रौतहट : नेकपा एमाले रौतहटको नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ। अध्यक्षमा दुई जनाको उम्मेदवारी कायम छ। दशौं जिल्ला अधिवेशनमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन प्रक्रिया अगाडि बढेको हो। अध्यक्ष पदमा अखिलेश्वर चौधरी र सचिवानन्द साहको उम्मेदवारी कायम भएको छ।यसअघि अध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेको थियो जसमध्ये अमर आले र बैजनाथ सहनीको उम्मेदवारी फिर्ता भएको निर्वाचन अधिकृत बालविक्रम कार्कीले जानकारी दिए। जिल्ला उपाध्यक्षका लागि उपेन्द्रराय यादव, चन्दनकुमार कुशहवा, मनिलाल सहनी,