देउवामाथि दबाब बढाउन शेखर पक्ष छलफलमा

काठमाडौँ । चुनावमा आफ्नो पक्षका नेतालाई सकेसम्म धेरै टिकट दिलाउन नेपाली काँग्रेसको शेखर कोइराला पक्ष छलफलमा जुटेको छ । प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवालाई दबाब बढाउन स्वयम्भूमा बसेको शेखर पक्षको बैठकले भोलि (शनिबार) हुने भेलाको बारेमा तयारी गर्ने छ । बैठकमा शेखर पक्षका केन्द्रीय सदस्य, केही जिल्ला सभापति, पूर्व जिल्ला सभापति, प्रदेश समितिका पदाधिकारी, भातृ […]