प्रतिनिधि सभा विघटन विरुद्धका रिटहरू सर्वोच्च अदालतमा विचाराधीन रहे पनि सरकारी निर्देशन अनुसार सुरक्षा निकायहरू चुनावको तयारीमा जुटेका छन् ।
आगामी वैशाख १७ र २७ गतेका लागि घोषित चुनावका लागि सुरक्षा निकायले तयारी अघि बढाइसके पनि चुनाव हुने कि नहुने भन्ने अन्तिम न्यायनिरूपण हुन बाँकी नै छ ।
गृह मन्त्रालयले नेपालका ३ वटा सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी (एपीएफ) र राष्ट्रिय अनुसन्धान विभागलाई निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएसँगै सुरक्षा निकायहरू तयारीमा जुटेका हुन् ।
सो...