अमेरिकाकी उपराष्ट्रपति ह्यारिस कोरोना भाइरसबाट सङ्क्रमित

अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिस कोरोना भाइरसबाट सङ्क्रमित भएकी छन् । शङ्का लागेपछि मंगलबार कोरोना परीक्षण गरिएकोमा सङ्क्रमण पुष्टि भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।“उहाँलाई कुनै ठोस लक्षण देखिएको छैन भने कुनै स्वास्थ्य समस्या पनि भएको छैन, तर आइसोलेसनमा भने बस्नु भएको छ,” उनका प्रवक्ताले भनेका छन् ।  प्रवक्ताले जारी गरेको वक्तव्यमा उपराष्ट्रपति ह्यारिसले निवासमै आइसोलेसनमा बसेपनि भित्रै बसेर गर्न मिल्ने कतिपय कामहरू भने निरन्तर गरिरहेको उल्लेख गरिएको छ । 

सम्बन्धित सामग्री

स्वास्थ्य मापदण्ड पालना गरेर माघे संक्रान्ति पर्व मनाउन उपराष्ट्रपतिको आह्वान

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकभर कोरोनाको जोखिम बढेकाले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर माघेसंक्रन्ति पर्व मनाउन आह्वान गरेका छन्। माघे संक्रान्ति पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उनले कोरोना भाइरस (कोभिड–१९)को अर्को लहर तीव्र रुपमा फैलिरहेकाले कोरोना नियन्त्रण, रोकथाम तथा उपचारका लागि सरकारले लिएको निर्णयको पालना गर्न सबै नागरिकलाई आग्रह गरेका छन् । माघेसंक्रान्ति पर्वले […]

स्वास्थ्य मापदण्ड पालना गरेर माघेसंक्रान्ति पर्व मनाउन उपराष्ट्रपतिको आह्वान

उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकभर कोरोनाको जोखिम बढेकाले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर माघेसंक्रन्ति पर्व मनाउन आह्वान गरेका छन्। माघे संक्रान्ति पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले कोरोना भाइरस (कोभिड–१९)को अर्को लहर तीव्र रुपमा फैलिरहेकाले कोरोना नियन्त्रण, रोकथाम तथा उपचारका लागि सरकारले लिएको निर्णयको पालना गर्न सबै नागरिकलाई आग्रह गरेका हुन् ।माघेसंक्रान्ति पर्वले कोरोना भाइरसको तेस्रो लहरलाई नियन्त्रण गर्न सबै नेपालीलाई एकताबद्ध हुन ऊर्जा प्रदान गर्ने उपराष्ट्रपत

नरेन्द्र मोदीलाई भेटेपछि अमेरिकी उपराष्ट्रपति कमला मक्ख !

अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेटेपछि अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस मक्ख परेकी छन् । मोदीले कमलालाई भारत भ्रमणको निम्तो दिएपछि उनले खुशी व्यक्त गरिन् । भेटमा मोदीले कमलाको प्रशंसा गरेका थिए । मोदीले कमला अमेरिकाको उपराष्ट्रपति बन्नु सबैको गर्व र प्रेरणाको विषय भएको भन्दै प्रशंसा गरेका थिए ।  भेटमा नरेन्द्र र कमलाबीच कोरोना भाइरस विरुद्धको खोपका लागि भारत र अमेरिकाबीच सहकार्य गर्ने विषयमा छलफल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भेटमा व्यापार तथा द्विपक्षीय सम्बन्धबारे समेत कु...

