‘सरकार ! तुइन विस्थापन गरियोस्’

प्रतिनिधि सभाको मंगलवारको बैठकमा सांसदहरूले देशैभरिका तुइन विस्थापन गरी पुल निर्माण गर्न माग गरेका छन् । बैठकको विशेष समयमा उनीहरूले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पटक–पटक तुइन विस्थापन भएको भने पनि अहिले पनि दुर्गम जिल्लामा तुइन यथावत् रहेको जनाउँदै जतिसक्दो चाँडो तुइन विस्थापन गरी पुल निर्माण गर्न जोड दिएका हुन् ।   नेपाली कांग्रेसका दिलेन्द्र बडूले भने, ‘पूर्व प्रधानमन्त्री ओलीले तुइन विस्थापन भयो भन्नुभएको होइन ? तुइन त जहाँको तहीँ छ, अब यो सरकारले तुइन विस्थापन गरी पुल निर्माण गर्नुपर्छ । दा...

सम्बन्धित सामग्री

तुइन विस्थापन नारामै सीमित

सल्यान : सरकारले ८ वर्षअघि देशभर तुइन विस्थापन गर्ने घोषणा गरे पनि कार्यान्वयन हुन सकेको छैन।तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले (२०७२ साल)मै दुई वर्षभित्र तुइन विस्थापित गर्ने उद्घोष गरे पनि सल्यान र जाजरकोटका स्थानीय बासिन्दा अझै पनि तुइनकै भरमा भेरी नदी वारपार गर्न बाध्य छन्।सरकारले तुइन हटाएर झोलुंगे पुल बनाउने योजना अघि सारे पनि घोषणा गरेको झन्डै एक दशक हुँदा पनि तुइन विस्थापन हुन सकेको छैन।पायक पर्ने ठाउँमा पुल नहुँदा दैनिक उपभोग्य सामग्री ओसारपसार गर्ने, विद्यार्थी, महिला बिरामी र बाल

कर्णालीमा तुइन विस्थापन : १९ झोलुंगे पुल निर्माण कार्य अन्तिम चरणमा

सुर्खेत । नेपाल सरकारले तुइन विस्थापनलाई प्राथमिकतामा राखेसंगै कर्णाली प्रदेशमा झोलुंगे पुल निर्माण कार्यले प्राथमिकता पाएको छ । सहरी विकास मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विभाग, स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय सुर्खेतले कर्णालीका विभिन्न जिल्लामा १९ वटा पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । कार्यालयका सिनियर डिभिजनल इन्जिनियर पुण्यराम सुलुका अनुसार मालीगाढ दुल्लु झोलुंगे […] The post कर्णालीमा तुइन विस्थापन : १९ झोलुंगे पुल निर्माण कार्य अन्तिम चरणमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एक वर्षमा तीन वटा तुइन विस्थापन

कर्णाली नदीमाथि निर्माण गरिएका तीन वटा तुइन विस्थापन भएका छन् । तुइन भएका स्थानमा झोलुङ्गे पुल निर्माण भएपछि तुइनहरु विस्थापन मात्र भएका छैनन्, यात्रुहरू सुरक्षित रूपमा कर्णाली नदीमा वारपार गर्न थाल्नु भएको हो ।

घोषणामा तुइन हट्यो, व्यवहारमा तर्नैपर्ने बाध्यता

रुकुम (पूर्व) : सरकारले २०७२ सालमा तुइन विस्थापन कार्यक्रम ल्याउँदा रुकुम (पश्चिम)का खिमबहादुर नेपालीलाई भेरी तर्न अब तुइनको जोखिमपूर्ण यात्रा गर्नुपर्दैन भन्ने लागेको थियो।सरकारले तुइन हटाउने घोषणा गरेको सात वर्षसम्म पनि आठबीसकोट नगरपालिका–१४ निवासी नेपालीलाई घर नजिकको तुइनबाट भेरी तर्नैपर्ने बाध्यता छ। अझै विकट बस्तीका स्थानीय जोखिम मोलेर तुइनबाटै नदी वारपार गर्न बाध्य छन् ।त्यतिखेर जीवन निकै सहज हुने भयो भन्ने उनलाई लागेको थियो। विगतमा आफूले चिनेका व्यक्तिको ज्यान गएको थाहा पाएका उनलाई

