२५ प्रतिशत मात्र दूध बिक्री

सरकारले ‘नियमित दूध सेवन गरौँ, रोग प्रतिरोधात्मक क्षमता बढाऔँ’ं भन्ने मूल नाराका साथ दसौँ अन्तर्राष्ट्रिय विश्व दूध दिवस मनाइरहेको छ । विश्व दूध दिवस १ जुन २००१ बाट विश्व खाद्य सङ्गठनले मनाउन सुरु गरेको थियो । नेपालमा विगत नौ वर्षदेखि राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा विश्व दूध दिवस मनाउँदै आएको छ ।

सम्बन्धित सामग्री

काठमाडौंमा ७० प्रतिशत खुला दूध बिक्री

११ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र ७० प्रतिशत दूध खुला रुपमा बेचिने गरेको पाइएको छ । महानगरले गरेको बजार अनुगमनको क्रममा यस्तो तथ्यांक फेला परेको कृषि तथा पशुपन्छी विभागका प्रमुख डा. अवधेश झाले जानकारी दिए । उनका अनुसार महानगरले बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिलाई महानगरले यस्तो तथ्यांक उपलब्ध गराएको हो । रबरले बाँधेर […]

दूध बिक्री ४० प्रतिशत कटौती

दुग्ध विकास संस्थान (डीडीसी)लगायत निजी दुग्ध उद्योगलाई दूधको अभाव भएको छ । दूध सङ्कलन कम भएका कारण अहिले बजारमा दूध र दुग्धजन्य पदार्थको बिक्री ४० प्रतिशत कटौती भएको ती उद्योगले जनाएका छन् । मुलुकभर दैनिक डेढ लाख लिटर दूध अभाव रहेको नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले बताउनुभयो । डीडीसीलाई मात्रै दैनिक ४०–५० हजार लिटर दूधको अभाव छ । डीडीसीका महाप्रबन्धक सञ्जीव झाले अहिले दूधको अभाव हुँदा घिउ तथा बटर उत्पादन पूर्ण रूपमा बन्द रहको जानकारी दिनुभयो । “चाडपर्व सुरु भइसकेको छ तर बजारमा मागअनुसार दूध तथा दुग्धजन्य पदार्थ पु-याउन सकेको छैन,” उहाँले भन्नुभयो ।

निजी क्षेत्रले प्रतिलिटर दूधमा १० रुपैयाँ बढाउने

नेपाल डेरी एशोसियशन र डेरी उद्योग सङ्घले दूधको मूल्य लिटर १० रुपैयाँ वृद्धि गर्ने घोषणा गरेका छन् । निजी क्षेत्रबाट दूध बिक्री गर्ने यी दुई डेरी उद्योगले यहाँ आज पत्रकार सम्मेलन गरी सरकारले निर्धारण गरेको दूधको मूल्य आफूहरूलाई मान्य नहुने भन्दै यही फागुन १ गतेदेखि लागू हुने गरी दूधको प्रतिलिटर मूल्य १० रुपैयाँले बढाएर ८६ रुपैयाँ कायम गरेको घोषणा गरेका हुन् । त्यसैगरी किसानले पाउने मूल्य प्रतिलिटर ५३ रुपैयाँ ४५ पैसाबाट बढाएर ६२ रुपैयाँ कायम गरिएको छ । सो मूल्यको दूधमा चार प्रतिशत फ्याट र आठ

निजी क्षेत्रद्वारा प्रतिलिटर दूधमा १० रुपैयाँ बढाउने घोषणा

नेपाल डेरी एशोसिएशन र डेरी उद्योग सङ्घले दूधको मूल्य लिटर १० रुपैयाँ वृद्धि गर्ने घोषणा गरेका छन् । निजी क्षेत्रबाट दूध बिक्री गर्ने यी दुई डेरी उद्योगले आज पत्रकार सम्मेलन गरी सरकारले निर्धारण गरेको दूधको मूल्य आफूहरूलाई मान्य नहुने भन्दै यही फागुन १ गतेदेखि लागू हुने गरी दूधको प्रतिलिटर मूल्य १० रुपैयाँले बढाएर ८६ रुपैयाँ कायम गरेको घोषणा गरेका हुन् । त्यसैगरी किसानले पाउने मूल्य प्रतिलिटर ५३ रुपैयाँ ४५ पैसाबाट बढाएर ६२ रुपैयाँ कायम गरिएको छ । सो मूल्यको दूधमा चार प्रतिशत फ्याट र आठ प्रतिशत एसएनएफको गुणस्तर कायम हु...

