प्रदेश १ : मन्त्रिपरिषद् विस्तार ,८ मन्त्रीले लिए शपथ

मोरङ । मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज (आइतबार) मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले ८ जना मन्त्रीलाई शपथ ग्रहण गराएका हुन् । खानेपानी, सिँचाइ तथा उर्जामन्त्रीमा माओवादीका उपनेता रामकुमार राई, कृषिमन्त्रीमा माओवादी केन्द्रका प्रमुख सचेतक झलकबहादुर मगरले पद तथा गोपनीयताको शपथ लिएका हुन् । यस्तै, सामाजिक विकासमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का राजन राई, पर्यटन […]

सम्बन्धित सामग्री

प्रदेश-१ मा सरकार विस्तार : माओवादीका दुई र एमालेका एक मन्त्री थपिए

काठमाण्डाै - प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले माओवादी केन्द्रका दुई र नेकपा एमालेका एक जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिनुअघि माओवादी केन्द्रका जीवन आचार्य र दुर्गा चापागाईं तथा नेकपा एमालेबाट बुद्धिकुमार राजभण्डारीलाई मन्त्री नियुक्त गर्नुभएकाे हाे । तर मन्त्रालय भने तोकिएको छैन । यसअघि मुख्यमन्त्री कार्कीले एमाले, राप्रपा र जसपाका एक/एक जनालाई विनाविभागीय मन्त्रीका रूपमा शपथ ग्रहण गराइ चार सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको थियो । गएको आइतवार ६० सांसदक...

प्रदेश १ मा माओवादीका दुई र एमालेका एक मन्त्रीले लिए शपथ

प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । थप तीन मन्त्रीले शुक्रबार शपथ लिएसँगै यस प्रदेशमा ७ सदस्यीय मन्त्रिमण्डल बनेको छ ।

प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार हुँदै, काे–काे बन्दैछन् मन्त्री ?

काठमाडौं । प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार हुन लागेकाे छ । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीसँगै तीन जना मन्त्रीले शपथ ग्रहण गर्दै मन्त्रिपरिषद् विस्तार हुन लागेकाे हाे । एमालेबाट तिलकुमार मेन्याङ्बो, राप्रपाबाट भक्ति सिटौला र जसपाबाट निर्मला लिम्बुले शपथ ग्रहण गर्नेछन् । नेकपा एकीकृत माओवादीले भने प्रदेश १ सरकारको नेतृत्व आलोपालो गर्ने गरी सहमति […]

भागबण्डा पु-याउन प्रदेश १ मा जम्बो मन्त्रिमण्डल

विराटनगर-प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।दलीय भागबण्डाका लागि मन्त्रालय विस्तार गरेको भन्दै चौतर्फी आलोचना र विरोध भइरहे पनि प्रदेश–१ सरकारले मन्त्रिपरिषद् विस्तार गरेर १४ सदस्य पुयाएको हो । आइतबार विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा जिम्मेवारी बाँडफाँडसहित नवनियुक्त ८ जना मन्त्रीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख पर्शुराम […]

मन्त्रीले शपथ छाडेर हिँड्न खोजे, खासखुसपछि फेरियो मन्त्रालय

२३ माघ, विराटनगर । तीन महिनासम्म सरकारलाई पूर्णता दिन नसकेको आलोचना खेपिरहेका प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आइतबार मन्त्रिपरिषद् विस्तार गरे । तर मन्त्रिपरिषद् विस्तार पनि मुख्यमन्त्री राईका लागि सहज भने भएन । सत्तारुढ गठबन्धनलाई भाग पुर्‍याउन मन्त्रालय विभाजन गरेर १२ पुर्‍याउँदा तीव्र आलोचना खेपे । आइतबार बिहान शपथग्रहणका लागि जाने मुख्य सडक नेकपा […]

प्रदेश १ : नवनियुक्त मन्त्रीले लिए शपथ

विराटनगर : प्रदेश १ का नवनियुक्त मन्त्रीहरूले शपथग्रहण गरेका छन्। नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुखको कार्यालय विराटनगरमा प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।त्यसक्रममा मुख्‍यमन्त्री राजेन्द्र राईलगायत अन्य उच्‍च पदस्थहरूको समेत सहभागिता थियो। मुख्यमन्त्री राईले आजै मन्त्रिपरिषद् विस्तार गरेका हुन्। आइतबारको मन्त्रिपरिषद् विस्तारसँगै अब प्रदेश १ को मन्त्रिपरिषद् १४ सदस्यीय भएको छ।निवनियुक्त मन्त्रीहरू खानेपानी‚ सिँचाइ तथा ऊर्जामन

प्रदेश–१ को मन्त्रिपरिषद् विस्तार, यी हुन् थपिएका मन्त्री

विराटनगर । प्रदेश नम्बर–१ का मुख्यमन्त्री राजेन्द्र राईले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । योसँगै प्रदेश–१ सरकार १४ सदस्यीय भएको छ । आज आठ मन्त्री थपिएका हुन् । उनीहरूले पद तथा गोपनीयताको शपथ पनि लिएका छन् । सूची हेर्नोस्–

प्रदेश १ का मन्त्री तिवारी र साम्सोहाङले लिए शपथ

विराटनगर –  प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार गरिएको छ ।  प्रदेश सभा सदस्यद्वय लक्ष्मण तिवारी र बलबहादुर साम्सोहाङ मन्त्री बनेका हुन् । उनीहरूले प्रदेश प्रमुख सोमनाथ अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । तिवारी उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री र साम्सोहाङ सामाजिक विकास मन्त्री बनेका हुन् …

प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, तिवारी र सामसुहाङ बने मन्त्री

प्रदेश १ मा दुई जना मन्त्री थपिएका छन् ।  मुख्यमन्त्री भीम आचार्यले लक्ष्मण तिवारीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र बलबहादुर सामसुहाङलाई सामाजिक विकासमन्त्री बनाएका हुन् ।  दुवै मन्त्रीले शपथ लिएका छन् ।  उनीहरूलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले शपथ गराएका हुन् ।

प्रदेश १ का मुख्यमन्त्री आचार्यद्वारा मन्त्रिपरिषद् विस्तार

प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले लछुमन  तिवारीलाई पर्यटन, उद्योग पर्यटन  र बलबहादुर साम्सुहाङलाई  सामाजिक विकास मन्त्री बनाएका हुन् । नवनियुक्त मन्त्रीहरुले शुक्रबार नै शपथग्रहण सम्पन्न भएको छ । एमाले सांसद राजकुमार ओझाले आज तीन जना मन्त्री बनाउने विषयमा छलफल भएपनि दुई जनाको नाम टुंगो लगाएर शपथ भएको बताए । एमाले विभाजित भएपछिको विकसित परिस्थितिका कारण बिहीबार आचार्य मुख्यमन्त्री नियुक्त भएका थिए ।