापा, माधव कँडेल, धनबहादुर शाही, दीपक दर्जी र ज्ञानबहादुर विक घाइते भएका हुन् ।  घाइतेमध्ये दुई जनाको टाउकोमा चोट लागेको छ भने अन्यको अवस्था सामान्य छ । केही महिनाअघि काठमाण्डौबाट सरुवा भएर आएका कैदीहरूको समूहले कैदी नाइके बन्नका लागि आफूहरूमाथि आक्रमण गरेको एक घाइतेले बताए । घाइतेहरूको दमौली अस्पतालमा उपचारपछि कारागार फर्काइएको छ ...