चितवनका दुग्ध किसानले मनाए आश्रितसँग विश्व दूध दिवस

चितवन । विश्व दूध दिवसको अवसरमा चितवन मानव सेवा आश्रमका आश्रितलाई भोजन वितरण गरिएको छ । राष्ट्रिय व्यावसायिक पशुपालन तथा दूध उत्पादन कृषक समाजले भरतपुरस्थित चितवन मानव सेवा आश्रमलाई भोजन वितरण गरेको हो । बिहीवार आश्रममा एक कार्यक्रमको आयोजना गरी त्यहाँका ५२ जना आश्रितलाई दही चिउरा र दुई दिन खानाका लागि सहयोग गरिएको छ ।  सो अवसरमा समाजका केन्द्रीय अध्यक्ष आनन्द न्यूरेले दीनदुःखी तथा असहायको दिनचर्यामा सहज होस् भन्ने हेतुले भोजन वितरण गरी विश्व दूध दिवस मनाइएको बताए । दुग्ध उत्पादक किसान जहिले पनि राज्यबाट अपहेलित भएको भन्दै उनले सामाजिक कार्यमा पनि समाजले सदैव हातेमालो गर्दै आएको बताए । अन्नपूर्ण दुग्ध सहकारी लिमिटेड, भरतपुरका अध्यक्ष ऋषिराम अधिकारीले कुल गार्हस्थ्य उत्पादनमा दुग्ध उत्पादक किसानको ८ प्रतिशत योगदान रहेकोले राज्यले कृषकलाई सम्मान गर्नुपर्ने बताए । आश्रमकी सञ्चालक देवी आचार्यले विभिन्न दाता तथा संस्थाबाट आश्रम चलाउन सहयोग पुगेको बताइन् । आश्रममा ज्येष्ठ नागरिक, युवायुवती र दुई बालबालिका गरी ५२ जना आश्रित छन् । आश्रम ७ वर्षदेखि सञ्चालनमा छ ।  

सम्बन्धित सामग्री

आज विश्व दूध दिवस मनाइँदै - NepaliPatra

काठमाडौँ । आज २३औँ विश्व दूध दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा सरोकारवाला निकाय, पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेड, नेपाल डेरी एशोसिएसन, डेरी उद्योग सङ्घ, केन्द्रीय पशुपक्षी मत्स्य सहकारी सङ्घलगायत सरोकारवाला निकायले विश्व दूध दिवसका अवसरमा आज विभिन्न कार्यक्रम गर्दैछन् । विश्वमा […]

आज विश्व दूध दिवस मनाइँदै

काठमाडाैँ- आज विश्व दूध दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरेर दूध दिवस मनाइँदैछ। राष्ट्रिय दुग्ध विकास बोर्डले आज सरोकारवाला निकायहरूको उपस्थितिमा विश्व दूध दिवसको अवसरमा कार्यक्रम गर्दैछ। यस वर्ष दीर्घ जीवन, गुणस्तरीय दूध तथा दूगध पदार्थको सेवन भन्ने मूल नारासहित विश्व दूध दिवस मनाइँदैछ। आम नागरिकलाई दूधको चेतना फैलाउने उद्देश्यले कार्यक्रम गर्न लागिएको हो। विश्वमा […]

विविध कार्यक्रम गरी विश्व दूध दिवस मनाइँदै

काठमाडौं । आज जुन १ अर्थात विश्व दूध दिवस, नेपालमा पनि विविध कार्यक्रम गरि मनाइँदैछ । यस वर्ष ‘दीर्घ जीवन, गुणस्तरीय दुध तथा दुग्ध पदार्थको सेवन’ भन्ने मुल नारासहित विश्व दूध दिवस मनाइँदैछ । दुग्धपानको महत्व दर्शाउन विश्वभर जुन १ तारिखलाई विश्व दूध दिवसको रुपमा मनाइँदै आएको हो । विश्व खाद्य संगठनले सन् २००१ बाट […]

आत्मनिर्भर हुन अझै पाँच वर्ष

‘दीर्घ जीवन, गुणस्तरीय दूध तथा दुग्ध पदार्थको सेवन’ मूल नाराका साथ सरकारले विभिन्न कार्यक्रमसहित १२औँ विश्व दूध दिवस मनाइरहेको छ । विश्व दूध दिवस मनाइरहँदा दूधमा आत्मनिर्भरका लागि चुनौती बढेको छ ।

आज विश्व दूध दिवस : प्रतिव्यक्ति प्रतिवर्ष १३ लिटर दूध अभाव

काठमाण्डाै - दीर्घ जीवन, गुणस्तरीय दूध तथा दुग्ध पदार्थको सेवन भन्ने नाराका साथ आज विश्व दूध दिवस मनाइँदैछ । राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा आज विभिन्न कार्यक्रम हुँदैछन् । आमनागरिकलाई दूधको उपभोगमा वृद्धि गर्न चेतना फैलाउने उद्देश्यले विश्व दूध दिवस मनाउन थालिएको हो । विश्वका धेरै देशमा सन् २००१ देखि नै दिवस मनाउन थालिए पनि नेपालमा भने सन् २०११ देखि मात्रै मनाउन थालिएको हो । संयुक्त राष्ट्र सङ्घ कृषि तथा खाद्य सङ्गठन एफएओको मापदण्ड अनुसार स्वस्थ रहन प्रतिव्यक्ति प्रतिवर्ष कम्तीमा ९१ लिटर दूध उपभोग गर्नुपर्छ । ने...

२५ प्रतिशत मात्र दूध बिक्री

सरकारले ‘नियमित दूध सेवन गरौँ, रोग प्रतिरोधात्मक क्षमता बढाऔँ’ं भन्ने मूल नाराका साथ दसौँ अन्तर्राष्ट्रिय विश्व दूध दिवस मनाइरहेको छ । विश्व दूध दिवस १ जुन २००१ बाट विश्व खाद्य सङ्गठनले मनाउन सुरु गरेको थियो । नेपालमा विगत नौ वर्षदेखि राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा विश्व दूध दिवस मनाउँदै आएको छ ।