निजी क्षेत्रले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउने

नेपाल डेरी एशोसियशन र डेरी उद्योग सङ्घले दूधको मूल्य लिटर १० रुपैयाँ वृद्धि गर्ने घोषणा गरेका छन् । निजी क्षेत्रबाट दूध बिक्री गर्ने यी दुई डेरी उद्योगले आज पत्रकार सम्मेलन गरी सरकारले निर्धारण गरेको दूधको मूल्य आफूहरूलाई मान्य नहुने भन्दै यही फागुन १ गतेदेखि लागू हुने गरी दूधको प्रतिलिटर मूल्य १० रुपैयाँले बढाएर ८६ रुपैयाँ कायम गरेको घोषणा गरेका हुन् ।त्यसैगरी किसानले पाउने मूल्य प्रतिलिटर ५३ रुपैयाँ ४५ पैसाबाट बढाएर ६२ रुपैयाँ कायम गरिएको छ । सो मूल्यको दूधमा चार प्रतिशत फ्याट र आठ प्रतिशत एसएनएफको गुणस्तर कायम हुनुपर्छ । पहिला स्ट्यान्डर्ड प्रशोधन गरिएएको दूधको प्रतिलिटर मूल्य ७६ रुपैयाँ थियो भने अब ५०० एमएलको एक प्याकेटको खुद्रा बिक्रि मूल्य ४३ रुपैयाँ रहेको छ । डेरी उद्योग सङ्घका अध्यक्ष राजकुमार दाहालले दूधको मूल्यबारे पटकपटक सरकार र सम्बन्धित निकायलाई सल्लाह र सुझाव दिँदासमेत बेवास्ता भएपछि आफूहरूले मूल्य घोषणा गर्न बाध्य भएको जानकारी दिए ।

व्यावसायिक पशुपालनमा अग्रणी ‘ माछापुच्छ्रे गाउँपालिका’

