बुढीगंगा मतगणना अपडेट : थप दुई वडाको अन्तिम मत परिणाम सार्वजनिक

बाजुराको बुढीगंगामा थप दुई वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । वडा नम्बर ३ मा एमाले र ८ मा काँग्रेस उम्मेदवार विजयी भएका छन् । वडा नम्बर ८ मा कांँग्रेस उम्मेदवार खडकबहादुर अधिकारी ८५ मतले विजयी भएका छन् ।अधिकारीले ३५९ मत पाएर विजयी हुँदा एमाले अध्यक्षका उम्मेदवार जमिन रावलले ३०१ मत मात्रै पाएका छन् । वडा नम्बर ८ मार्फत यहाँ काँग्रेसले खाता खोलेको छ । त्यस्तै वडा नम्बर ३ मा एमालेका विराज रावल विजयी भएका छन् । रावलले ५२८ मत पाउँदा काँग्रेस उम्मेदवार रमेश बहादुर रावलले २१८ मत पाएका छन् ।

सम्बन्धित सामग्री

बुढीगंगा अपडेट : वडा नम्बर ३ मा एमाले र ८ मा कांग्रेस विजयी

कैलाली । बाजुराको बुढीगंगामा थप दुई वटा वडाको मत अन्तिम मत परिणाम सार्वजनिक भएको छ । वडा नम्बर ३ मा एमाले र ८ मा कांग्रेस उम्मेदवार विजयी भएका छन् ।कांग्रेस उम्मेदवार खडक बहादुर अधिकारी ८५ मतले विजयी भए । अधिकारीले ३५९ मत पाएर विजयी हुँदा एमाले अध्यक्षका उम्मेदवार जमिन रावलले ३०१ मत मात्रै पाएका थिए […]

काठमाडौँका १० मध्ये तीन नगरपालिकामा कांग्रेसको जीत, थप पाँचमा अग्रता – देशसञ्चार

काठमाडाैँ- काठमाडौं जिल्लाका १० नगरपालिकामध्ये हालसम्म तीनवटा नगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। तीनै नगरपालिकामा कांग्रेसले जित हात पारेको छ।