ह्वाइट हाउसका एक कर्मचारीलाई कोरोना भाइरस पोजेटिभ देखियो

काठमाडौं : अमेरिकी राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका एक कर्मचारीमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ। ह्वाइट हाउसस्थित उपराष्ट्रपति माइक पेन्सको कार्यालयमा काम गर्ने ती कर्मचारीमा कोरोना भाइरस पोजेटिभ देखिएको सीएनबीसी न्यूजले जनाएको छ। कोरोना संक्रमण देखिएपछि ह्वाइट हाउसभित्र उच्च सतर्कता अपनाइएको छ। उनको सम्पर्कमा आएका व्यक्तिको