असोज ३०, कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा व्यावसायिक पशुपालन फस्टाउँदै गएको छ । विगतमा निर्वाहमूखी कृषि गर्दै आएका कृषकहरुले अहिले पशुपालनलाई नै आम्दानीको मुख्य स्रोत बनाएर गाईभैँसी तथा बाख्रापाल्न शुरु गरेपछि व्यावसायिकता विकास भएको हो ।  गाउँपालिका दूध उत्पादनका हिसाबले जिल्लामा पहिलो स्थानमा छ । व्यावसायिक पशुपालन फस्टाउँदै गएपछि यहाँका कृषकले दूध बेचेरै राम्रो आम्दानी गर्दै आएका छन् । संघ, प्रदेश तथा स्थानीय सरकारले व्यावसायिक कृषकका लागि अनुदान सहयोगलगायतका कार्यक्रम ल्याएपछि कृषकहरु उत्पादनमार्फत् आयआर्जनमा प्रेरित भएका हुन् । गण्डकी प्रदेश सरकारले सहकारीबाट दूध विक्रीका आधारमा कृषकलाई प्रतिलिटर दुई रुपैयाँ पचास पैसा अनुदान दिँदै आएको छ । यसैगरी कृषि तथा पशु बीमा निःशुल्क गरिएको छ । संघ सरकारले बीमामा ७५ प्रतिशत अनुदान दिएकामा प्रदेश सरकारले २५ प्रतिशत थप गरेर निःशुल्क गरिएको छ ।  यसैगरी गाउँपालिकाले पनि यसअघि प्रतिलिटर २५ पैसा अनुदान दिएकामा यस वर्षदेखि वृद्धि गरेर ५० पैसा अनुदान दिने भएको गाउँपालिका पशु शाखा प्रमुख रामचन्द्र पौडेलले जानकारी दिए । यसैगरी प्रदेश सरकारबाट ‘मोडल फार्म’, डेरी सुधार लगायतका कार्यक्रमबाट कृषकलाई दुई/तीन वर्षदेखि निरन्तर सहयोग प्राप्त हुँदै आएपछि कृषकमा उत्साह बढेको पाइन्छ ।   नौ ओटा वडा रहेको गाउँपालिकाबाट दैनिक १० हजार ५०० लिटर दूध विक्रीका लागि पोखरा बजारमा आउने गरेको तथ्यांक गाउँपालिकासँग छ । मध्यम र साना कृषकले सहकारी संस्थाबाट दूध विक्री गरेपनि ठूला कृषकहरुले आफैँ बजार खोज्ने गरेका छन् ।  गत आर्थिक वर्षमा विभिन्न पाँच सहकारी संस्थाबाट १८ लाख ३६ हजार ६३ लिटर दूध बिक्री भएको छ भने निजी फार्मबाट २० लाख आठ हजार ५०० लिटर बजारमा विक्री भएको बताइन्छ । पशु शाखा प्रमुख पौडेलले भने, ‘हाम्रो गाउँपालिका दूधको ‘हब’ बन्दै गएको छ । गाउँपालिकाको लाहाचोक र घाचोकमा पशुपालन व्यवसाय राम्रोसँग फस्टाएसँगै दूध बेचेर कृषकले राम्रो आयआर्जन गरेका छन् । अन्य वडामा समेत दैनिक उत्पादन बढिरहेको छ । सहकारीबाट दूध विक्री गर्ने कृषकहरु बढी छन्’ नौ ओटा वडा रहेको गाउँपालिकाको लाहाचोक, घाचोक र धितालबाट अन्य वडाबाट भन्दा बढी दूध उत्पादन हुने गर्दछ ।  लाहाचोकबाटमात्रै दैनिक पाँच हजार लिटर दूध विक्रीका लागि बजारमा आउने गरेको छ । वडा नं ३ को घाचोकबाट दैनिक तीन हजार ५०० लिटर र धितालबाट दैनिक एक हजार लिटर दूध बजारमा विक्री हुने गरेको बताइन्छ । रिभान, माछापुच्छ्रे र सार्दीखोलाबाट दैनिक ३०० लिटरका दरले दूध विक्री हुने गरेको तथ्यांक छ । त्यस्तै धम्पुस र ल्वाङघलेलबाट गरी दैनिक ५०० लिटर दूध विक्री हुने गरेको बताइन्छ । समग्रमा दूध विक्री गरेर गाउँपालिकामा कृषकले दैनिक रू. सात लाख ३५ हजार तथा मासिक रू. दुई करोड २० लाख हाराहारीमा आम्दानी गर्ने गरेको जानकारी दिइएको छ । सडक सुविधा, पशु आहाराका लागि घाँस तथा चरनक्षेत्र, नजिकको बजारलगायतका कारणबाट पशुपालनका लागि सहज वातावरण बनेपनि कृषकले उचित मुल्य पाउन नसकेको घाचोकका व्यावसायिक कृषक गोपाल पोखरेल बताउँछन् । उनले भने, ‘गाई भैँसी पाल्न हामीले सहज भएको छ तर उत्पादन लागत बढेको तथा दूधको मूल्य लामो समय बढ्न नसक्दा कृषक मर्कामा छन् । वर्षेनी मुल्य समायोजन हुने व्यवस्था भए सहज हुन्थ्यो ।’ लाहाचोकका युवा इमानबहादुर गुरुङले देशकै ठूलो भैँसीफार्म शुरु गरेपछि   गाउँपालिकामा व्यावसायिक पशुपालनमा शुरु भएको थियो । गुरुङको फार्ममा अहिले ३०० ओटा भैँसी छन् । विसं २०७३ मा उनी राष्ट्रपति सर्वोत्कृष्ट कृषक पुरस्कारबाट समेत पुरस्कृत भएका थिए । व्यावसायिक कृषकलाई गाउँपालिकाले सहयोग गर्ने नीति लिएको छ । गाउँपालिकाले चालू आर्थिक वर्षमा कृषि र पशुतर्फ रू. एक करोड पाँच लाख ७३ हजार ३७३ बजेट विनियोजन गरेको उपाध्यक्ष कृष्णकुमारी दवाडीले जानकारी दिए । रासस

