प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित

विराटनगर । प्रदेश १ को आर्थिक बर्ष २०७८/७९ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रतिपक्षमा रहेका कांग्रेस माओवादीले समर्थन नदिए पनि नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । यसँगै प्रदेश सरकारलाई असार १ गते बजेट ल्याउने बाटो खुलेको छ । आइतवार प्रदेशसभामा निर्णयार्थ प्रस्तुत गरिएको नीति तथा कार्यक्रम जनता समाजवादी समेतले समर्थन गरेपछि बहुमत जुट्न सहज भयो । सरकारको वार्षिक नीति तथा कार्यक्रममा चुरे क्षेत्र संरक्षणसम्बन्धी विषय समेट्न जनता समाजवादी संसदीय दलका नेता जयराम यादवले राखेको संशोधन प्रस्ताव मुख्यमन्त्री शेरधन राईले स्वीकारयोग्य भएको बताएका थिए । सरकारले आफ्नो दलको तर्फबाट राखेको प्रस्तावलाई समर्थन गरेको भन्दै यादवले वार्षिक नीति तथा कार्यक्रममा पेश गरेको संशोधन प्रस्ताव फिर्ता लिएका थिए । ९३ सदस्यीय प्रदेश १ को प्रदेशसभामा नेकपा एमालेका सभामुखबाहेक ५० सांसद छन् भने जनता समाजवादीका तीन जना सांसद छन् । एमाले एक्लैको बहुमत पुग्ने भए पनि जनता समाजवादीसमेतले संशोधन प्रस्ताव फिर्ता लिएपछि सरकारलाई अझ सहज भएको हो । यादव जनता समाजवादीका उपेन्द्र यादव निकट हुन् । प्रदेश १ मा यादव नेतृत्वकै बहुमत छ । प्रदेशसभामा वार्षिक नीति तथा कार्यक्रम पारित गरिने भए पनि सत्ताधारी दल नेकपा एमालेका सबै सांसद सहभागी थिए । एमालेले कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसेका दुई राज्यमन्त्री र एक प्रदेशसभा सदस्यलाई समेत बैठकमा अलग्गै कक्षमा राखेर सहभागी गराएको हो । प्रदेश १ को प्रदेशसभामा नेकपा एमालेको स्पष्ट बहुमत छ । माधव नेपाल समूहका सांसदले साथ नदिने आशंकाबीच संसदीय दलका तर्फबाट सबै सांसदलाई बैठकमा उपस्थित गराइएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्को विपक्षी दल नेकपा माओवादी केन्द्रका तर्फबाट नीति तथा कार्यक्रममाथि राखिएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

सम्बन्धित सामग्री

प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित

प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। प्रदेश १ सरकारले पेस गरेको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम आइतबार बसेको प्रदेशसभा बैठकले बहुमतले पारित गरेको हो।...

प्रदेश १ को वार्षिक नीति तथा कार्यक्रम ०७९/८० सार्वजनिक

मोरङ – प्रदेश १ को वार्षिक नीति तथा कार्यक्रम ०७९/८० सार्वजनिक गरिएको छ। विराटनगरस्थित प्रदेश सभा भवनमा प्रदेश १ प्रमुख परशुराम खापुङले नीति तथा कार्यक्रम बुधबार सार्वजनिक गरेका हुन्। नीति तथा कार्यक्रमले नागरिकको विकास र समृद्धिको आकांक्षा पूरा गर्ने तथा समाजवाद उन्मुख अर्थतन्त्रको आधार गर्ने दिशातर्फ केन्द्र रहेको छ। त्यसैगरी, भौतिक पूर्वाधार, सार्वजनिक सेवा प्रवाहको […]

प्रदेश १ नीति तथा कार्यक्रम: कृषि, उद्योग र पर्यटन प्राथमिकता

प्रदेश १ को सरकारले आर्थिक वर्ष ०७९/८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। बुधबार प्रदेश सभामा प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश १ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।...

प्रदेश १ सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार बसेको प्रदेश सभा बैठकमा प्रदेश १ का प्रमुख परशुराम खापुङ्गले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । नीति तथा कार्यक्रमको पूर्णपाठ

प्रदेश १ सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

२५ जेठ, विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार बसेको प्रदेश सभा बैठकमा प्रदेश १ का प्रमुख परशुराम खापुङ्गले  सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् र नीति तथा कार्यक्रमको पूर्णपाठ :

प्रदेश १ को नीति तथा कार्यक्रम आज

काठमाडौं :  प्रदेश १ सरकारले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउँदैछ।दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख परर्शुराम खापुङले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेशसभा सचिव गोपाल प्रसाद मैनालीले जानकारी दिए। हिजो गण्डकी र कर्णाली प्रदेशले नीति तथा कार्यक्रम ल्याएका थिए। बागमती, मधेस र सुदूरपश्चिम प्रदेशले यसअघि नै नीति तथा कार्यक्रम ल्याइसकेका छन्।प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ।

प्रदेश १ को नीति तथा कार्यक्रम आज

प्रदेश १ सरकारले आज प्रदेशसभामा आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम पेश गर्दै छ । कृषि, पर्यटन, पूर्वाधार, उद्याेगलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउन लागिएकाे छ ।

आज प्रदेश १ र लुम्बिनीको नीति तथा कार्यक्रम

काठमाडौँ – दुई वटा प्रदेशले आगामी आर्थिक वर्ष २०७९र८० का लागि बुधबार नीति तथा कार्यक्रम ल्याउँदैछन् । प्रदेश १ र लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्न लागेका हुन् । प्रदेश १ प्रदेशसभाको बैठक दिउँसो २ बजे बस्दैछ । प्रदेशसभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका […]

प्रदेश १ को नीति तथा कार्यक्रम आज

२५ जेठ, विराटगर । प्रदेश १ सरकारले नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । नीति तथा कार्यक्रमका लागि प्रदेशसभाको बैठक आज दिउँसोका लागि बोलाइएको छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार कृषि तथा पूर्वाधारलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याइनेछ । असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक बाध्यता छ । लुम्बिनी […]

प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित

प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश १ को प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम आइतबारको प्रदेशसभाको बैठकले बहुमतले पारित गरेको हो।...