भेरी अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितको मृत्यु

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमित बिरामीको आज बिहान मृत्यु भएको छ । बाँकेको खजुरा गाउँपालिका–२ निवासी ८५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका स्रोतव्यक्ति तेज वलीले बताए ।उनका अनुसार गत पुस २३ गते भेरी अस्पतालमा पिसिआर गर्दा कोरोना सङ्क्रमण पुष्टि भएपछि भेरी अस्पतालमा भर्ना गरी उनको उपचार हुँदै आएको थियो । स्वास्थ्य अवस्थामा सुधार नभएपछि उहाँको आज बिहान मृत्यु भएको छ । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३४७ जन

सम्बन्धित सामग्री

भेरी अस्पतालमा उपचाररत तीन जना कोरोना सङ्क्रमितको मृत्यु

बाँके जिल्लामा कोरोना सङ्क्रमित भेटिने दर शून्यमा झरे पनि बाहिरी जिल्लाबाट उपचारका लागि गम्भीर सङ्क्रमितहरु आउने क्रम जारी नै छ । उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना गरिएका दैलेख, प्युठान र दाङका ३ जना सङ्क्रमितको उपचारकै क्रममा सोमबार बिहान मृत्यु भएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका अनुसार असार १३ गते भेरी अस्पतालमा भर्ना भएका झिमरुक ३ प्युठानका ३८ वर्षिय पुरुष, असार ४ गते भेरी अस्पताल भर्ना भएका घोराही ११ दाङका ६८ वर्षिय पुरुष र असार १० गते भेरी मै भर्ना भएका आठबिसकोट ४ दैलेखका ७३ वर्षिय पुरुषको सोमबार बिहान मृत्यु भएको हो ।