चितवनमा दूध उत्पादन घट्यो, खपत बढ्यो

चितवन । निषेधाज्ञा खुकुलो भएसँगै दूधको माग बढ्दा चितवनमा खपत बढेको छ । तर, निषेधाज्ञाका कारण कतिपय किसानले गाईभैंसी पाल्न कम गर्दा पछिल्लो समय दूध उत्पादन घटेको हो । भरतपुर महानगरपालिका–५ का किसान इन्द्रमणि गैरे साउन लागेपछि दूधको खपत अनपेक्षित रूपमा बढेको बताउँछन् । ‘निषेधाज्ञा हुँदा न घरवालाले माग्थे, न त डेरी पसल पूर्ण समय खुल्थे’, उनले भने, ‘पहिले बजारमा आफंै लैजाँदा फर्काउनुपथ्र्यो । अहिले तुरुन्तै बिक्री हुन्छ ।’ हाल दैनिक ४० लिटर दूध उत्पादन हुँदै आएकामा सबै बिक्री भएको उनले बताए । चितवनमा कतिपय किसानले सीधै डेरी पसल, होटल, चिया पसल तथा घरमै दूध पु¥याउँदै आएका छन् । कतिपय किसानले सहकारीमार्फत दूध बिक्री गर्दै आएका छन् । भरतपुर महानगर–१६ उपकार दुग्ध सहकारीका व्यवस्थापक डिलाराम कँडेल खपत बढेको भन्दा पनि उत्पादनै कम भएको बताउँछन् । ‘अहिले माग छ तर दूध उत्पादन छैन’, उनले भने, ‘निषेधाज्ञाअघि दैनिक ३ हजार लिटर दूध संकलन थियो । अहिले १ हजार ५ सय लिटर संकलन छ ।’ राष्ट्रिय व्यावसायिक पशुपालक दुग्ध कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द न्यूरे खपत मात्र बढेको नभई उत्पादन कम हुँदा अभावकै अवस्था देखिएको बताउँछन् । ‘निषेधाज्ञाले किसानका साथै दूध उत्पादन पनि घट्यो’, उनले भने, ‘उत्पादनको तुलनामा खपत बढेपछि बिक्री राम्रो  देखिएको मात्र हो ।’ विशेषगरी साउनदेखिका चाडपर्वका कारण दूधको खपत बढेको उनले बताए । उत्पादन घट्ने र खपत बढ्ने महिना भएको हुँदा पनि दूधको माग र आपूर्तिमा सन्तुलन नभएको उनको बुझाइ छ । चितवनमा अन्य समय दैनिक ३ लाख ३० हजार लिटरसम्म दूध उत्पादन हुने गरेको भए पनि हाल करिब ३ लाख लिटर हाराहारी मात्र उत्पादन हुने गरेको छ । ‘अहिले गाईभैंसी ब्याउने बेला भएकाले उत्पादन कम र  खपत बढ्ने महिना पनि हो,’ जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर वगालेले भने । हाल घरघरमै दूधको माग र खपत बढी भएकाले पनि बजारमा दुध अभावजस्तै देखिएको उनले जानकारी दिए । उनका अनुसार अन्य समय चितवनमा कुल उत्पादनको ४५ प्रतिशत खपत यही हुने र बाँकी अन्य जिल्ला पठाउने गरिए पनि साउन, भदौमा आधा यही खपत हुने गरेको र  आधा बाहिर पठाइने गरेको  छ । ‘गर्मीको समय दही, आइसक्रिमको माग पनि बढी हुन्छ । निषेधाज्ञा खुलेसँगै मानिसको गतिविधिलगायत सबै बढेपछि दूध खपत पनि स्वतः बढ्ने भयो,’ वगालेले भने । यस पटकको निषेधाज्ञामा मात्रै चितवनका किसानले दूधमा ११ करोड ७ लाख ८१ हजार ३ सय ४२ रुपैयाँ बराबरको नोक्सान बेहोरेका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी संघमा आबद्ध ११० वटा दुग्ध सहकारी छन् भने यहाँ करिब ४० हजार किसानले दूध बेच्ने गर्छन् ।

