नेपाल एयरलाइन्सद्वारा उडान संख्य थप

सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लाका लागि उडान संख्या थपेको छ ।नेपाल एयरलाइन्स क्षेत्रीय केन्द्र नेपालगंजका क्षेत्रीय प्रबन्धक किरणमान श्रेष्ठका अनुसार कर्णालीका चार र सुदूरपश्चिमको एक जिल्लामा उडान संख्या थप गरिएको हो । यात्रुहरुको चाप वृद्धि हुनु तथा सडक यातायात सहज नभएका कारण उडान थप्नु परेको श्रेष्ठले बताए ।हुम्लाको सिमकोटका लागि सातामा दुई उडान हुने गरेकोमा हाल तीन उडान सुरु गरिएको छ। अब आइतबार, सोमबार र मंगलबार उडान हुनेछ। भाडादर ९ हजार १७० रु

सम्बन्धित सामग्री

रेसुंगा विमानस्थलमा नियमित उडान हुने, बुधबार नेपाल एयरलाइन्स जाँदै

१४ फागुन, काठमाडौं । गुल्मीको नयाँ विमानस्थल रेसुंगामा नियमित उडान हुने भएको छ । आगामी बुधबार नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाजले प्रुभिङ उडान गर्ने र त्यसपछि नियमित उडान गर्ने गरी सम्झौता भएको छ । रेसुंगा नगरपालिका र नेपाल एयरलाइन्सबीच भएको सम्झौता अनुसार प्रति/उडान अवतरण कुल सिट क्षमताको ३० प्रतिशत रेसुंगा नगरपालिकाले यात्रु ग्यारेन्टी गर्ने र […]

विमानस्थलले किन रोकिदियो नेपाल एयरलाइन्सको दिल्ली उडान ?

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को भारतको नयाँदिल्लीको उडान कटौती भएको छ। नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले नेपाल एयरलाइन्सको आइतबार विहान तय भएको दिल्ली उडान कटौती गरेको हो।...

नेपाल एयरलाइन्सलाई प्राधिकरणको कारबाही, दिल्ली उडान संख्यामा कटौती

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को भारतको नयाँदिल्लीको उडान कटौती भएको छ ।

धमाधम उडान सुरु गर्दै नेपाल एयरलाइन्स

काठमाडौँ– राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले कोभिड–१९ महामारीका कारण उडान स्थगित भएका गन्तव्यमा धमाधम उडान विस्तार गरिरहेको छ। महामारीको जोखिम कम भएसँगै सबैजसो क्षेत्र सहज बनेपछि नेपाल एयरलाइन्सले महामारीअघि उडान सेवा दिइरहेका गन्तव्यमा पुनः उडान सुरु गरेको हो। नेपाल एयरलाइन्सले दुई वर्षको अन्तरालपछि भारतको मुम्बई र बैङलोरमा पुनः उडान गर्ने घोषणा गरिसेको छ। […]

उडान विस्तार गर्दै नेपाल एयरलाइन्स, नारितामा साताको दुई उडानको तयारी

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले कोभिड–१९ महामारीका कारण उडान स्थगित भएका गन्तव्यमा धमाधम उडान विस्तार गरिरहेको छ। महामारीको जोखिम कम भएसँगै सबैजसो क्षेत्र सहज बनेपछि नेपाल एयरलाइन्सले महामारीअघि...

नेपाल र भारतबीच उडान संख्या थपिँदै

१३ माघ, काठमाडौं । नेपाल र भारतबीच उडान संख्या थप हुने भएको छ । अहिले नेपाल एयरलाइन्स र एयर इण्डियाले हरेक दिन एक/एक उडान काठमाडौं-दिल्ली-काठमाडौं र दिल्ली-काठमाडौं/दिल्ली रुटमा गरिरहेका छन् । दुई मुलुकबीच सातामा ५६ उडान संख्या पुर्‍याउने र दुबै मुलुकका एयरलाइन्सले बराबरी संख्यामा उडान गर्ने सहमति जुटेसँगै उडान संख्या थप हुन लागेको छ । […]

नेपाल एयरलाइन्सको दुबईमा नौ उडान

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले दुबई गन्तव्यमा उडान विस्तार गरेको छ । एयरलाइन्सले दुबईमा सातामा सात उडान गर्दै आएकामा आजदेखि थप दुई उडान थपेर सातामा नौ उडान भर्ने भएको हो । दुबई गन्तव्यमा थपिएको उडानमा सवार यात्रुलाई शुभकामना र निगम परिवारलाई हौसला प्रदान गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री विहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल …

नेपाल एयरलाइन्स र विभिन्न अन्तरराष्ट्रिय वायु सेवा कम्पनीबीच सम्झाैता

काठमाडौं : नेपाल एयरलाइन्सको सिधा उडान नहुने गन्तव्यमा पनि नेपाल एयरलाइन्सकै टिकटबाट यात्रुले उडान गर्न सक्ने भएका छन्।यस विषयमा नेपाल एयरलाइन्स र विभिन्न वायुसेवा कम्पनीबीच द्विपक्षीय सम्झौता भएको छ। यूरोपका विभिन्न शहर, अस्ट्रेलियाको सिड्नीदेखि दक्षिण कोरियाको सिओलसम्म यात्रा गर्न सकिने नेपाल एयरलाइन्सले विज्ञप्ति मार्फत जनाएको छ।सम्झौताअनुसार यूरोप, अस्ट्रेलियाको सिड्नी, दक्षिण कोरियाको सिओल, कुवेत र बहराइनमा काठमाडौंबाट उडानको टिकट लिइन सकिने भएको छ।यसले निगमलाई थप आय हुने र अन्तरराष्ट्रिय ब

अफगानिस्तानमा रहेका नेपालीलाई उद्धार गर्न नेपाल एयरलाइन्स बुक

काठमाडौं- आफ्नो कम्पनीमार्फत अफगानिस्तानमा रोजगारी गर्न पुगेका नेपाली श्रमिकलाई उद्धार गर्न दुबईको एक कम्पनीले चार्टर्ड उडानका लागि नेपाल एयरलाइन्स बुक गरेको छ। दुबईको फ्रिको एफजेड कम्पनीले चार्टर्ड उडानका लागि बुक गरेको नेपाल बायु सेवा निगमका प्रबन्ध निर्देशक डीमप्रसाद पौडेलले जानकारी दिए। तर उडान कहिले हुन्छ भन्नेबारे टुङ्गो हुन नसकेको पौडेलले बताए। युद्धग्रस्त ठाउँ भएकाले परराष्ट्र […]

जुन ७ देखि नेपाल र कतारबीच नियमित उडान

काठमाण्डौ – आउँदो सोमबार अर्थात् जुन ७ देखि नेपाल र कतारबीच नियमित उडान सुरु हुने भएको छ ।साताको प्रत्येक सोमबार नेपाल एयरलाइन्स र कतार एयरवेजले काठमाण्डौ दोहा उडान भर्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । कतार एयरवेज सोमबार बिहान ९ बजेर १० मिनेटमा  काठमाण्डौ आइपुग्ने छ भने त्यसै दिन ११ बजेर ५ मिनेटमा फेरि कतार उड्ने छ ।प्रत्येक सोमबार नेपाल एयरलाइन्स रातीको १० बजेर ५ मिनेटमा दोहा उड्ने छ भने भोलिपल्ट बिहान ९ बजेर १० मिनेटमा काठमाण्डौ आइपुग्ने उडान तालिका तय भएको प्राधिकरणले जनाएको छ ।  याे उडान ...