काठमाण्डौ – आउँदो सोमबार अर्थात् जुन ७ देखि नेपाल र कतारबीच नियमित उडान सुरु हुने भएको छ ।साताको प्रत्येक सोमबार नेपाल एयरलाइन्स र कतार एयरवेजले काठमाण्डौ दोहा उडान भर्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । कतार एयरवेज सोमबार बिहान ९ बजेर १० मिनेटमा काठमाण्डौ आइपुग्ने छ भने त्यसै दिन ११ बजेर ५ मिनेटमा फेरि कतार उड्ने छ ।प्रत्येक सोमबार नेपाल एयरलाइन्स रातीको १० बजेर ५ मिनेटमा दोहा उड्ने छ भने भोलिपल्ट बिहान ९ बजेर १० मिनेटमा काठमाण्डौ आइपुग्ने उडान तालिका तय भएको प्राधिकरणले जनाएको छ । याे उडान ...