काठमाडौं : नेपालमा स्मार्ट लाइसेन्स (सवारीचालक अनुमतिपत्र) छपाइ सुरु भएदेखि हालसम्म २० लाख लाइसेन्स कार्ड छापिसकेको यातायात व्यवस्था विभागले दाबी गरेको छ।यसबाहेक फ्रान्सबाट ल्याएका १४ लाख थान स्मार्ट कार्ड छाप्ने प्रक्रियामा छ। तर त्यस्ता कार्ड जाँच (रिड) गर्ने मेसिनको संख्या भने अति थोरै छ।विभागका प्रवक्ता डा.लोकनाथ भुसालले देशभर स्मार्ट लाइसेन्स जाँच गर्ने मेसिन जम्मा ७५ वटा मात्र रहेको जानकारी दिए।उनले भने, ‘प्रदेशहरूमा ६० वटा पठाइएको छ, काठमाडौं उपत्यकाभित्र सम्बन्ध