मधेश प्रदेश : माओवादी केन्द्र संसदीय दलको नेतामा दोहोरिए साह

जनकपुरधाम : मधेश प्रदेश नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा भरतप्रसाद साह चयन भएका छन्। उनी यसअघिको प्रदेशसभामा पनि माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलको नेता थिए।दलको नेताका लागि शुक्रबार भएको निर्वाचनमा मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्रीसमेत रहेका साहले ६ मत प्राप्त गरी निर्वाचित भएका हुन्।माओवादी संसदीय दलको नेतामा दावेदारी प्रस्तुत गरेका युवराजप्रसाद भट्टराईले ३ मत पाए। मधेश प्रदेशसभामा माओवादी केन्द्रका ९ जना सांसद छन्।

सम्बन्धित सामग्री

मधेशमा माओवादी केन्द्र संसदीय दलको नेता चुनिए भरत

२९ पुस, जनकपुरधाम । मधेश प्रदेश माओवादी केन्द्र संसदीय दलको नेतामा भरत प्रसाद साह चयन भएका छन् । दलका नेताको लागि आज चुनाव भएको थियो । भरत ६ मत पाउँदै संसदीय दलको नेता चुनिए । अर्का प्रत्यासी युवराज प्रसाद भट्टराईले ३ मत पाए । मधेश प्रदेश सभामा माओवादी केन्द्रका ९ सांसद छन् । भरत साह […]

मधेश प्रदेश : प्रतिनिधिसभाका चार स्थानको नतिजा आउन बाँकी, कहाँ को अगाडि ?

जनकपुरधाम, मंसिर १० । मधेश प्रदेशमा आठ जिल्लाका ३२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये अब चार स्थानको नतिजा आउन बाँकी छ । अहिलेसम्म २८ स्थानको नतिजा सार्वजनिक भएको छ । नतिजा आउन बाँकी चार स्थानमध्ये एक स्थानमा नेपाली कांग्रेस, दुई स्थानमा माओवादी केन्द्र र एक स्थानमा जनता समाजवादी पार्टी ९जसपा० का उम्मेदवार अगाडि छन् । निर्वाचन […]

माओवादी मधेश प्रदेश कमिटी सदस्यसहित ६० जनाले दिए सामूहिक राजीनामा

रौतहट : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मधेश प्रदेश कमिटी सदस्य सहित ६० जनाले पार्टी परित्याग गरेका छन्।पार्टीले  विचार, नीति,तथा सिद्धान्त लाई छोडी विसर्जनवादतिर उन्मुख हुँदै गएको आरोप लगाउँदै उनीहरुले सामूहिक राजीनामा दिएका हुन्। शुक्रबार पत्रकार सम्मेलन गरेर उनीहरुले सामुहिक राजीनामाको घोषणा गरे। पार्टी परित्याग गर्नेमा नेकपा माओवादी केन्द्र मधेश प्रदेश कमिटि सदस्य वीरबहादुर गोलेसहित,प्रस्तावित मधेश प्रदेश कमिटी सदस्य टेकनाथ खरेल, चन्द्रपुरका उपाध्यक्ष

मधेश प्रदेश गठबन्धनको बैठक बुधबार बस्ने

मधेस प्रदेश गठबन्धनको बैठक  बुधबार बस्ने भएको छ । गठबन्धनका जिल्ला अध्यक्षहरूसँग मंगलबारको छलफलमा सहमती नभएपछि बैठक बुधबार बस्ने भएको हो ।नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादीले ०७४ को स्थानीय तहको निर्वाचनमा एमाले र राजपाले जितेको पालिकामा दावी गरेपछि सहमति हुन नसकेको बताइएको छ । सोमबारको बैठकमा दलहरुबीच ०७४ सालको स्थानीय तहमा जितेको दलले नै यो निर्वाचनमा पनि लिने सहमति भएको थियो ।  तर तत्कालिन राजपा नेपाल र एमालेले जितेको ३४ पालिकाम

