काठमाडौं, ३ असार । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले स्थायी कमिटी सदस्यहरुको बैठक बोलाएको छ । बैठकमा वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यलाभको कामना गरिने, बाढी÷पहिरो लगायतका विषयमा छलफल गरिने एक नेताले जानकारी दिए । नेता खनाल स्वास्थ्योपचारको लागि यतिवेला भारतको नयाँ दिल्लीमा छन् । उनलाई हिजो अपरान्ह दिल्ली लगिएको हो । […]