काठमाडौं : सरकारले थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि जितेको नेपाली टोलीलाई पुरस्कृत गरेको छ। सरकारले आज एक कार्यक्रमबीच उपाधि विजेता नेपाली टोलीलाई जनही ४ लाख नगदसहित पुरस्कृत गरेको हो। सरकारले यस अघि नै घोषणा गरेको पुरस्कार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली टोलीलाई पुरस्कृत गरेका हुन्।यसअघि थ्री नेसन्सको उपाधि जितेपछि बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही ४-४ लाख दिने निर्णय गरेको थियो। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सिफारिसमा सरकारले उपाधि विजेत