भेडेटारमा भेडेटार फुड फेस्टिबल

धनकुटा (अस) । प्रदेश १ को प्रमुख पर्यटकीय स्थल धनकुटाको भेडेटारमा तीन दिने नवौं भेडेटार फुड फेस्टिबल सुरु भएको छ । होटल एसोसिएसन अफ भेडेटारको आयोजनामा फेस्टिबल सुरु भएको हो । फेस्टिबल उद्घाटन प्रदेश १ का भौतिक योजना तथा पूर्वाधारमन्त्री हिमाल कार्कीले उद्घाटन गरे । भेडेटार पूर्वकै प्रमुख पर्यटकीय गन्तव्य भएकाले यहाँको पर्यटन प्रवर्द्धनमा प्रदेश सरकारले सहयोग गर्ने मन्त्री कार्कीले बताए । भेडेटारमा अंग्रेजी नयाँ वर्ष अवसर पारेर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले फेस्टिबल आयोजना गरिएको महोत्सव आयोजक अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए । उनका अनुसार भेडेटार आउने विदेशी पर्यटकमा सबैभन्दा धेरै भारतीय हुन्छन् । नयाँ वर्षमा भारतीयको बिदा हुने भएकाले तिनलाई भेडेटारमा आकर्षित गर्न फेस्टिबल आयोजना गरिएको उनले बताए । धरान र धनकुटाको पर्यटन प्रवद्र्धनमा भेडेटारको मुख्य भूमिका रहेकाले यसको थप प्रचार गर्न फेस्टिबल आयोजना गरिएको हो । तीन दिनसम्म सञ्चालन हुने फेस्टिबलमा विभिन्न जातीय परिकारका स्टल, अर्गानिक खानाका स्टल, स्थानीय कृषि उत्पादन गरी १५ स्टल रहेका छन् । फेस्टिबल उद्घाटन अवसरमा हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो । फेस्टिबल अवधिमा भेडेटार धरान प्याराग्लाइडिङ, मूलघाट (चतरा र्‍याफ्टिङ, नमस्ते झरनामा क्यानोनोइङ, साइक्लिङ, ध्वजेडाँडाबाट सूर्योदय हेर्ने प्याकेजिङ, राजारानी तालमा बोटिङजस्ता पर्यटकीय गतिविधि सञ्चालन हुनेछन् । फेस्टिबल करिब ३० हजारले अवलोकन गर्ने आयोजकको अनुमान छ ।

सम्बन्धित सामग्री

भेडेटारमा तीन दिने फुड फेस्टिबल शुरु

काठमाडाैं । कोरोनापछि सुस्ताएको होटल व्यवसायलाई उकास्ने उद्धेश्यले शनिवारदेखि धनकुटाको भेडेटारमा तीन दिने फुड फेस्टिबल शुरु भएको छ । अंग्रेजी नयाँ वर्षलाई लक्षित गरी आयोजना गरिएको फुड फेस्टिबलमा ३० हजार आन्तरिक तथा वाह्य पर्यटक भित्राउने लक्ष्य लिइएको आयोजकले जनाएको छ । सांगुरीगढी गाउँपालिकाको सहयोगमा होटल एशोसिएशन अफ भेडेटारले आयोजना गरेको फेस्टिबलमा १ करोड बढीको कारोवार […]

