भेडेटारमा नयाँ वर्ष मनाउनेको भीड

नयाँ वर्ष मनाउन बिहीबार पुर्वको पर्यटकीयस्थल भेडेटार आसपासका स्थानमा सयौं आन्तरिक तथा वाहृय पर्यटकको घुइँचो लागेको छ । पूर्वका मोरङ, सुनसरी, झापा लगायतबाट आन्तरिक पर्यटक भित्रिएको होटल व्यवसायी रमेश श्रेष्ठले बताए । यसैगरी भारतको बिहार, दार्जिलिंग, सिक्किम लगायत प्रान्तबाट पनि आएको उनले जनाए ।

सम्बन्धित सामग्री

भेडेटारमा पर्यटक बढे

धनकुटा : ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष सन् २०२३ विश्वभर मनाइँदै छ। यो संवत् नेपालमा औपचारिक प्रचलनमा नभए पनि नेपाल आउने विदेशीले प्रयोग गर्ने गरेका छन्। यो संवत् विभिन्न देशले चलाउने भएकाले विश्वभर मनाइन्छ।यसै अवसर पारी धनकुटामा भेडेटार फुड फेस्टिभल आयाजना गरिएको छ। होटल एसोसिएशन अफ भेडेटारको आयोजनामा सोमबारसम्म सञ्चालन हुनेछ। २०६९ सालदेखि वार्षिक आयोजना हुँदैआएको महोत्सव कोभिड १९ का कारण २०७७ मा सञ्चालन हुन सकेको थिएन।नयाँ वर्ष मनाउन भेडेटारमा आन्तरिक तथा भारतीय पर्यटकको घुइँचो लागेक

भेडेटारमा सुरु भयो खाना महोत्सव

धनकुटाको भेडेटारमा दसौं खाना महोत्सव सुरु भएको छ। अंग्रेजी नयाँ वर्ष २०२३ को अवसर पारेर होटल एसोसियएशन भेडेटारले फुड फेस्टिभल आयोजना गरेको हो। महोत्सवको प्रदेश नं. १ का सांसद निरन...

दशौँ भेडेटार फुड फेस्टिभल शुरु (फोटो फिचर)

धनकुटा : धनकुटाको भेडेटारमा दशौँ भेडेटार फुड फेस्टिभल शुरु भएको छ। होटल एसोसिएशन अफ भेडेटारको आयोजनामा फेस्टिभल उद्घाटन गर्दै प्रदेश १ का सांसद निरन राईले भेडेटारको विकासका लागि सबैको हातेमालो हुनुपर्ने बताए।धनकुटादेखि ३५ किलोमिटर दक्षिण तथा धरानदेखि करिब १७ किलोमिटर उत्तरमा अवस्थित भेडेटार पूर्वकै प्रमुख पर्यटकीय गन्तव्यस्थल हो। भेडेटारमा ग्रेगोरियन नयाँ वर्षको अवसर पारेर पर्यटन प्रवर्धन गर्ने उद्देश्यले हरेक वर्ष फेस्टिभल आयोजना हुने गरेको छ।भेडेटार आउने विदेशी पर्यटमा सबैभन्दा धेरै भारतीय हुन

अंग्रेजी नयाँ वर्ष :  भेडेटारमा विदेशी पर्यटक लक्षित फेष्टिबल

धनकुटा : हरेक नयाँ वर्षमा नेपालमा पनि विदेशी पर्यटकलाई लक्षित गरी विभिन्न कार्यक्रम हुने गरेका छन्। नयाँ वर्षमा नेपाल आउने पर्यटकका लागि हुने यस्ता कार्यक्रमले पर्यटन बजारमा नयाँ उमंग ल्याउने गर्छ।विशेष गरी नयाँ वर्षमा घुम्न जाने धेरैको योजना हुन्छ। त्यसकारण पर्यटन व्यवसायीले आफ्नो व्यापार विस्तारको राम्रो मौकाका रुपमा नयाँ वर्षलाई उपयोग गर्छन्।नेपाली नयाँ वर्षमा आन्तरिक पर्यटकको चहलपहल हुने भए पनि अंग्रेजी नयाँ वर्षमा विदेशी पर्यटक नेपाल घुम्न आउने गर्छन्। विदेशी पर्यटकमध्ये धेरै भारतिय पर्यटक

भेडेटारमा खाना महोत्सव हुने

अंग्रेजी नयाँ वर्ष सन् २०२३ को अवसर पारेर पर्यटकीय स्थल भेडेटारमा परिकार महोत्सव हुने भएको छ । होटेल एसोसिएसन भेडेटारले पुस १६ गतेदेखि १८ गतेसम्म तीनदिने परिकार महोत्सव आयोजना गर्न लागेको...