मधेश प्रदेश : स्थानीय तहको निर्वाचनमा जुटे दलहरू

जनकपुर । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा मधेश प्रदेशका जिल्लामा राजनीतिक दलहरूले निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिएका छन् । अधिकांश स्थानीय तहको चुनावी परिणाम आफ्नो पक्षमा पार्ने उद्देश्यका साथ नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलगायत दलका नेता कार्यकर्ता यतिबेला चुनाव केन्द्रित कार्यक्रम लिएर […]

डलर होइन, स्वाभिमान रोजौँ : माओवादी केन्द्र मधेश प्रदेश

विशाल बस्नेत/न्युज कारखाना : महोत्तरी, १४ फाल्गुन । माओवादी केन्द्र मधेश प्रदेशले एमसीसीका विरुद्ध थप सशक्त बन्ने निर्णय गरेको छ । एमसीसी राष्ट्रिय हितविपरीत भएको ठहर गर्दै मधेश प्रदेशमा यसको खबरदारीको लागी सशक्त प्रतिवाद गर्ने माओवादी केन्द्र मधेश प्रदेशले जनाएको छ । जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको श्रद्धाञ्जलीको अवसरमा बसेको बैठकले डलर हैन, स्वाभिमान रोजौँ भन्दै […]

मधेश प्रदेश नामकरणमा प्रचण्डले दिए बधाई, आफ्नै पार्टीको एजेन्डाअनुसार भएको दाबी

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मधेश प्रदेश नामकरण गरेकोमा उक्त प्रदेशका सांसद तथा सम्पूर्ण बासिन्दालाई बधाई दिएका छन् । सामाजिक सञ्जालमा एक बधाई सन्देश लेख्दै प्रचण्डले आफ्नो पार्टीले उठाउँदै आएको पहिचानसहितको संघीयताको मर्मअनुसार नै मधेश प्रदेश नामकरण भएको उल्लेख गरेका छन् । 'हार्दिक बधाई ! हाम्रो पार्टीले उठाउँदै आएको पहिचानसहितको संघीयताको मर्मअनुसार नै प्रदेश नं.२ को प्रदेश सभा बैठकले प्रदेशको नाम मधेश प्रदेश र प्रदेश मुकाम/राजधानी जनकपुर बनाउन सफलता प्राप्त गरेकोमा प्रदेश सभाक...

मधेश प्रदेश बनेकोमा प्रचण्डले दिए बधाई

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश २ को नाम आफू नेतृत्वको पार्टीले उठाउँदै आएको पहिचनासहितको संघीयताको मर्मअनुसार ‘मधेश’ राखिएको भन्दै बधाई दिएका छन्।बुधबार सामाजिक सञ्जालमा अध्यक्ष प्रचण्डले आफू नेतृत्वको पार्टीले उठाउँदै आएको पहिचनासहितको संघीयताको मर्मअनुसार प्रदेशको नाम मधेश राखिएको भन्दै प्रदेशसभा सदस्य तथा प्रदेशवासीलाई बधाई दिएका हुन्।उनले लेखेका छन्‚ ‘हाम्रो पार्टीले उठाउँदै आएको पहिचान सहितको संघीयताको मर्म

प्रदेश २ को नाम अब 'मधेश प्रदेश' : ९९ मध्ये ८० सांसदले गरे पक्षमा मतदान

जनकपुरधाम : प्रदेश २ को नाम 'मधेश प्रदेश' कायम भएको छ। तीन दलको संयुक्त प्रस्ताव 'मधेश प्रदेश'को पक्षमा केहीबेर अघि मतदान भएको हो। मतदानमा सहभागी ९९ मध्ये ८० जना सांसदले 'मधेश प्रदेश'को पक्षमा मतदान गरेका हुन्। प्रदेश २ को सत्तारूढ दल जनता समाजवादी पार्टी, नेकपा (माओवादी केन्द्र) र प्रमुख प्रतिपक्षी…

मधेश प्रदेश सरकारमा माओवादी सहभागी हुँदै

मधेश प्रदेश सरकारमा नेकपा (माओवादी केन्द्र)का दुई मन्त्री सहभागी हुने भएका छन् ।