खीर खाने दिन ७५ प्रतिशत बढी दूध बिक्री

काठमाडौं, साउन १६ । साउन १५ अर्थात् खीर खाने दिन । परम्परादेखि खीर खाने दिनका रूपमा मनाउँदै आएको यो दिन अर्थात् साउन १५ लाई खीर दिवसका रूपमा मनाउने सरकारले घोषणा गरेको छ । खीर खाने दिन भएको हुनाले अरू दिनको तुलनामा ७५ प्रतिशत बढी दूध बिक्री भएको छ । अरू दिन छदेखि सात लाख लिटर […]

निषेधाज्ञाका कारण चितवनमा आधा मूल्यमा पनि दूध विक्री भएन

वैशाख २५, चितवन । दोस्रो लहरको कोरोना महामारीका कारण जारी निषेधाज्ञाको प्रत्यक्ष असर दुग्ध किसानमा परेको छ । निषेधाज्ञा शुरु भएदेखिनै दूधको विक्रीसँगै  मूल्य पनि आधा घटाउनु परेको किसानले गुनासो गरेका छन् । निषेधाज्ञा अघिपनि उधारोमा दूध विक्री गर्दै आएका किसान निषेधाज्ञा लागू भएपछि दूध विक्री नहुँदा चिन्तामा परेका हुन् । हाल कतिपय दुग्ध सहकारी तथा किसानहरुलाई झण्डै आधा मूल्यमा लगेर घर - घरमा दूध बेच्नु पर्ने बाध्यता आइलागेको छ ।  भरतपुरमा १६० ओटा गाईपालन गर्दै आएका किसान गोपी ढकाल निषेधाज्ञा भएका कारण दूध नै विक्री हुन नसकेको बताउँछन् । ‘मेरोमा दैनिक १ हजार १५० लिटर दूध उत्पादन हुन्छ’, उनले भने, ‘अहिले घर- घरमा गाडीमा राखेर डुलाउँदा पनि आधा फिर्ता हुन्छ ।’ खुद्रा मूल्यमा दूधको मूल्य प्रतिलिटर ९० रुपैयाँसम्म भएपनि हाल घरघरमा दूध पुर्‍याउँदा ५० रुपैयाँमा विक्री गर्नुपरेको उनको भनाइ छ । औषत प्रतिलिटर किसानको लागत मूल्यनै ६० रुपैयाँ पर्दछ । जिल्लामा रहेका अधिकांश दूध डेरी,पसल  पूर्णरुपमा नखुलेका र होटल, रेष्टुरेण्ट पनि बन्द नभएका कारण दूधको खपत आधाभन्दा कम भएको हो । दूधको खपत नबढ्दा र उत्पादन भने उही अनुपातमा भएपछि किसानले नजिकका दुग्ध सहकारीमा लैजाने गरेपनि सहकारीले पनि दूध बिक्री गर्न सकेको छैनन् । जिल्लामा उत्पादन हुने दूध देशका मुख्य शहर काठमाडौं, पोखरा जाने गरेपनि हाल ती खरीदकर्ताले दूध लिन मानेका छैनन् । भरतपुर महानगरपालिका - १६ वरमपुर दुग्ध प्रशोधन केन्द्रका सञ्चालक डिलाराम कंडेल दूधको माग र  खपत नहुंँदा किसानको दूध बिक्री हुन नसकेको बताउँछन् । ‘पहिले दैनिक १ हजार ६०० लिटरसम्म दुध खरीदविक्री हुन्थ्यो अहिले आधा घटाउनु परेको छ’, उनले भने ।  जिल्लाको  दुग्ध विकास संस्थानको  दूध प्रशोधन केन्द्र तथा अन्य निजी डेरी फर्महरुले पनि निशेधाज्ञापछि दूध लिने छाडेका छन् । जसका कारण किसानले दूध उत्पादन भएपनि विक्री गर्न नसक्नुका साथै घरमै पनिर र घ्यू बनाउन प्रयोग गर्नु पर्ने बाध्यता छ । ती उत्पादनसमेत विक्री हुन्छ कि हुँदैन निश्चित छैन ।  