धनकुटामा अंग्रेजी नयाँ वर्ष २०२३ मा खाना महोत्सव हुने

धनकुटा । प्रदेश-१ काे चर्चित पर्यटकीय क्षेत्र भेडेटारमा अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा खाना महोत्सव आयोजना गरिने भएको छ । धनकुटाको भेडेटारमा शनिबार पत्रकार सम्मेलन गर्दै आयोजक होटल एसोसिएशन भेडेटारले महोत्सव आयोजना हुने जानकारी दिएको हो । यहि पुस १६ गतेदेखि ३ दिनसम्म परिकार महोत्सव गर्ने भएको हो । महोत्सवमा स्थानीय खानाका परिकार, अर्गानिक […]

भेडेटारमा भेडेटार फुड फेस्टिबल

धनकुटा (अस) । प्रदेश १ को प्रमुख पर्यटकीय स्थल धनकुटाको भेडेटारमा तीन दिने नवौं भेडेटार फुड फेस्टिबल सुरु भएको छ । होटल एसोसिएसन अफ भेडेटारको आयोजनामा फेस्टिबल सुरु भएको हो । फेस्टिबल उद्घाटन प्रदेश १ का भौतिक योजना तथा पूर्वाधारमन्त्री हिमाल कार्कीले उद्घाटन गरे । भेडेटार पूर्वकै प्रमुख पर्यटकीय गन्तव्य भएकाले यहाँको पर्यटन प्रवर्द्धनमा प्रदेश सरकारले सहयोग गर्ने मन्त्री कार्कीले बताए । भेडेटारमा अंग्रेजी नयाँ वर्ष अवसर पारेर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले फेस्टिबल आयोजना गरिएको महोत्सव आयोजक अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए । उनका अनुसार भेडेटार आउने विदेशी पर्यटकमा सबैभन्दा धेरै भारतीय हुन्छन् । नयाँ वर्षमा भारतीयको बिदा हुने भएकाले तिनलाई भेडेटारमा आकर्षित गर्न फेस्टिबल आयोजना गरिएको उनले बताए । धरान र धनकुटाको पर्यटन प्रवद्र्धनमा भेडेटारको मुख्य भूमिका रहेकाले यसको थप प्रचार गर्न फेस्टिबल आयोजना गरिएको हो । तीन दिनसम्म सञ्चालन हुने फेस्टिबलमा विभिन्न जातीय परिकारका स्टल, अर्गानिक खानाका स्टल, स्थानीय कृषि उत्पादन गरी १५ स्टल रहेका छन् । फेस्टिबल उद्घाटन अवसरमा हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो । फेस्टिबल अवधिमा भेडेटार धरान प्याराग्लाइडिङ, मूलघाट (चतरा र्‍याफ्टिङ, नमस्ते झरनामा क्यानोनोइङ, साइक्लिङ, ध्वजेडाँडाबाट सूर्योदय हेर्ने प्याकेजिङ, राजारानी तालमा बोटिङजस्ता पर्यटकीय गतिविधि सञ्चालन हुनेछन् । फेस्टिबल करिब ३० हजारले अवलोकन गर्ने आयोजकको अनुमान छ ।

अंग्रेजी नयाँ वर्षमा भेडेटारमा

धनकुटा- अग्रेजी नयाँ वर्षको अवसरमा धनकुटाको भेडेटारमा खाना महोत्सव सुरु भएको छ ।नयाँ वर्ष २०२२ को अवसर पारेर पर्यटकीय स्थल भेडेटारमा तीनदिने खाना महोत्सव भई रहेको छ । महोत्सवको प्रदेश–१ का भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्कीले उद्घाटन गरेका हुन् । मन्त्री कार्कीले प्रदेशको मुख्य पर्यटकीय केन्द्र रहेको भेडेटारलाई विकास गर्न प्रदेश सरकारले विशेष योजना […]

नयाँ वर्ष मनाउन भेडेटारमा आन्तरिक र बाह्य पर्यटकहरुको घुइँचो

अंग्रेजी नयाँ वर्ष २०२२ लाई स्वागत गर्न पूर्वको प्रमुख पर्यटकीयस्थल भेडेटारमा पर्यटकहरुको भीड लागेको छ।...

