धनगढी : नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस‚ नेकपा माओवादी र एमाले (माधव-झलनाथ) समूह निकट पत्रकार संगठनको प्यानल विजयी भएको छ।महासंघ सुदूरपश्चिमको अध्यक्षमा योगेश रावल निर्वाचित भएका छन्। उनी प्रेस युनियन, प्रेस संगठन, प्रेस चौतारी (माधव-झलनाथ समूह) गठबन्धनको उम्मेदवार हुन्। उनले ७५६ मत प्राप्त गरे भने प्रेस चौतारी (ओली समूह)को नेतृत्व गरेका कृष्ण ओलीले २९२ भोट प्राप्त गरेका छन्।रावलको प्यानलमा उपाध्यक्ष योगेन्द्र बलायर, महासचिव रामसिंह ठगुन्ना, सचिव हरि जोशी, समावेशी
नेपाल पत्रकार महासंघको बुधबार देशैभर एकसाथ सम्पन्न मतदानको मतगणना जारी रहेको छ । अधिकांश स्थानमा सत्ता निकट गठबन्धन र माओवादी–काँग्रेस निकट लोकतान्त्रिक–व्यवसायिक गठबन्धनको प्यानल चुनावी मैदानमा थिए । हालसम्म प्राप्त प्रारम्भिक चुनावी नतिजाअनुसार लोकतान्त्रिक–व्यवसायिक गठबन्धन अगाडि देखिएको छ भने सत्ता निकट पत्...
विराटनगर : नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि मोरङको विराटनगरमा मतदान सुरु भएको छ।
मतदान बुधबार बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म हुनेछ। महासंघ मोरङ जिल्ला समितिको निर्वाचनमा २० पदका लागि ४७ जनाको उम्मेदवारी परेको छ।
अध्यक्षमा दुईजना सहित सदस्य, प्रदेश परिषद सदस्य र केन्द्रिय परिषद सदस्य गरी ४७ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।