खण्डीकरणले कृषिको यान्त्रिकीकरणमा समस्या

हाम्रो देशमा कृषिको यान्त्रिकीकरणबारे पहिलेदेखिनै बहस हुँदै आएको छ । जति धेरै छलफल र बहस भए पनि हुनुपर्ने जति विकास यस क्षेत्रमा भएको छैन । यन्त्र उपकरणको सहायताले खेतीपातीको काम सहज तरीकाले गर्ने प्रक्रिया यान्त्रिकीकरण हो । करीब १५/२० वर्षदेखि नेपालमा खन्ने, जोत्ने, बाली भित्र्याउनेजस्ता काममा उपकरण प्रयोग हुन थालेको देखिन्छ । तर, जति दु:खका साथ नेपालले त्यस्ता उपकरण भित्र्यायो त्यसअनुरूप प्रयोग गर्न पछिल्लो समय झन् बढी कठिन भएको अवस्था छ । त्यसको मुख्य कारण खेतीयोग्य जमीनको बढ्दो खण्डीकरण हो । अभिभावकको सम्पत्ति सन्तानका नाममा अंशबन्डा हुने सरकारी नीतिका कारण हरेक वर्ष नेपालमा जग्गाको आकार घट्दै गएको छ । एउटै जग्गा दशौं टुक्रा हुने स्थिति छ । सरकारले घर बनाउने क्षेत्र अलग्गै छुट्ट्याएर खेतीयोग्य जमीनमा घर बनाउन नपाउने नीति बनाउनुपर्छ । जहाँ पायो त्यहीँ घर बनाउन पाउने नीतिका कारण दिन प्रतिदिन खेतीयोग्य जमीन मासिँदै गएको छ । जग्गा चक्लाबन्दी गर्नुपर्नेमा ससाना टुक्रा बन्दै गएको छ । यो क्रमले भविष्यमा हाम्रो सन्ततिसामु ठूलो चुनौती खडा गर्नेछ । यसलाई अहिलेकै नेतृत्व पंक्तिले सुधार गर्नु जरुरी छ । विदेशका अधिकांश मुलुकमा सरकारले खेतीयोग्य जमीनको खण्डीकरण गर्न नपाइने नीति लिएका हुन्छन् । बरु उनीहरूले त्यो जमीनबाट आएको नाफा बाँड्ने गर्छन् । ती मुलुकमा २/३ प्रतिशत किसानले खेती गर्दा पनि आफ्नो देशलाई पुग्ने उत्पादन गरेर पनि विदेशमा निर्यात गर्ने हैसियत राख्छन् । तर, नेपालमा करीब ६५ प्रतिशत किसानले खेती गर्दा पनि दाल, चामल, तरकारी, फलफूल, बीउजस्ता कुरा बाहिरी मुलुकबाट आयात गर्नुपर्ने स्थिति छ । यो सबै हुनुका पछाडि एउटा प्रमुख कारण अत्यधिक मात्रामा जमीनको खण्डीकरण बढ्नु र प्रविधिको कम प्रयोग हो । कसैले १०/१५ बिगाहा जमीनमा ठूलो मात्रामा खेती गर्न खोज्यो भने खण्डीकरणकै कारण जमीन पाउँदैन । एकजना किसानसँग यति धेरै जमीन हुँदैन, त्यसका लागि दशौंजना जग्गाधनीसँग कुरा मिलाउनुपर्ने हुन्छ । त्यो प्रक्रिया निकै झन्झटिलो रहेको सरोकारवाला सुनाउँछन् । कृषि मजदूरका रूपमा कोरिया, जापान, इजरायलजस्ता देशमा गएर आधुनिक खेती प्रविधि सिकेर आएका थुप्रै मान्छे हाम्रो देशमा छन् । तर, उनीहरूले आफूले त्यहाँ सिकेर आएका शीप यहाँ प्रयोग गर्न ठूलो मात्रामा जमीन पाउन निकै समस्या पर्ने गरेको छ । सरकारले तत्काल जग्गाको खण्डीकरण रोकेर चक्लाबन्दीलाई प्रोत्साहन गर्न सकेन भने हाम्रा सन्ततिले निकै दु:ख पाउने स्थिति देखिन्छ । सरकारले घर बनाउने क्षेत्र अलग्गै छुट्ट्याएर खेतीयोग्य जमीनमा घर बनाउन नपाउने नीति बनाउनुपर्छ । जहाँ पायो त्यहीँ घर बनाउन पाउने नीतिका कारण दिन प्रतिदिन खेतीयोग्य जमीन मासिँदै गएको छ । आफूखुशी विकासका मोडेल बनाउने र जहाँ पायो त्यहीँको जमीनमा बाटोघाटो निकालेर जग्गाको प्लटिङ गर्ने प्रवृत्तिका कारण जमीन खण्डीकरणले तीव्रता पाएको छ । बैंक तथा वित्तीय संस्थाले पनि अनावश्यक रूपमा घरजग्गामा अत्यधिक रूपमा कर्जा दिने परिपाटीले जग्गाको खण्डीकरणलाई अझ बढी प्रोत्साहन मिलेको छ । अनुदान वितरणको नीतिले कहिल्यै पनि देशको कृषिक्षेत्रको विकास हुन सक्दैन । लोकसेवा पास गरेर जागीर खाएका योग्य मान्छेहरू अनुदान प्रक्रियाको डकुमेन्ट जाँच गर्न र अनुदान बाँड्न मात्रै भर्ती गरिएका होइनन् । उनीहरूले पढेका र जानेका ज्ञान किसानलाई खेतबारीमै गएर सिकाउनेभन्दा अनुदानकै पछि लाग्दा समस्या यथावत् रहेको बताइन्छ । विश्वका अन्य देश कृषिको यान्त्रिकीकरणमा प्रवेश गरेर काम शुरू गरेको ५०औं वर्षको इतिहास छ । नेपालमा पनि त्यस्ता खालका प्रविधि नभित्रिएका होइनन् । तर, तिनको सही प्रयोग हुन नसक्दा उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न हामी बारम्बार चुकिरहेका छौं । विदेशबाट प्रविधि भित्र्याउने मात्रै होइन, आवश्यक पार्टपुर्जा नेपालमा ल्याएर यतै उत्पादनको काम गर्न पनि नेपाल कृषि मेसिनरी संघले शुरू गरिसकेको छ । तर, अन्य प्रविधिको तुलनामा ठूला खालका यन्त्र उपकरणको प्रयोगमा भने खण्डीकरणका कारण दिनप्रतिदिन समस्या बढ्दै गएको बुझिएको छ । नेपाल कृषि मेशिनरी संघले दिएको जानकारीअनुसार नेपालमा अहिले ४० प्रतिशत किसानले खेतीपातीको समयमा मेशिन तथा उपकरणको प्रयोग गर्छन् । यद्यपि उनीहरूले पनि जमीनको फैलावट सानो भएका कारण मेशिनको प्रयोग त्यति धेरै प्रभावकारी ढंगले गर्न सकेका छैनन् ।