भेडेटारमा नवौं फुड फेष्टिवल पुस १६ गतेदेखि शुरु

पुस १२, धनकुटा । प्रदेश १ को प्रमुख पर्यटकीयस्थल धनकुटाको भेडेटारमा तीन दिने नवौं भेडेटार फुड फेष्टिवल आयोजना हुने भएको छ । होटल एसोसिएशन अफ भेडेटारले पुस १६ देखि १८ गतेसम्म फेष्टिवल गर्ने भएको हो ।  चिसो मौसम रहने धनकुटादेखि ३५ किलोमिटर दक्षिण तथा धरानदेखि करीब १७ किलोमिटर उत्तरमा अवस्थित भेडेटार पूर्वकै प्रमुख पर्यटकीय गन्तव्यमा पर्छ । भेडेटारमा अंग्रेजी नयाँ वर्षको अवसर पारेर पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले फेष्टिवल आयोजना गर्न लागिएको अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए ।  उनका अनुसार पूर्व आउने विदेशी पर्यटकहरुमा सबैभन्दा धेरै भारतीय हुन्छन् । नयाँ वर्षमा भारतीयहरुको विदा हुने भएकोले उनीहरुलाई पूर्वी नेपाल र विषेश गरि भेडेटारमा आकर्षित गर्न फेष्टिवल आयोजना गरिन लागेको उनले बताए । तर यो वर्ष कोभिड-१९ को नयाँ भेरियन्टका भारतीय पर्यटक कम आउने आशंका पनि रहेको अध्यक्ष रुम्दालीले बताए ।  २०६९ सालदेखि हरेक वर्ष हुँदै आएको फेष्टिबल कोभिड १९ का कारण गत वर्ष सञ्चालन हुन सकेको थिएन । धरान र धनकुटाको पर्यटन प्रवर्द्धनमा भेडेटारको उल्लेख्य भुमिका रहेकाले यसको अझै प्रचारप्रसार गर्न र पर्यटनसँगै आर्थिक विकास पनि हुन्छ भनेर अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा फेष्टिवल आयोजना गर्ने निर्णय भएको होटल एसोसिएशन अफ भेडेटारका सल्लाहकार नरबहादुर चेम्जोङले बताए । तीन दिनसम्म हुने फेष्टिवलमा विभिन्न जाति परिकारका स्टलहरु, अर्गानिक खानाका स्टल, स्थानीय कृषि उत्पादनका स्टलहरु राखिने आयोजक होटल एशोसिएशन अफ भेडेटारले जानकारी दिएको छ । फेष्टिबलको अवसरमा भेडेटार धरान प्याराग्लाइडिङ, मुलघाट (चतरा ¥याफ्टिङ, नमस्ते झरनामा पानीबाट डोरी टाँगेर झर्ने क्यानोइङ, साइक्लिनिङ, ध्वजेडाँडाबाट सुर्योदय हेर्ने प्याकेजिङ, राजारानी तालमा बोटिङ जस्ता पर्यटकीय गतिविधि सञ्चालन गरिने भएको छ । त्यस्तै, डाँडाबजारमा रहेको ठूलो अजगंको रुख हेर्ने अवसर, स्थानीय जातिको खानेकुराको प्रदर्शनी, कृषिसँग सम्बन्धित उत्पादित वस्तुको प्रदर्शनी तथा व्यापार हुने आयोजकले जानकारी दिएको छ ।  तीन दिनसम्म हुने फेष्टिवलमा भेडेटार बजारका होटल, घरेलु उद्योग मार्फत बाँसबाट बनेका सामग्री, खुकुरी, ढाकाकपडा, जातीय परिकार गरी १५ विविध प्रकारका स्टलहरु हुनेछन् । फेष्टिवलमा करीब ३० हजार पर्यटकहरु सहभागी हुने आयोजकको अनुमान छ ।  करीब १९ लाख खर्च हुने अनुमान गरिएको फेष्टिवलको अवधिमा भेडेटारमा करीब एक करोडको कारोबार हुने आयोजकको अपेक्षा छ । फेष्टिवल पश्चात वर्षभरिमा भेडेटारमा पर्यटकहरुको वृद्धि हुने अपेक्षा गरिएको आयोजकले जानकारी दिएको छ ।  फेष्टिबलको प्रायोजक गोर्खा ब्रुअरी रहेको छ । यस्तै प्रवर्द्धक नेपाल पर्यटन बोर्ड र सहयोगी साँगुरीगढी गाउँपालिकाको कार्यालय र साँगुरीगढी गाउँपालिका ६ नम्बर वडा कार्यालय रहेका छन् । फेष्टिबलमा राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरु दैनिक प्रस्तुति रहने बताइएको छ । फेष्टिवलको अवधिमा ६ हजार ६०० रुपैयाँ भेडेटारमा, भेडेटार पाथिभरा २७ हजार र धरान पाथिभरा ३२ हजारमा हुँदै आएको माउन्टेन फ्लाइट १५ प्रतिशत छूटमा गराईने सञ्चालक सन्दिप भण्डारीले जानकारी दिए । यस्तै भेडेटार धरान जीपलाईनमा पनि १५ प्रतिशत छूट गरिने आयोजकले जानकारी दिएको छ । भेडेटार धरान जीपलाईन यसअघि एक हजार २००, १ हजार ५०० र २ हजारमा हुँदै आएको छ ।