निषेधाज्ञाले हाम्रो दैनिक जनजीवन अझै कष्टकर हुनेछः उपराष्ट्रपति पुन

काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुन 'पासाङ'ले भर्खरै लयमा फर्कन लागेको मुलुकको अर्थतन्त्रमा निषेधाज्ञाले ठूलो असर गर्ने बताएका छन्। 'काठमाडौं उपत्यकामा निषाधेज्ञा सुरु हुनुअघि हजारौं मानिसले उपत्यका छोडेर घर फर्कन लाग्दाका दृष्यहरु दुःखद छन्। निषेधाज्ञाले हाम्रो दैनिक जनजीवन अझै कष्टकर हुनेछ," उपराष्ट्रपतिद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ। कोरोना भाइरस नियन्त्रणका लागि निषेधाज्ञाजस्तो अप्रिय निर्णय कार्यान्वयन गर्नुको विकल्प नभएको विज्ञप्तिमा उल्लेख छ।

कमला ह्यारिसले पनि लगाइन् कोरोना भ्याक्सिन

एजेन्सी । नवनिर्वाचित राष्ट्रपति जो बिडेनपछि अमेरिकी जनतामा कोरोना भाइरस खोपको बारेमा आत्मविश्वास बढाउन अब नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसले मंगलबार कोरोना भाइरस खोप लगाएकी छन् ।

https://www.onlinekhabar.com/2020/03/846942

११ चैत, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले 'कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष'लाई आफ्नो एक महिनाको पारिश्रमिक प्रदान गर्ने भएका छन् । नेपाल सरकारद्वारा स्थापित कोषमा उपराष्ट्रपति पुनले एक महिनाको पारिश्रमिक दिने निर्णय लिएको …

कोरोना रोकथाम कोषलाई उपराष्ट्रपति पुनले एक महिनाको तलब दिने

काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई आफ्नो एक महिनाको तलब दिने घोषणा गरेका छन्। सोमवार उपराष्ट्रपतिको निजी सचिवालयले विज्ञप्ति जारी गरेर कोरोना संक्रमण फैलिन नदिने सरकारको अभियानलाई साथ दिँदै एक महिनाको तलब प्रदान गरिने जानकारी दिएको हो। त्यस्तै, उपराष्ट्रपति पुनले सर्वसाधारणलाई नआत्तिन,

ह्वाइट हाउसका एक कर्मचारीलाई कोरोना भाइरस पोजेटिभ देखियो

काठमाडौं : अमेरिकी राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका एक कर्मचारीमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ। ह्वाइट हाउसस्थित उपराष्ट्रपति माइक पेन्सको कार्यालयमा काम गर्ने ती कर्मचारीमा कोरोना भाइरस पोजेटिभ देखिएको सीएनबीसी न्यूजले जनाएको छ। कोरोना संक्रमण देखिएपछि ह्वाइट हाउसभित्र उच्च सतर्कता अपनाइएको छ। उनको सम्पर्कमा आएका व्यक्तिको

कोरोना भाइरसको औषधि तयार हुन करिब सात महिना लाग्छ : अमेरिकी उपराष्ट्रपति

वासिङ्टन डी.सी. : अमेरिकी उपराष्ट्रपति माइक पेन्सले प्राणघातक कोरोना भाइरसको उपचारको औषधि आगामी अगष्ट वा सेप्टेम्बर महिनासम्ममा उपलब्ध हुन सक्ने बताएका छन्।  “यसको खोप यस वर्षको अन्तसम्म वा अर्को वर्ष मात्र तयार हुनेछ, तर कोरोना भाइरस हुने मानिसहरूलाई राहत प्रदान गर्ने चिकित्सा सेवा आगामी अगष्ट वा सेप्टेम्बरसम्ममा उपलब्ध हुनेछ,” उपराष्ट्रपति

इरानका उपराष्ट्रपतिमा देखियो कोरोना भाइरसको संक्रमण

काठमाडौँ: इरानका उपराष्ट्रपति मासूमेह एब्टेकरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। इरानमा कोरोना भाइरसबाट संक्रमित हुने उनी उच्च अधिकारी हुन्। यसअघि उपस्वास्थ्य मन्त्री इराज हरिर्चीलाई कोरोना भाइरस देखिएको थियो। उपराष्ट्रपति एब्टेकर वरीयतामा राष्ट्रपति हसन रुहानीपछिको शक्तिशाली नेतृ हुन्। इरानमा ४ उपराष्ट्रपति छन्। इरानमा राष्ट्रपति रुहानीको अध्यक्षतामा क्याविनेट बैठक बसेको एक दिनपछि