सम्बन्धित सामग्री

स्लिप एप्निया : समस्या र समाधान

स्लिप एप्नियाले निदाउन समस्या हुने भएकाले दिउँसो निद्रा लाग्ने र राति निदाउँदा पनि घुर्नेजस्ता समस्या देखिन्छ, यस्तो समस्या भएका मानिसलाई जतिवेला पनि निद्रा लाग्न सक्छ कोभिड– १९ महामारीपछि कतिपय मानिसमा दिउँसै...

पैताला पोल्ने समस्या र यसको उपचार

काठमाडौं – अहिले गर्मीमा हामीलाई धेरै खालका समस्याले सताएका हुन्छन्। त्योमध्ये एक हो पैताला पोल्ने समस्या। गर्मी मौसम लागेसँगै केही मानिसमा पैताला पोल्ने समस्या हुने गर्दछ। कतिपयमा त यो समस्या हुँदा भतभती पैताला पोल्ने गर्दछ। यो समस्या पहिला वृद्धामा धेरै हुने गरेको थियो। तर अहिले युवा तथा बालबालिकामा पनि यो समस्या देखा पर्न थालेको छ। […]

जनताका समस्या नै मेरा समस्या हुन् : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जनताका समस्या नै आफ्ना समस्या भएको बताएका छन् । बिहीबार गलकोट नगरपालिकामा चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै जनताको समस्यासँग आफू परिचित भएको बताउँदै जनताको समस्या नै आफ्ना समस्या भएको बताए । उनले लामो आन्दोलन र बलिदानीबाट प्राप्त भएको उपलब्धिको रक्षाका लागि बाम लोकतान्त्रिक शक्ति एक ठाउँमा हुनुपरेको उल्लेख गरे ।  विपक्षीले अर्ग्यानिक उम्मेदवारको हल्ला चलाएको बताउँदै बागलुङको विकाशका लागि धेरै काम गरेको दाबी गरे । “विपक्षील

जनताका समस्या नै मेरा समस्या हुन्ः देवेन्द्र पौडेल

बागलुङ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जनताका समस्या नै आफ्ना समस्या भएको बताएका छन्। गलकोट नगरपालिकामा चुनावी कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै जनताको समस्यासँग आफू परिचित भएको बताए। उनले लामो आन्दोलन र बलिदानबाट प्राप्त उपलब्धि रक्षाका लागि वाम लोकतान्त्रिक शक्ति एक ठाउँमा हुनुपरेको उल्लेख गरे। विपक्षीले अर्गानिक उम्मेदवारको हल्ला चलाएको बताउँदै बागलुङको विकासका लागि […]

