बाँके जिल्लामा कोरोना सङ्क्रमित भेटिने दर शून्यमा झरे पनि बाहिरी जिल्लाबाट उपचारका लागि गम्भीर सङ्क्रमितहरु आउने क्रम जारी नै छ ।
उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना गरिएका दैलेख, प्युठान र दाङका ३ जना सङ्क्रमितको उपचारकै क्रममा सोमबार बिहान मृत्यु भएको छ ।
जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका अनुसार असार १३ गते भेरी अस्पतालमा भर्ना भएका झिमरुक ३ प्युठानका ३८ वर्षिय पुरुष, असार ४ गते भेरी अस्पताल भर्ना भएका घोराही ११ दाङका ६८ वर्षिय पुरुष र असार १० गते भेरी मै भर्ना भएका आठबिसकोट ४ दैलेखका ७३ वर्षिय पुरुषको सोमबार बिहान मृत्यु भएको हो ।