प्रदेश १ को नीति तथा कार्यक्रममा सांसदहरुले बोल्ने क्रम सकियो

काठमाडौं। प्रदेश १ को बजेट अधिवेशनमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा सांसदहरुले बोल्ने क्रम सकिएको छ। दुई दिनसम्म सांसदहरुले सरकारको नीति तथा कार्यक्रममा छलफल गरेका थिए। प्रदेशसभा बैठकमा विपक्षी दलका सांसदहरुले कार्यान्वयन गर्न नसकिने महत्वाकांक्षी र आश्वासन मात्र भएको आरोप लगाए। सत्तारोध दलका सांसदहरुले भने नीति कार्यक्रमको बचाउ गरेका छन्। बैठक भोलि २ बजे पुनः बस्ने प्रदेश सचिवालयले जनाएको छ।

सम्बन्धित सामग्री

प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित

विराटनगर । प्रदेश सरकारको तर्फबाट प्रदेशसभामा प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रम बहुमतले आज पारित भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ३८(३) बमोजिम आव २०७९/८० का लागि मुख्यमन्त्री राजेन्द्रकुमार राईले सो प्रस्ताव पेस गरेका थिए । नीति तथा कार्यक्रममा उठेका प्रश्नका जवाफमा मुख्यमन्त्री राईले अघिल्लो सरकारको कारण वर्तमान सरकारलाई […]

प्रदेश १ को नीति तथा कार्यक्रममा समेटिए स्वास्थ्यका यी १२ विषय

प्रदेश १ सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गरेको छ।

प्रदेश १ को नीति तथा कार्यक्रम : कृषि क्षेत्रलाई उच्च प्राथमिकता (पूर्णपाठसहित)

प्रदेश १ सरकारले कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिँदै सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ । सरकारका तर्फबाट प्रदेश प्रमुख परशुराम खापुङले बुधबार प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा सरकारले कृषि क्षेत्रको विकासको लागि प्रादेशिक कृषि विकास रणनीति तय गर्ने उल्लेख छ । यस्तै दिगो कृषि विकासका लागि माटो परीक्षण र माटो सुधार कार्यक्रम ल्याउने, उत्पादनको आधारमा किसानलाई सोझै अनुदान दिने, किसानलाई मौसम सम्बन्धित नियमित सूचना दिने व्यवस्था गर

प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित

विराटनगर । प्रदेश १ को आर्थिक बर्ष २०७८/७९ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रतिपक्षमा रहेका कांग्रेस माओवादीले समर्थन नदिए पनि नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । यसँगै प्रदेश सरकारलाई असार १ गते बजेट ल्याउने बाटो खुलेको छ । आइतवार प्रदेशसभामा निर्णयार्थ प्रस्तुत गरिएको नीति तथा कार्यक्रम जनता समाजवादी समेतले समर्थन गरेपछि बहुमत जुट्न सहज भयो । सरकारको वार्षिक नीति तथा कार्यक्रममा चुरे क्षेत्र संरक्षणसम्बन्धी विषय समेट्न जनता समाजवादी संसदीय दलका नेता जयराम यादवले राखेको संशोधन प्रस्ताव मुख्यमन्त्री शेरधन राईले स्वीकारयोग्य भएको बताएका थिए । सरकारले आफ्नो दलको तर्फबाट राखेको प्रस्तावलाई समर्थन गरेको भन्दै यादवले वार्षिक नीति तथा कार्यक्रममा पेश गरेको संशोधन प्रस्ताव फिर्ता लिएका थिए । ९३ सदस्यीय प्रदेश १ को प्रदेशसभामा नेकपा एमालेका सभामुखबाहेक ५० सांसद छन् भने जनता समाजवादीका तीन जना सांसद छन् । एमाले एक्लैको बहुमत पुग्ने भए पनि जनता समाजवादीसमेतले संशोधन प्रस्ताव फिर्ता लिएपछि सरकारलाई अझ सहज भएको हो । यादव जनता समाजवादीका उपेन्द्र यादव निकट हुन् । प्रदेश १ मा यादव नेतृत्वकै बहुमत छ । प्रदेशसभामा वार्षिक नीति तथा कार्यक्रम पारित गरिने भए पनि सत्ताधारी दल नेकपा एमालेका सबै सांसद सहभागी थिए । एमालेले कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसेका दुई राज्यमन्त्री र एक प्रदेशसभा सदस्यलाई समेत बैठकमा अलग्गै कक्षमा राखेर सहभागी गराएको हो । प्रदेश १ को प्रदेशसभामा नेकपा एमालेको स्पष्ट बहुमत छ । माधव नेपाल समूहका सांसदले साथ नदिने आशंकाबीच संसदीय दलका तर्फबाट सबै सांसदलाई बैठकमा उपस्थित गराइएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्को विपक्षी दल नेकपा माओवादी केन्द्रका तर्फबाट नीति तथा कार्यक्रममाथि राखिएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

प्रदेश १ सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

३० जेठ, विराटनगर । प्रदेश १ सरकारले पेश गरेको आगामी आर्थिक वर्ष २०७८-७९ को नीति तथा कार्यक्रम प्रदेशसभामा बहुमतले पारित भएको छ । नीति तथा कार्यक्रममा दुई दिनको छलफलपछि आइतबार बहुमतले पारित गरेको हो । बिहीबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले नीति तथा कार्यक्रम पेश गरेका थिए । शुक्रबार १० जना र शनिबार २२ जना […]

प्रदेश १ सरकारकाे नीति तथा कार्यक्रम (पूर्ण पाठ)

इटहरी / प्रदेश १ सरकारले नीति तथा कार्यक्रम आज सार्वजनिक गरेकाे छ । प्रदेश प्रमुख साेमनाथ अधिकारीले स्वास्थ्य, कृषि र पूर्वाधार निर्माणमा केन्द्रित गर्दै प्रदेशको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । प्रदेश १ सरकारकाे नीति तथा कार्यक्रममा काेराेना महामारी नियन्त्रणका लागि विभिन्न योजना समेटिएका छन् । जनस्वास्थ्य, अस्पताल, स्वास्थ्य केन्द्र,... The post प्रदेश १ सरकारकाे नीति तथा कार्यक्रम (पूर्ण पाठ) appeared first on Purbeli News.

प्रदेश १ : नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता

इटहरी / प्रदेश १ सरकारले नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले बिहीबारको प्रदेशसभामा स्वास्थ्य क्षेत्रलाई मुल प्राथमिकता दिँदै नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रदेश सरकारले ल्याउने चौथो नीति तथा कार्यक्रममा गुणस्तरीय स्वास्थ्य सेवा प्रदेश सरकारको प्रतिबद्धता भन्ने मुल नारासहित आर्थिक वर्ष २०७८–०७९ मा प्रदेश मातहतका सबै अस्पतालहरूको गुरुयोजना... The post प्रदेश १ : नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता appeared first on Purbeli News.