‘ह्वाट्स एप’ मा समस्या

मेसेजिङ एप ‘ह्वाट्स एप’ मा समस्या देखिएको छ । यसका प्रयोगकर्ताहरूलाई सन्देश पठाउन समस्या देखिएको हो ।ह्वाट्स एपको प्यारेन्ट कम्पनी मेटाका प्रवक्ताले भने, ‘हामीलाई केही प्रयोगकर्ताहरूले ह्वाटस् एपबाट मेसेज गर्न समस्या भइरहेको जानकारी छ र हामी यो समस्या समाधान गर्ने प्रयास गरिरहेका छौँ । हामी चाँडोभन्दा चाँडो यो समस्या समाधान गर्ने कोसिस गरिरहेका छौँ ।’ऐपको व्यक्तिगत र सामुहिक च्याट दुवैमा समस्या देखिएको छ । डाउन डिटेक्टर वेबसाइटका अनुसार हजारौँ प्रयोगकर्ताहरुले यो समस्या भ

रुकुमकोटमा खानेपानीको समस्या

रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ मा खानेपानीको समस्या देखिएको छ । खडेरी सुरु भएसँगै सिस्ने–५ मा खानेपानीको चरम समस्या देखिएको हो । सदरमुकामसमेत रहेको गाउँ यहाँको बढ्दो जनसङ्ख्या र पानीको अन्य स्रोत नहुँदा खानेपानीको समस्या बढ्दै जान थालेको हो । हरेक वर्षको यसै समयमा सिस्ने–५ को टाकुरा र बाहुनठानामा खानेपानीको समस्या देखिने गरेको छ । […]

रुकुमकोटमा खानेपानीको समस्या

रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ मा खानेपानीको समस्या देखिएको छ । खडेरी सुरु भएसँगै सिस्ने–५ मा खानेपानीको चरम समस्या देखिएको हो । सदरमुकामसमेत रहेको गाउँ यहाँको बढ्दो जनसङ्ख्या र पानीको अन्य स्रोत नहुँदा खानेपानीको समस्या बढ्दै जान थालेको हो । हरेक वर्षको यसै समयमा सिस्ने–५ को टाकुरा र बाहुनठानामा खानेपानीको समस्या देखिने गरेको छ । अहिले पनि दुई साता बढी समयदेखि टाकुरा र बाहुनठानामा खानेपानीको समस्या भइरहेको नागरिकले बताएका छन् । कहिले धारामा पानी नझर्ने र कहिले एक&n

साँघुरा बस्तीले समस्या

गुल्मी-सरकारले निर्माण गरेका नमुना बस्ती साँघुरा हँुदा समस्या भएको छ । गुल्मीका विभिन्न ठाउँमा निर्माण गरिएका नमुना बस्तीहरू साँघुरा भएको भन्दै पीडित बस्न नमानेपछि समस्या भएको हो ।जिल्लाको सत्यवती गाउँपालिका–६ जोहाङमा निर्माण गरिएको माझी बस्तीमा समस्या हुँदा माझी समुदाय पुरानै जीर्ण घरमा बस्न बाध्य भएका छन् । आफूहरूको ठूलो समस्या बस्तीमा सबै घरहरू एकै ठाउँमा […]

मोरङ कारागारमा खानेपानीको समस्या, कैदीबन्दीलाई छालासम्बन्धी समस्या

१९ फागुन, विराटनगर । क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिएको मोरङ कारागारमा खानेपानीको समस्या रहेको कैदीबन्दीले गुनासो गरेका छन् । ३०० जना क्षमता रहेको कारागारमा ९६९ कैदीबन्दी छन् । कष्टकर रुपमा बसिरहेका कैदीबन्दीले खानेपानीको समस्या भएको गुनासो गरेका हुन् । खानेपानीकै कारण कैदीबन्दीमा छालासम्बन्धी समस्या पनि देखिएको चौकीदार अभिषेक गिरीले बताए । ‘कारागारमा २०६ जना […]

बढ्दै मानसिक समस्या

नेपालमा कुल जनसङ्ख्याको चार प्रतिशतमा मानसिक समस्या रहेको पाइएको छ । राष्ट्रिय स्वास्थ्य सर्वेक्षण २०७७ को अनुसार देशको कुल जनसङ्ख्याको चार प्रतिशतमा मानसिक समस्या रहेको पाइएको हो ।