तुइन विस्थापन घोषणामै सीमित

सुर्खेत । सरकारले ७ वर्षपहिले नै देशभर तुइन विस्थापन गर्ने घोषणा गरे पनि कर्णालीका विभिन्न जिल्लामा पूर्णरूपमा कार्यान्वयन हुन सकेको छैन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो कार्यकाल (२०७२ साल)मै दुई वर्षभित्र तुइन विस्थापन गर्ने उद्घोष गरेपछि कर्णालीका बासिन्दा उत्साहित भएका थिए। त्यस बेला तुइन हटाएर झोलुंगे पुल निर्माणको योजना अघि सारियो । तर घोषणाको वर्षौं बितिसक्दा पनि तुइन विस्थापन हुन सकेको छैन । प्रदेशका हुम्ला, जाजरकोटलगायतका ग्रामीण क्षेत्रका स्थानीयवासी अझै पनि तुइनबाट कष्टकर यात्रा गर्न बाध्य छन् । पायक पर्ने स्थानमा पुल नहुँदा दैनिक उपभोग्य सामग्री ओसारपसार गर्नेहरू, विद्यार्थी, महिला, बिरामी र बालबालिकाले आवतजावतमा सास्ती खेप्दै आएका छन् । सरकारले पछिल्लो ६ वर्षमा प्रदेशका धेरै स्थानमा तुइन विस्थापन गरेर झोलुंगे पुल बनाए पनि अझै केही स्थानमा बनाउन सकेको छैन । प्रदेशका भेरी र कर्णाली नदीसँगै अन्य खोलाखोल्सामा झोलुंगे पुल बन्न नसक्दा नागरिकले दुःख पाइरहेका छन् । जाजरकोटको विकट बस्तीमा अहिले पनि तुइनमा झुन्डिएर स्थानीयले नदी वारपार गर्नुपर्ने बाध्यता छ । जाजरकोटको नलगाड नगरपालिका १, ठूलाबगर र पश्चिम रुकुमको आठबीसकोट नगरपालिका १४, छोटेतराबीच भेरी नदीमा तुइनकै सराहा लिनुपर्ने अवस्था छ । नदीमा झोलुंगे पुल  र अन्य स्थानबाट पनि आवतजावत गर्ने बाटो नहुँदा वर्षौंदेखि यहाँका बासिन्दा तुइनबाट जोखिमपूर्ण यात्रा गर्दै आएका छन् । ठूलाबगर, खर्चा, दम्सिला, भित्रखोला, ओडारा, पाली लगायत गाउँका १०० घरपरिवार स्थानीय प्रविधिबाट निर्मित तुइनकै भरमा वारपार गर्न बाध्य छन् । त्यस्तै पश्चिम रुकुमका पिपलचौर, छोटेतरा, छेपारे, चाख्लेमेला लगायत ठाउँका बासिन्दा खोला वारपार गर्ने माध्यम तुइन नै रहेको छ । स्थानीय प्रविधिबाट काठले बनेको ढुंग्रोमा बसेर फलामको डोरीमा झुन्डिएर भेरी नदी तर्ने गरेको स्थानीय वीरबहादुर पुनले बताए । ‘तुइन तरेरै जिन्दगी बित्न थाल्यो, पुल बनाउने कोही भएनन्,’ उनले भने । पुल बनाइदिन विभिन्न निकायसँग आग्रह गर्दा पनि सुनुवाइ नभएको गुनासो उनको छ । ‘पुल भएको स्थानसम्म पुग्न डेढ घण्टा लाग्छ । त्यो पनि जोखिमपूर्ण भीरको बाटो छ,’ उनले भने, ‘अप्ठ्यारो बाटोबाट लडेर केही व्यक्तिको ज्यान समेत गइसकेको छ ।’ अप्ठ्यारो बाटोबाट जोखिमपूर्ण जावतजावत गर्नुभन्दा तुइनकै सहायता लिनु आफूहरूलाई ठीक लागेको स्थानीय झरना घर्तीले बताइन् । उनका अनुसार स्कुले बालबालिका, वृद्धवृद्धा लगायतलाई तुइनकै भरमा नदी वारपार गर्नुपर्ने बाध्यता छ । ‘केही वर्ष अघिसम्म नदी वारपार गर्न नाउको प्रयोग गरिन्थ्यो,’ उनले भनिन्, ‘यसरी वारपार गर्ने क्रममा नदीमा बगेर धेरैले ज्यान गुमाएका छन् ।’ २५ वर्षअघि बनेको उक्त तुइनकै भरमा दैनिक उपभोग्य वस्तुको आपूर्ति, औषधि उपचार र अन्य कामकाजका लागि सदरमुकाम खलंगा आवतजावत गर्नुको विकल्प नरहेको वडाध्यक्ष हीरालाल पुनले बताए । पुल बनाइदिन विभिन्न निकायमा पटक–पटक आग्रह गरे पनि सम्बन्धित निकायले ध्यान नदिएको गुनासो उनले गरे ।

तीन महिनाभित्र तुइन विस्थापन गर्ने सरकारको तयारी

सरकारले आगामी चैतभित्र तुइन विस्थापन गर्ने गरी काम गरिरहेको छ । कोरोनाको प्रकोप बढिरहेको बेलासमेत स्वास्थ्य मापदण्ड पूरा गर्दै तुइनको स्थानमा झोलुङ्गे पुल निर्माणको काम धमाधम भइरहेको सरकारी अधिकारीले बताएका छन् ।  देशभर १४३ वटा तुइन रहेकोमा अहिलेसम्म १३१ वटा तुइन विस्थापन गरी सो स्थानमा झोलुङ्गे पुल निर्माण गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागले जनाएको छ । विभागका महानिर्देशक इश्वरचन्द्र मरहट्ठाले बाँकी रहेका झोलुङ्गे पुल निर्माण कार्य धमाधम भइरहेको बताए । गोरखापत्र ...

अझै तुइनमा झुण्डिएर तर्नुपर्छ महाकाली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा तुइन विस्थापन गर्ने निर्णय भएको हो।

हटेन तुइन तर्ने बाध्यता

दार्चुलाको उत्तरी क्षेत्रका महिला बच्चासहित महाकाली नदीमाथिको तुइन तर्दै । सरकारले विसं ०७४ असोजभित्रै देशभरका तुइन विस्थापन गर्ने भने पनि महाकाली नदीमाथि लगाइएका तुइन अझै विस्थापन भएको छैन । तस्बिरः नरेन्द्रसिह कार्की/रासस

झोलुङ्गे पुल निर्माण गर्न ५ अर्ब

काठमाडौं। देशका सबै तुइन विस्थापन गरेर झोलुङ्गे पुल बनाउन ५ अर्ब बजेट विनियोजन भएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षमा देशका सबै तुइन विस्थापन गर्न उक्त बजेट विनियोजन गरेका हुन्।