भेडेटार फुड फेस्टिबल सम्पन्न : ५०% भन्दा बढी भारतीय पर्यटक

पुस २०, धरान । अंग्रेजी नयाँ वर्ष २०२२ को अवसर पारेर बाह्य पर्यटकहरुलाई लक्षित गरि भेडेटारमा आयोजित फुड फेस्टिबलमा ५० प्रतिशतभन्दा बढी भारतीय पर्यटकहरु आएका छन् ।  होटल एसोसिएशन अफ भेडेटारले आयोजना गरेको तीन दिने नवौं फुड फेस्टिबलमा १५ हजारभन्दा बढी पर्यटक आएका थिए । ती मध्ये ५० प्रतिशत भारतीय पर्यटक रहेको आयोजकले जानकारी दिएको छ । आइतवार सकिएको फेस्टिबलमा बाह्य पर्यटकहरुको आगमन बढेपछि पर्यटन व्यवसायीहरु थप उत्साहित भएका छन् ।  भारतीय पर्यटकको आगमनले कोभिड महामारीपछि थला परेको पूर्वको पर्यटन उद्योगमा उत्साह थपिएको होटल एसोसिएशन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए । उनले भने, ‘यसपाली भारतीय पर्यटकहरु पनि धेरै आए, अंग्रेजी नयाँ वर्ष उत्साहजनक रह्यो, कोभिडले थला परेको पर्यटनको लागि यो सुखद हो ।’ कोभिड महामारीको त्रास कम हुँदै गएकोले मानिसहरुलाई घुम्ने वातावरण बन्दै गएको व्यवसायीहरुको भनाइ छ । यसपाली नयाँ वर्ष नजिकिँदै गर्दा मौसमले पनि साथ दिएकोले पर्यटकहरुको आगमन बढेको हो । फेस्टिबललाई पहाडी क्षेत्रमा परेको हिउँले पनि सहयोग पु¥याएको छ । पहाडी क्षेत्रहरु हिले, चित्रे, तिनजुरे क्षेत्रमा परेको हिउँ हेर्न आएका पर्यटकहरु भेडेटारमै बास बसेका थिए ।  अध्यक्ष रुम्दालीले भने, ‘हिउँमा रमाउन पनि धेरै पर्यटकहरु आएका रहेछन्, हिउँमा रमाएर फर्कदा भेडेटारमा बास बसेको देखियो ।’ भेडेटारमा जिपलाइन, हेलि टुर, प्याराग्लाइडिङ जस्ता नयाँ प्रोडक्ट थपिएकोले पनि पर्यटकहरु आकर्षित भएका हुन् । तीन दिनमा ५० लाख बढी कारोबार भएको एशोसिएशनले जानकारी दिएको छ । भेडेटार घुम्न आउने पर्यटकहरुको लागि पाथीभारा देवी मन्दिर, शंखेश्वर महादेव र भेडेटार पार्क, थुम्किस्थित आत्माघर, नाम्जेको होम स्टे, सुर्योदय पार्क थुम्की, नमस्ते झरना, साँगुरीगढी, ओख्रे भ्यु टाँवर, राजारानीस्थित ध्वजे डाँडा, अजंगको वरको रुख लगायत पर्यटकीय गन्तव्यहरु छन् ।  पर्यटन व्यवसायी तथा होटल व्यवसायी महासंघका प्रदेश १ सचिव वासुदेव वरालले अंग्रेजी नयाँ वर्षमा पर्यटकहरुको आगमनले उत्साहित बनाएको बताउँदै ग्राहकहरुको कमी नभएको तर प्रोडक्ट तथा पर्यटकीय आकर्षणहरुको कमी देखिएको बताए ।

भेडेटारमा तीन दिने फुड फेस्टिबल

फेस्टिबल उद्घाटन समारोहमा धरानकी महिला पत्रकार मनिता चाम्लिङ र धनकुटाका पत्रकार खगेन्द्र घिमिरेलाई नगद सहित सम्मान पनि गरिएको थियो।...

लयमा फर्कदै पूर्वको पर्यटन

पूर्वको प्रमुख पर्यटकीय गन्तव्य भेडेटारमा भारतीय पर्यटकलाई लक्षित गर्दै अंग्रेजी नयाँ वर्षमा फुड फेस्टिबल आयोजना हुन्थ्यो। यसपालि कोडिभ–१९ को कारण र नाका पनि बन्द भएकाले नवौं फुट फेस्टिबल हुन सकेन।

लयमा फर्कंदै पूर्वको पर्यटन

पूर्वको प्रमुख पर्यटकीय गन्तव्य भेडेटारमा भारतीय पर्यटकहरुलाई लक्षित गर्दै अंग्रेजी नयाँ वर्षमा फुड फेस्टिबल आयोजना हुन्थ्यो। यसपाली कोभिड-१९ को कारण र नाका पनि बन्द भएकोले नवौं फुड फेस्टिवल हुन सकेन।