स्थानीय अधिकारी कृषि फर्मका किसान कुलानन्द अधिकारी उनको फर्ममाा दैनिक २०० लिटर दूध उत्पादन भएपनि दुग्ध विकास संस्थान र नीजि डेरी फर्मले दुध नलिँदा खेर जाने गरेको बताउँछन् । ‘हामीले चार महीनादेखिको भुक्तानी पनि पाएको छैन’, उनले भने, ‘अहिले उधारोमा लैजानुस भन्दा पनि लाँदैनन, आफ्नो फर्ममा उत्पादित दूध नजिकका पसलहरुमा विक्री गरेपनि बाँकी दूधको पनीर र घिउ बनाएको छु ।’ दूध विक्री नहुनु, बक्यौता नपाउनु र दानाको मूल्य अस्वभाविक रुपमा बढ्दा किसानहरु थप चिन्तामा समस्यामा परेका छन् । दूधको उत्पादन र विक्री एवं लामो समयसम्म भण्डारण गर्न नसक्दा किसानहरु थप मर्कामा परेका हुन् । किसानका समस्याका विषयमा राज्यनै उदासिन हुँदा किसानले यस्तो समस्या भोग्नु परेको बताउँछन् चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर वगाले । ‘निशेधाज्ञामा एकत दूध विक्री भएको छैन, दानाको मूल्य एकसातामै बोरामा ३०० रुपैयाँ बढेको छ ’, उनले भने, ‘दूध उधारोमा पनि बिक्दैन, दाना उधारोमा पाईदैंन ।’  देशको संक्रमणकालीन अवस्थामा राज्यले सहकार्य र समन्वय गरे आफूहरुले फाइदा विनानै उपभोक्ताको घरघरमा दूध पुर्‍याउन सक्ने उनले बताए । ‘राज्यले ५ रुर्पैयाँ प्रतिलिटर अनुदान देवस हामी प्रतिलिटर ४० रुपैयाँमै उपभोक्ताको घरमै पुरयाउँछौं’, वगालेले भने ।  एकातिर दूध विक्री भएको छैन भने अर्कातिर दानाको मूल्य भने बढ्दा लाखौं रुपैयाँ ऋणको ब्याज तिर्न नसक्ने अवस्थामा किसान पुगेका छन् । गतवर्ष देखिनै घाटा व्यहोर्दै आएका किसानहरु बैंकको ब्याज नियमित गर्न नसक्दा दोस्रो लहरको निषेधाज्ञापछि झन थला परेका छन् ।  व्यवसायिक दुग्ध उत्पादक कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द न्यूरेले भने ,‘दूध विक्री नहुँदा र दानाको मूल्य बढ्दा किसान बाँच्ने कि चौपाया बचाउने, हामी निकै चिन्तित र निराश छौं ।’ राज्यले किसानसँग समन्वय र सहकार्य गर्न नसक्दा हजारौं किसान विस्थापित हुने अवस्थामा पुगेको उनको भनाइ छ ।  जिल्लामा हाल दैनिक ३ लाख लिटर दूध उत्पादन हुँदै आइरहेको छ ।यसको ४० प्रतिशत हाराहारीमै जिल्लामा खपत हुन्छ भने बाँकी जिल्ला बाहिर जाने गरेको छ ।  यहाँ ११० ओटा दुग्ध सहकारी रहेका छन भने औषत ४० हजार जना किसानले दूध बेच्ने गर्दछन् ।

दुग्ध क्षेत्रमा सुनियोजित आक्रमण

कुल गार्हस्थ्य उत्पादनमा ९ प्रतिशत योगदान रहेको दुग्ध क्षेत्र यतिबेला विवादमा तानिएको छ । दूधमा कोलिफर्म, सोडा, युरियाजस्ता पदार्थ पाइएको भन्ने समाचारले एकातिर उपभोक्ता त्रसित बनेका छन् भने अर्कातिर दूध बिक्री घटेको भन्दै उद्योगले दूध लिन कम गरेपछि किसानले सडकमा दूध पोख्नेसम्मको अवस्था आएको छ ।